निर्वाचन आयोगले प्रस्ताव गरेको मिति आगामी जेठ ४ लाई केन्द्रमा राखेर स्थानीय चुनावका लागि सरकारले तयारी थालेको छ ।
बुधबार केन्द्रीय सुरक्षा समितिको बैठकले एकै चरणमा स्थानीय चुनाव गर्ने लक्ष्यसहित सुरक्षा र बन्दोबस्तीसम्बन्धी विस्तृत कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको हो । ।
साथै सरकारले स्थानीय चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्व सुरक्षाकर्मीलाई नै प्राथमिकता दिने भएको छ ।
हाल बिश्वमा डिप्रेसनको समस्या धेरै ब्यक्तिहरुमा देखिएको छ । सामान्यतया ब्यक्तिहरुले निराशपनकोे अनुभव गर्नु डिप्रेसन हुनु हो । डिप्रेसनलाई मानसिक समस्या पनि भन्ने गरिन्छ । डिप्रेसनको समस्या भएका ब्यक्तिहरुले आफ्नो जीवन अनि भबिष्य अन्धकार र अर्थहीन देख्छन् ।
त्यस्ता ब्यक्तिहरुमा बारम्बार आत्माहत्याको सोच समेत आउने डाक्टरहरुको भनाई छ । काम प्रति ध्यान नजानु, दिक्क लाग्नु, छिटो रिस उठ्नु, निद्रा नलाग्नु, टोलाइरहनु आदि पनि डिप्रेसको लक्षणहरु हुन् । डिप्रेसन धनी गरिब, बालबालिका, महिला पुरुष र सबै उमेर समूहका मानिसहरुलाइ देखिएता पनि बिषेस गरि २० देखी ३५ बर्ष सम्मका मानिसहरुलाई डिप्रेसनको समस्या भएको अध्ययन अनुसन्धानले देखाउँछ ।
त्यति मात्रै नभएर बिश्व स्वास्थ्य संगठनको रिर्पोट अनुसार डिप्रेसनको समस्या पुरुषहरुमा भन्दा महिलाहरुमा बढी देखिन्छ । महिलाहरु बढी भावुक हुन्छन् । महिलाहरुमा कामको बोझ सँगै जीम्मेवारी थपिएको हुन्छ । महिलाहरुले धेरै समस्या सामना गर्दै आएका हुन्छन् । कतिपय महिलाहरु घरेलु हिंसाको सिकार बनेका हुन्छन् ।
परिवार र समाजबाट अपलेहित भएका हुन्छन् । जसले गर्दा मानसिक चिन्ता बढ्दै जान्छ । तसर्थ पुरुषको तुलनामा धेरै महिलाहरुमा डिप्रेसनको समस्या देखा पर्दछ । डिप्रेसनको समस्याबाट बच्नका लागि नकरात्मक सोचबाट टाढा रहने, सिर्जनात्मक कार्यमा संलग्न हुने, नियमित योग ध्यान गर्ने, समयमा नै सुत्ने र समयमा नै उठ्ने बानीको बिकास गर्ने, परिवारको सदस्य सँग समय बिताउने आदि गरेमा डिप्रेसनको समस्याबाट टाढा रहन सकिन्छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्नका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।
कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो ।
कोभिड– १९ को नयाँ भेरियन्ट सहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बन्द गरेका सेवा पनि यही २० गते बिहीबारदेखि आलोपालो प्रणालीबाट दिइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
आलोपालो प्रणाली अनुसार आइतबार, मङ्गलवार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधवार र शुक्रवार मध्यपुरथिमि नगरपालिका र सूर्य विनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने उहाँले जानकारी दिनुभयो ।
पश्चिमी वायुको प्रभाव बिहिबार रातिबाट अझ बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको छ।
पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम चार दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ। त्यस्तै सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस पाँच दशमलव शून्य तथा सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको थियो।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
इन्डियन प्रिमियर लिग आईपीएलले फेब्रुअरी १२ र १३ मा भारतको बेंग्लोरमा आयोजना गर्न लागेको मेगा अक्सनको अन्तिम सूचीमा नेपालका कप्तान सन्दीप लामिछाने छानिएका छन् ।
मेगा अक्सनका लागि मंगलबार खेलाडी सूची सार्वजनिक गरेको छ । अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका छन् । २०२० मा भने सन्दीपले अबसर पाएका थिएनन् ।
उक्त सूचीमा अमेरिकाका अली खानलगायत खेलाडी छन् । सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन्।
आज सोनाम ल्होसार बिषेश गरी देश भरका तामाङ जातिले मनाउदै आएका छन् । नेपालमा बसोबास गर्ने १२६ जनजाति मध्ये तामाङ पनि एक प्रमुख जाति मानिन्छ । बौद्ध धर्ममा तामाङ जाति महायान सम्प्रदायका हुन् भनिएको छ । प्रत्येक बर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार मनाइन्छ ।
ल्होसार ल्हो र सार दुई शब्द मिलेर बनेको छ । ल्हो को अर्थ बर्ष र सारको अर्थ नयाँ भन्ने हुन्छ । तामाङ जातिले सोनाम ल्होसारको दिन देखी नयाँ बर्ष आरम्भ भएको मान्दछन् । मञ्जुश्री पात्रोका अनुसार सोनाम ल्होेसारको दिनबाट सुँगुर बर्ष पुरा गरी मुसा बर्ष शुरु हुन्छ भनी उल्लेख गरीएको छ ।
आजको दिन तामाङ जातिले घरआँगन सफा गरी बुद्धका तस्बिरहरु अंकित गर्ने, रङ्गिन सजावटका ध्वजा पताका लगाएतका सामग्रीले बौद्ध विहार सजाउने, बुद्धको पूजा आर्चना गर्ने, कुल पूजा गर्ने, प्रकृति पूजा गर्ने आदि गर्दछन् । परम्परागत बाजा डम्फु अनि सेलोको तालमा जातिगत पहिरन लगाएर नाचगान गरी सोनाम ल्होसार मनाउँछन् ।
यस अघिका बर्षहरुमा काठमान्डौँ उपत्यकामा रहेका तामाङ जातिहरु टुँडिखेलमा भेला भएर सांस्कृतिक कार्यक्रम गरी सोनाम ल्होसार मनाउँदै आएका छन् । बागमती प्रदेशमा तामाङ जातिको बहुमुल्यता रहेकाले बागमती प्रदेशका बिभिन्न जिल्लामा पनि बिषेश कार्यक्रम सहित सोनाम ल्होसार मनाउँदै आएको पाइन्छ ।
यस पर्ब भारत, मलेसिया, थाइल्याण्ड लागाएतका देशहरुमा समेत मनाउँदै आएको पाइन्छ । नेपालमा ल्होसारको प्रचलन चिनियाँ सभ्यताबाट बिकास भएको मानिन्छ । सोनाम ल्होसारले सभ्यता र संस्कृतिलाइ जोगाएर राख्न सहयग गरेको छ ।
काठमाडौं महानगरपालिका–७ मित्रपार्कको ओरालोमा रहेको माथिल्लो सडकको भित्तातिरको सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।
आइतबार राति ११ :३० बजेतिर घाइते अवस्थामा भेटिएका युवकलाई प्रहरीले तत्काल उद्धार गरी मैत्रीनगरस्थित नेपाल–भारतमैत्री अस्पतालमा पुर्याइएको थियो। अस्पताल लगेको केही बेरमानै उनको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अन्दाजी २२ वर्षका मृतक युवकको परिचय अहिलेसम्म खुलेको छैन।
मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि उक्त युवकलाई घाइते अवस्थामा भेटाइएको हो । मृतक युवकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । झगडा गर्ने ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली साहित्यमा सार्वाधिक रुचाइएको लोकप्रिय बिधा मुक्तकले व्यक्तिको पीडा, भावना, मिलन, बिछोड लगायत समाजमा रहेका बिसङ्गतिलाइ उजागर गरेको छ । नेपाली वृहत शब्दकोशमा कथा सुत्रमा आबद्ध नभएको एक सुत्रीय श्लोक मुक्तक हो भनी उल्लेख गरिएको छ ।
नेपालमा उत्कृष्ट मुक्तक सिर्जना गर्ने मुक्तककारहरु अत्याधिक रहेका छन् । जसमध्ये विगत तिन दशक भन्दा लामो समय देखी मुक्तक विधामा सक्रिय रहेका अग्रज मुक्तककार भूषण ढुङ्गेलको मुक्तक विधामा महत्वपूर्ण योगदान रहेको छ ।
ढुङ्गेलको “तिमीले लगेको मुटु” मुक्तक संग्रह अत्यन्त प्रसिद्ध छ । साहित्य क्षेत्रमा सफलता हासिल गर्न मुक्तकको संरक्षणमा जोड दिनु आवश्यक भएकाले मुक्तकको उत्थान, संरक्षण, र मुक्तक प्रेमीलाई थप प्रेरित गर्न हरेक बर्ष माघ १८ गते मुक्तक दिवस मनाउन थालिएको हो । मुक्तकलाइ संस्थागत गर्नको लागि बिं स. २०७० साल भदौ १७ गते जिल्ला प्रशासन कार्यालय काठमान्डौँमा नेपाल मुक्तक प्रतिष्ठानको दर्ता भएको हो ।
त्यसैगरी मुक्तक विधालाई बिस्तार गर्नको लागि बिं स. २०७० साल माघ १६ गते देखी १८ गते सम्म तिन दिने कार्यशाला गोष्ठीको आयोजना गरी ५ बुँदे घोषणा पत्र जारी गरेको थियो । हरेक बर्ष मुक्तक दिवसको अबसर पारेर मुक्तक संग्रह बिमोचन गर्ने, मुक्तक वाचन कार्यक्रम आयोजना गर्ने, मुक्तक बिधामा योगदान दिने ब्यक्तिलाई पुरस्कार सहित सम्मान गर्ने आदि कार्यक्रम गर्दै आएको छ । यसरी प्रत्यक बर्ष मुक्तक दिबस मनाइरहँदा मुक्त प्रेमीहरुलाई थप हौसला मिलेको छ ।