Blog

  • भारतले बढायो फेरी पेट्रोलियम पदार्थको मुल्य

    भारतले बढायो फेरी पेट्रोलियम पदार्थको मुल्य

    भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

    बुधबार प्राप्त भएको नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५६१ रुपैयाँ, डिजेल ५६२ रुपैयाँ र हवाई इन्धन ४९५ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

    नेपाल आयल निगमका अनुसार प्रेट्रोलियम पदार्थको मुल्य बृद्धि भए सङ्गै निगमलाई आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड नोक्सा हुने अनुमान छ ।

    निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र करिब २४ अर्ब घाटा बेहोरिसकेको छ ।

  • जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

    जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

    सरकारले नयाँ शैक्षिक सत्रको सुरुवात जेठ १ गतेबाट गर्ने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

    कोरोना महामारीको प्रभाबले गर्दा बैशाकमा सुरु हुने शैक्षिक सत्र जेठमा सुरु हुन लागेको हो ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार चैतभित्र पढाई पूरा गर्ने, वैशाखमा परीक्षा सम्पन्न गर्ने र जेठदेखि नयाँ कक्षा सुरु गर्ने निर्णय भएको छ ।

  • नेपालमै उत्पादन भयो क्यान्सरको औषधि

    नेपालमै उत्पादन भयो क्यान्सरको औषधि

    नेपालमा टिजिग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी बजारमा पठाएको छ ।

    उक्त औषधीको खोलमा ‘मेड इन नेपाल’ लेखिएको छ ।

    फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यका अनुसार औषधि ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको छ ।

    इन्जेक्सनमा आधारित औषधि पनि भविष्यमा बनाउने योजना रहेको वैद्यको भनाइ छ ।

    नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वल पाण्डेले नेपालमा नै ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको उत्पादन हुनु गौरवको बिषय भएको बताए ।

  • शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको निर्देशन

    शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको निर्देशन

    सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

    मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।

  • श्री स्वस्थानी व्रत समाप्ती

    श्री स्वस्थानी व्रत समाप्ती

    पौष शुक्ल पूर्णिमाको दिनबाट सुरुवात गरिएको एक महिने श्री स्वस्थानी व्रत तथा कथा बाचन आजबाट समापन हुँदैछ ।

    आजको दिनबाट स्वस्थानी माताको पुस्तक एक बर्षको लागि थन्काइन्छ । आज १०८ जनै १०८ पान १०८ सुपारी १०८ फूल १०८ रोटी अक्षयता, फलफूल, धुप, नैवेद, बत्ती, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, बस्त्र अनि भेटी चडाई आफूले गरेको कामना सफल होस् भनी स्वस्थानी मातालाई अर्ध दिइन्छ ।

    स्वस्थानी व्रत समाप्तीको दिन पनि धार्मिक स्थलहरुमा मेला लाग्ने गर्दछ । बिशेष गरी आज बिहानै देखि साँखुको शालीनदीमा भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

    भक्तजनहरुले श्री स्वस्थानी माताको पूजा आरधना गर्ने, रात भरी जाग्राम बसी रमाइलो गर्ने, घर परिवार, आफन्तजन, अनि छरछिमेक जम्मा भएर शाकाहारी खानेकुरा खाने, कन्या केटीहरुलाई टिका लगाई दक्षीणा दिने चलन छ ।

    बिशेष गरी स्वस्थानी व्रत सामुहिक रुपमा समापन गर्नु अत्यन्त सुभ मानिन्छ ।

  • पशुपतिका फूल प्रसाद बिक्री गर्ने पसल व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन

    पशुपतिका फूल प्रसाद बिक्री गर्ने पसल व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन

    पशुपति क्षेत्रमा रहेका फूल प्रसाद बिक्री गर्ने पसल व्यबस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका छन् ।

    सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँग छलफल भएको थियो ।

    उक्त छलफलमा फूल प्रसाद बिक्री बितरण गर्ने ठाउँ साँगुरो भएको तथा पशुपति क्षेत्रमा आउने भक्तजनहरुलाई पनि समस्या परेकाले उक्त पसलहरुलाई व्यबस्थि गर्न मन्त्री आलेले आग्रह गरेका हुन् ।

    साथै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने ‘पर्यटन मन्त्रीको पहलमा तपाईंहरुको व्यापार गर्ने ठाउँको व्यवस्था हुँदैछ, अनेकौँ बहाना गरेर बखेडा नगर्नुस्, आपसी सहमतिमा आफ्नो व्यापार गर्ने ठाउँ रोज्नुस् ।’

  • पीसीआर रिपोर्ट बिना नै नयाँ दिल्ली प्रवेश गर्न पाइने

    पीसीआर रिपोर्ट बिना नै नयाँ दिल्ली प्रवेश गर्न पाइने

    भारतको राजधानी नयाँदिल्ली जानका लागि पीसीआर रिपोर्ट आबश्यक नपर्ने भएको छ ।

    कोरोनाविरुद्धको पूर्ण खोप लगाएका यात्रुलाई पिसिआर परिक्षण गराइराख्नु नपर्ने भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

    ८२ वटा मुलुकबाट भारत आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने मन्त्रालयले जारी गरेको गाइडलाइनमा उल्लेख गरिएको छ ।

    ८२ वटा मुलुक भित्र नेपाल पनि रहेको छ । बिगतमा पिसीआर रिर्पोट अनिबार्य आबश्यक पर्ने प्रावधान थियो भने हाल खोप कार्ड भए पुग्ने ब्यबस्था गरिएको छ ।

  • घट्दै गयो बिप्रेषण

    घट्दै गयो बिप्रेषण

    हाम्रो देशको युवा जनशक्ति रोजगारिको सिलसिलामा त्रिभुवन बिमान स्थल मार्फत दैनिक १५ सयका दरले बिदेश पलायन हुने गर्दछन् ।

    बैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढे सङ्गै बिप्रेशन पनि भित्ररहेको छ । नेपालको सन्दर्भमा बिप्रेषन अर्थतन्त्रको मुल स्रोत बन्न पुगेको छ ।

    बिगतमा अन्य मुलुकबाट बार्षिक ९ खर्ब भन्दा बढी बिप्रेष नेपाल भित्रिएको थियो । केही बर्ष यता कोरोना महामारीको प्रभावले धेरै ब्यक्तिहरुले रोजगारी गुमाउन बाध्य भएका छन् ।

    बिदेशीएका लाखौं कामदार स्वदेर फर्किएका छन् । त्यति मात्रै नभएर बिगतका तुलनामा कम नेपाली कामदार अन्य मुलुक पलायन भएका छन् ।

    जसको कारण बिप्रेषन घट्दै गएको देखिएता पनि बिदेशीएका नेपाली नागरिकहरुले क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यबसायमा लगानी गरेकाले बिप्रेषन घटेको हुन सक्ने राष्ट्र बैंङ्कको आर्थिक अनुसन्धान बिभागका कर्मचारी निर्देशक प्रकाश कुमारश्रेष्ठको अनुमान छ ।

    हुन्डीको कारण पनि बिप्रेषण घट्दै गएको बिज्ञहरुको अनुमान छ । नेपाल राष्ट्र बैंङ्कको पछिल्लो चौमासिक प्रतिबेदन अनुसार गत साउन देखि कार्तिकसम्म विप्रेषण निरन्तर घटिरहेको छ ।

    गत साउनमा १८ प्रतिशतले घटेको विप्रेषण असोज महिनामा करिब ८ प्रतिशतले घटेको र कार्तिकमा ७.५ प्रतिशतले घटेको हो । देशको आम्दानीको स्रोत र अबसरको केन्द्र बनिरहेको बिप्रेषण घट्दै जानु चिन्ताको बिषय बनेको छ ।

  • अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

    अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

    नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् ।
    चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेर ५० विकेट पूरा गरेका हुन् ।
    सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् २०१९ को जनवरी ३१ मा युएईसँगको श्रृङ्खलाका क्रममा उनले २ विकेट लिएका थिए । त्यसयता ३ वर्षको अन्तरमा उनले ५० विकेट पूरा गरेका छन् ।नेपाली खेलाडीका रुपमा विश्वभरका लगभग सबै फ्रेन्चाइज प्रतियोगिता खेलेका सन्दीपले टी–२० क्रिकेटमा १५४ विकेट लिइसकेका छन् भने एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।

  • बहालवाला पदाधिकारीले उम्मेदवार बन्न  चाहेमा राजीनामा दिनुपर्ने  निर्वाचन आयोगको  प्रावधान

    बहालवाला पदाधिकारीले उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रावधान

    आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी दिन चाहेमा राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचरसंहितामा उल्लेख गरिएको छ ।

    ऐनको दफा १३ घ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिको उम्मेदवार हुन योग्यता नपुग्ने आयोगको ठहर छ ।

    आइतबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बहालवाला पदाधिकारी उम्मेदवार बन्न पाउने कि नपाउने विषयमा निर्णय लिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

    आयोगले गरेको प्रावधानलाई स्थानीय तहका पदाधिकारीले भने विरोध गरेका छन् । आयोगले बिहीबारदेखि स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने भएको छ ।