Blog

  • भोलिदेखि विदेशी पर्यटकलाई प्रवेश गर्न दिने अस्ट्रेलियाको निर्णय

    भोलिदेखि विदेशी पर्यटकलाई प्रवेश गर्न दिने अस्ट्रेलियाको निर्णय

    अस्ट्रेलियाले फेब्रुअरी २१ देखि विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि अन्तर्राष्ट्रिय सीमा पुनः खुला गर्ने निर्णय गरेको छ ।

    अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएकाले लामो समयदेखि प्रवेश निषेध गरेको थियो ।

    प्रधानमन्त्री स्कट मोरिसनले कम्तीमा दुई पटक खोप लगाएको व्यक्तिलाई वा सबै प्रकारका प्रवेशाज्ञा पाएकाहरूलाई मात्र आउन दिने बताएका छन् ।

  • सुरक्षित इन्टरनेट दिवस

    सुरक्षित इन्टरनेट दिवस

    आजको युग सुचना प्रविधिले फड्को मारेको युग हो । सुचना प्रबिधिको कारण आज बिश्व गाउँ भएको छ । इन्टरनेट मानवले गरेको सबैभन्दा ठूलो आबिष्कार हो । बिगत केही बर्ष यता कोरोना महामारीको कारण इन्टरनेटको प्रयोग अत्याधिक बढ्दै गएको छ ।

    इन्टरनेटको राम्रो बिकास र अत्याधिक प्रयागले गर्दा नै आजको समाज सूचना समाजमा परिणत भएको हो । इन्टरनेको सुरक्षित प्रयोग र प्रवर्धन गर्ने उदेश्यले हरेक बर्ष इन्टरनेट दिवस मनाउन थालिएको हो ।

    सुरक्षित इन्टरनेट दिवसले साइबर बुलिङ्ग, अनलाइन यौन दुव्र्यवहार, फिसिङ्ग जस्ता गम्भीर जोखिम प्रति संवेदनशील हुनुपर्छ भनि युवा वर्ग, शिक्षक, अविभाबक, बिद्यार्थी लगाएत आम नागरिकलाई सचेत गराउँछ । नेपालमा चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसलाई प्रवर्धन गर्दैआएको पाइन्छ ।

    बिश्वका १७० भन्दा बढी देशहरुमा आज इन्टरनेटको सुरक्षित प्रयोग बारे चेतना अभिवृद्धि गर्ने खालका बिभिन्न कार्यक्रम गरी सुरक्षित इन्टरनेट दिवस माइन्छ ।
    सामाजिक संस्थाहरु बल तथा युवा क्लव तथा बिद्यालयहरुले देशका बिभिन्न जिल्लामा सुचना प्रबिधि सम्बन्धी बिभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    यस दिवसले साइबर अपराध नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ साथै प्रविधिको सकारात्मक प्रयोग र सुरक्षित अनलाइन समुदाय निर्माण गर्न सहयोग गरेको छ ।

  • आज देखि काठमाडौंमा सवारी साधनमा हट्यो जोर बिजोर र फागुन १ देखि स्कुल खुल्ने

    आज देखि काठमाडौंमा सवारी साधनमा हट्यो जोर बिजोर र फागुन १ देखि स्कुल खुल्ने

    काठमाडौं उपत्यकामा आज देखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।
    कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर० को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।
    फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ ।
    तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।
    सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।
    यस्तै कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड ९मोबाइलमा भए पनि हुने० राख्नु पर्नेछ ।
    यस्तै विदेशबाट नेपाल आउँदा वा कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले नेगेटिभ रिपोर्ट भएतापनि कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने काठमाडौं प्रशासनले जनाएको छ ।
    यस्तै सरकारी कार्यालय र व्यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ भने मास्क नलगाइ आएमा व्यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ । साथै मास्क नलगाउनेलाई कार्यालय वा पसलमा प्रवेश नदिन पनि प्रशासनले आग्रह गरेको छ ।
    यस्तै सार्वजनिक तथा निजी सेवा प्रदायकलाई सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा दिन सूचनामा उल्लेख गरिएको छ भने उक्त आदेश पालना अवज्ञा गर्ने वा बाधा पुर्याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही र सजाय हुने प्रशासनले जनाएको छ ।
    त्यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जनाभन्दा बढी भेला नहुने भनिएको छ भने पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाईमा बनढ्ने गरी पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित गराउनसमेत प्रशासनले आग्रह गरेको छ ।

  • भारतीय चर्चित गायिका लता मंगेशकरको निधन

    भारतीय चर्चित गायिका लता मंगेशकरको निधन

    आइतबार स्वर कोकिला भनेर चिनिने भारतीय चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।

    गायिका लतालाई कोरोना संक्रमन भएपछि अस्पताल भर्ना गरिएको थियो ।

    स्वास्थ्यमा थप समस्या देखिएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्।

    भारतको प्रसिद्ध गायिका लता मंगेशकरले फिल्मी संगीत जीवन आधा शताब्दीभन्दा बढी बिताइन । उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन्।

  • महिला राष्ट्रिय भलिबल टोली सरकार द्धारा सम्मानित

    महिला राष्ट्रिय भलिबल टोली सरकार द्धारा सम्मानित

    शुक्रबार एभीसी सेन्ट्रल जोन विजेता महिला राष्ट्रिय भलिबल टोलीलाई सरकारले सम्मान गरेको छ।

    बंगलादेशको राजधानी ढाकामा पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको भलिबल प्रतियोगितामा विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नगदसहित सम्मान गरेका हुन्।

    उक्त प्रतियोगितामा विजेता १२ जना खेलाडीलाइ जनही ५ लाख, २ जना प्रशिक्षकलाइ जनही ३ लाख र १ जना अफिसियललाइ २ लाख रुपैयाँ प्रदान गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा देउवाले खेलाडीहरुले भलिबलको माध्यमबाट नेपालको शिर उचो बनाएको भन्दै भबिष्यमा पनि यसलाई निरन्तरर्ता दिन सुझाब दिएका छन् ।

  • सरस्वती पूजा

    सरस्वती पूजा

    आज सरस्वती पूजा । बिद्या, शब्द, कला, अनि बिचारकी धनी सरस्वतीलाई सम्झने दिन । आज बिहानै देखी देशभर सरस्वतीको पूजा आरधना गरी सरस्वती पूजा मनाइँदैछ । आज बिद्यालयहरुमा निकै रमाइलोको साथ सरस्वती पूजा गरिन्छ । साना बालबालिकाई आजको दिन अक्षराम्भ गराएमा सुभ हुने धार्मिक बिश्वास छ । त्यसैले आजको दिन नयाँ भर्ना गर्नको लागि बिद्यालयहरुमा निकै भिडभाड हुन्छ ।

    आजको दिनबाट क्रमश बसन्त ऋतु सुरुवात हुने मान्नेता छ । तसर्थ आजको दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ । काठमान्डौँका लाजिम्पाट, नील सरस्वती, नीरवाही लगाएतका सरस्वती मन्दिरहरुमा आज बिषेश मेला लाग्दछ ।

    चन्द्रमा जस्तो गोरो बर्ण भएकी तथा हातमा बिणा लिएकी बिद्या र सृजनाकी देबी सरस्वतीको रुपमा कलम, कापी आदीलाइ पनि पूजा गरिन्छ । आज बिहानै उठेर नुहाएर पबित्र भई चन्दन, अक्षता, सेतो र पहेँलो फूल आदीले सरस्वतीको पूजा गर्ने चलन छ ।

    पूजाको साथै बुद्धि, ज्ञान र सफलता प्राप्ति होस् भनि प्राथना गरिन्छ । पूजा सकिए पछि प्रसाद खाने र नाचगान गरी रमाइलोको साथ सरस्वती पूजा सफल पारिन्छ ।

  • लोकसेवा आयोगको स्थगित परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुदै

    लोकसेवा आयोगको स्थगित परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुदै

    लोकसेवा आयोगले कोरोना भाइरसका कारण स्थगित परीक्षाहरू फागुन ७ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

    आयोगले कोभिड–१९ महामारीको कारण स्थगित गरिएका उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू सञ्चालन गर्न लागेको जनाएको छ ।

    न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, हाइड्रोलोजी, मेटेरियोलोजी, सर्भे, वन, शिक्षा, माइनिङ, कृषि, पुस्तकालय विज्ञान, स्यानिटरीलगायत सेवाका परीक्षा हुने जनाइएको छ ।

    आयोगले परीक्षाहरू सञ्चालनका लागि नयाँ तालिका समेत सार्वजनिक गरिसकेको छ ।

  • International Space Station will plummet to a watery grave in 2030

    International Space Station will plummet to a watery grave in 2030

    The International Space Station (ISS) will continue its operations until 2030 before heading for a watery grave at the most remote point in the Pacific, Nasa confirmed in a new transition plan this week.

    More than 30 years after its 1998 launch, the ISS will be “de-orbited” in January 2031, according to the space agency’s budget estimates. Once out of orbit the space station will make a dramatic descent before splash landing in Point Nemo, which is about 2,700km from any land and has become known as the space cemetery, a final resting place for decommissioned space stations, old satellites, and other human space debris.

    Also known as the “Oceanic Pole of Inaccessibility” or the “South Pacific Ocean Uninhabited Area,” the region around the space cemetery is known for its utter lack of human activity. It’s “pretty much the farthest place from any human civilization you can find”, as NASA put it.

    Nasa said it plans to continue future space research by buying space and time for astronaut scientists on commercial spacecraft.

    While celebrating the ISS’s record of scientific accomplishments, Robyn Gatens, the director of the International Space Station at NASA Headquarters, also emphasized in a statement that its current goal was to “lay the groundwork for a commercial future in low-Earth orbit”.

    “We look forward to sharing our lessons learned and operations experience with the private sector to help them develop safe, reliable and cost-effective destinations in space,” said Phil McAlister, the director of commercial space at Nasa headquarters, said in a statement.

    Nasa estimated that transitioning its space research from a dedicated space station to renting space aboard commercial space ventures would save $1.3bn in 2031 alone, and that the savings could “be applied to Nasa’s deep space exploration initiatives, allowing the agency to explore further and faster into deep space”.

    The ISS, about the size of an American football field, orbits the earth about once every 90 minutes, and has been continuously occupied by astronauts since November 2000.

    In September, a Russian official warned that small cracks had been discovered on the space station that could worsen over time and raised concerns about aging equipment and the risk of “irreparable failures”, BBC News reported.

    The space station was originally intended to operate for just 15 years, but Nasa said in a report that “there is high confidence that ISS life can be further extended through 2030”, though some analyses of its viability are still being conducted.

    ISS was “examining the recent technical issues aboard the Russian segment”, Nasa said in its report.

    Related: Thousand of kilometers from anywhere lies Point Nemo, a watery grave where space stations go to die

    Since 1971, nearly 300 different chunks of space debris, including at least five space stations, have been sunk at Point Nemo, most of them American or Russian in origin, according to a law review article about the space cemetery’s environmental impact.

    The space station’s end is likely to be fiery. The ”downfall” of Mir the Russian space station, happened in March 2001, when a cargo ship fired its engines to push the space station out of orbit and send it plummeting towards earth. While solar panels and other peripheral pieces of the space station broke off during its fall, about 20 to 25 tons of remnants fell together, resulting in sonic booms, according to Nasa’s documentation.

    BY: The Guardian

  • जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि निष्काशन हुने

    जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि निष्काशन हुने

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
    लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।
    सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवदन दिन पाइनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
    बोर्ड नेतृत्व विहिन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा रहेका थिए । यी दर्जन कम्पनीहरुले अब क्रमशः आईपीओ निष्काशनका लागि अनुमति पाउने बोर्डले बताएको छ ।

  • विदेशबाट फर्केर उद्यमी बनेका युवालाई सरकारले सम्मान गर्दै

    विदेशबाट फर्केर उद्यमी बनेका युवालाई सरकारले सम्मान गर्दै

    नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ ।

    वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिई सक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

    कामदार भिसामा विदेश गएर कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

    पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिएको छ। आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ।