Blog

  • मीनकुमारीको स्मृतिमा राणाका परिवारले एक ट्रष्ट निर्माण

    मीनकुमारीको स्मृतिमा राणाका परिवारले एक ट्रष्ट निर्माण

    भक्तपुर निवासी मीनकुमारी राणाको १३ औं दिनको पुण्य तिथिको अबसर पारेर राणा परिवाले उनको स्मृतिमा ट्रष्ट निर्माण गरेको छ ।

    उक्त ट्रष्ट संचालकमा पति कोमल बिक्रम राणा, छोराहरु कविर राणा र रबि राणा लगायत नाति बिक्रान्त बिक्रम रहने छन् ।

    ट्रष्टले खेलकुद, पत्रकारिता एबम् समाज सेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई बर्षेनी पुरस्कृत गर्ने तथा भक्तपुरमा रहेका जेहेनदार बिपन्न र अशक्त बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नको लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोषको स्थापना गरेको जनाएको छ ।

    मीनकुमारीका छोरा एबम् देशान्तर मिडिया ग्रुप प्रा.लिका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कविर राणाका अनुसार अक्षय कोषमा रहेको रकमबाट प्राप्त ब्याज पुरस्कार तथा समाजसेवामा खर्च गरिने छ ।

  • विज्ञानमा महिलाको पहुँचको अन्तर्राट्रिय दिवस

    विज्ञानमा महिलाको पहुँचको अन्तर्राट्रिय दिवस

    ढुङ्गे युगका मानिस आज विज्ञान तथा प्रबिधिको बिकास भएको आधुनिक युगमा आउन सफल भएका छन् । बिश्वमा आजसम्म जे जति परिवर्तन आए ति सबैको पछाडी बिज्ञान तथा प्रबिधिको बिकास जोडिएको छ । हरेक क्षेत्रमा परिवर्तन आएपनि अझै पनि लैङ्गिक समानता कायम हुन सकेको छैन । हरेक क्षेत्रमा महिलाहरु पछि परेको देखिन्छ । त्यसरीनै बिज्ञान तथा प्रबिधिको क्षेत्रमा पनि महिलाहरुको पहुँच ज्यादै कम देखिन्छ । तसर्थ विज्ञाको क्षेत्रमा महिलाको पहुँच सुनिश्चित गर्न र लैङ्गिक समानता कायम गर्न संयुक्त राष्ट्र संघले सन् २०१५ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको हो ।

    हरेक बर्षको फेब्रुअरी महिनाको ११ तारिकमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघले महिलाहरुलाई विज्ञान शिक्षा प्रदान गरी महिला आबिष्कार तथा बैज्ञानिक उत्पादन गर्ने उदेश्य लिएको छ । महिलाहरुलाइ बिज्ञाको क्षेत्रमा अघि बढाउन महिला बैज्ञानिक फोरम समेत गठन भइसकेको छ । यस दिवसको दिन महिलालाई महिलाइ कसरी विज्ञान तथा प्रबिधिको पहुँचमा ल्याउन सकिन्छ भन्ने बिषयमा ध्यान दिने गरिन्छ । आजको दिनलाइ बिश्वभर बिज्ञान तथा प्रबिधिको क्षेत्रमा महिलाको तर्फबाट भएको योगदानको कदर गर्ने बिशेष दिन मानिन्छ । बिज्ञानमा महिलाको पहुँच इतिहासको पाना पल्टाएर हेर्ने हो भने महिलाले पनि नयाँ खोज अनुसन्धान गरेका छन् । महिलाले पनि बिज्ञानतर्फको नोबेल पुरस्कार समेत प्राप्त गरेका छन् । विगतमा नेपालको महिला बैज्ञानिकले अमेरिकामा निकै सम्मान पाएका थिए । तर पनि बिज्ञानमा महिलाको पहुँच जति हुनुपर्ने हो त्यति भाको छैन ।

    हालसम्म बिश्वभरका अध्ययन अनुसन्धान गर्ने व्यक्तिमा ३० प्रतिशत भन्दा कम महिलाहरुको सहभागिता पाइन्छ । पुरुषको तुलनामा महिलाको संलग्नता निकै कम छ । क्षमतावान तथा दक्ष महिला समेत बिज्ञान तथा प्रबिधिको क्षेत्रमा संलग्न हुनबाट बन्चित भएका छन् । त्यसकारण यस दिबसको दिन बिज्ञानमा महिलाको पहुँच बृद्धिका लागि पहल र आवाज उठाउन सके अबश्य पुरुष सरह महिला पनि बिज्ञानको क्षेत्रमा शसक्त हुनेछन् ।

  • एमसिसी र चुनावी गठबन्धनबारे कुराकानी खुमलटारमा प्रचण्ड-शेखरबीच

    एमसिसी र चुनावी गठबन्धनबारे कुराकानी खुमलटारमा प्रचण्ड-शेखरबीच

    सत्तारूढ नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको छ।अध्यक्ष दाहाललाई भेट्न बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका थिए।
    कांग्रेस नेता अमरेशकुमार सिंहका अनुसार दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको थियो। कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारिदिएको भेटमा सहभागी नेता सिंहले बताए। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले भन्नुभयो, तर उहाँले गठबन्धन कुनै हालतमा नगर्ने आफ्नो स्पष्ट धारणा हो भन्नुभयो,’ सिंहले सेतोपाटीसँग भने। माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएका थिए। यस्तै, कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन दाहाललाई आग्रह गरेको सिंहले बताए।
    ‘राष्ट्रिय सहमति जुटाई संसद खुलाउन पहल गर्नुस्, एमसिसीको बारेमा त्यहीँबाट निकास दिनुपर्छ,’ कोइरालाले भने।
    कोइरालाले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई उनको निवास बालकोटमै पुगेर भेट गरेका थिए।

  • माघ २८ गतेदेखि खोलिने पशुपतिनाथ मन्दिर

    माघ २८ गतेदेखि खोलिने पशुपतिनाथ मन्दिर

    काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते ९शुक्रबार०देखि खुला हुने भएको छ । विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख छ ।

  • काठमाडौँदेखि धुलिखेलसम्म हाइड्रोजन बस सञ्चालानमा ल्याउने तयारी

    काठमाडौँदेखि धुलिखेलसम्म हाइड्रोजन बस सञ्चालानमा ल्याउने तयारी

    काठमाडौँ विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलले अबको दुई वर्षभित्रमा वैकल्पिक ऊर्जा प्रयोग गरेर काठमाडौँदेखि धुलिखेलसम्म हाइड्रोजन बस सञ्चालनमा ल्याइने भएको छ ।

    बुधबार वैकल्पिक इन्धनको स्रोतका रूपमा हाइड्रोजन ग्यास प्रयोग गर्ने गरी विश्वविद्यालय, नगरपालिका र रोटरी क्लबबीच त्रिपक्षीय सम्झौता भएको हो ।

    समझदारी अनुसार धुलिखेल नगरपालिकाले हाइड्रोजन बस सञ्चालन गर्न आवश्यक नीति, नियम र आर्थिक सहयोग गर्ने, रोटरी क्लबले आर्थिक सहयोग जुटाउन लागि पर्ने र काठमाडौँ विश्वविद्यालयले प्रविधिको क्षेत्रमा काम गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

  • नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित

    नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको नेपालको सर्वाधिक ठूलो र स्तरीय सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको छ ।

    खेलको ३७औं मिनेटमा मिडफिल्डर पासवानले गोल गरी पुलिसलाई थप उर्जा प्रदान गरेका थिए । पहिलो हाफमा १–० गोलले च्यासल पछि परेको हो।

    मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। ७०औं मिनेटमा रवि पासवानले पुलिसलाई २–१ को जित दिलाए। ८७औं मिनेटमा च्यासलले गोलको अवसर गुमाएको थियो।

    पुलिसका रवि पासवानले प्लेयर अफ दी म्याच छनोट भई १० हजार पुरस्कार पाए। पुलिस लिगको १०औं स्थानमा उक्लिएको छ भने च्यासल १३औं स्थानमा रहेको छ ।

  • एसईई वैशाख ९ गतेदेखि सञ्चालन हुने

    एसईई वैशाख ९ गतेदेखि सञ्चालन हुने

    माध्यामिक शिक्षा एसईई वैशाख ९ गतेदेखि सञ्चालन हुने भनि राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

    परीक्षाको विषयगत समयतालिका भने आज सार्वजनिक गरिने एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताएका छन् ।

    नियमित समयतालिका अनुसार चैतमा एसईई हुने गर्थ्यो  ।

    कोरोनाले पठनपाठनमा असर गरेका कारण यस बर्षको माध्यामिक शिक्षा परीक्षा एसईई बैशाखमा हुने भएको हो ।

    कोरोना महामारीका कारण बिगत दुई बर्ष यता एसईई हुन सकेको थिएन । यस बर्ष भने बैशाकमा हुने निर्णय भएको छ ।

    यस वर्षको एसईई मा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने अनुमान छ ।

  • अमेरिकामा जंगली जनावरमा समेत ओमिक्रोन संक्रमण

    अमेरिकामा जंगली जनावरमा समेत ओमिक्रोन संक्रमण

    अमेरिकाको १५ वटा राज्यमा जंगली जनावर हरिणलाइ कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

    मानवबाट हरिणहरुमा ओमिक्रोन संक्रमण भएको अमेरिकी कृषि विभागको अनुसन्धानले पुष्टि गरेको हो ।

    १३१ वटा हरिणको नमुना परिक्षण गर्दा १५ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको बताइएको छ ।

    न्युयोर्क टाइम्सको खबर अनुसार ओमिक्रोन भेरियन्ट जंगली जनावरमा पहिलोपटक पुष्टि भएको हो ।

  • खोपको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

    खोपको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो ३ देखि ४ बजेभित्रमा खोप मात्राको विवरण अनिवार्य बुझाइसक्नुपर्ने भनि सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ।

    मन्त्रालयले यसअघि ७१ जिल्ला तथा ६४४ स्थानीय तहहरु र सातै प्रदेशरुलाई खोपको विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो ।

    कोभिड १९ विरूद्धको खोप विवरण ६ जिल्ला तथा १०९ स्थानीय तहहरुले निर्धारित समयमा नबुझाएकाले सो निर्देशन दिएको हो।

  • मानव शरीरमा पानीको कमीले पार्ने असर

    मानव शरीरमा पानीको कमीले पार्ने असर

    पानी सबै जीवित प्राणीलाई अत्तिआवश्यक तरल पदार्थ हो । मानव शरीरको लगभग ७५ प्रतिशत भाग पानीले ओगटेको हुन्छ । एक स्वस्थ बयस्क मानिसलाई दैनिक कम्तिमा पनि ३ देखि ४ लिटर पानिको आवश्यक पर्दछ । यो मात्रा तापक्रम, हावापानी र ब्यक्तिको श्रमको क्षमतामा भर पर्छ ।

    पानीको अभावमा पृथ्वीका सबै प्राणी तथा बोट बिरुवा रहदैनन् । मानिसलाई दैनिक खानेकुराको आवश्यकता परे जस्तै पानीको पनि त्यतिनै आवश्यकता पर्दछ । पानीले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ । शरीरमा पानीको मात्रा कमी भएमा शारीरीक मात्र नभई मानसिक समस्या समेत उत्पन्न हुन्छ ।

    चिकित्सकहरुको अनुसार शरीरमा पानीको मात्रा कमी भएमा सेरोटोनिकको मात्रा परिवर्तन टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । त्यसैगरी बैज्ञानिकहरुका अनुसार “ शरीरमा हुने पानीको मात्रा (६० प्रतिशत)को केबल १.५ प्रतिशत कम हुँदा पनि शरीर सुख्खा भई हिडाइड्रेसनको असर देखा पर्न थाल्छ । ”

    साथै शरीरमा पानीको कमीले अल्छीपन, थकित महसुस हुने, छिटो रिसाउने जस्ता मानसिक समस्याहरु देखा पर्दछ भने छाला सुख्खा हुने, मांशापेशी बाउँडिने, टाउको दुख्ने, आँखा धमिलो हुने, कब्जियत हुने जस्ता शारीरक असरहरु देखा पर्दछ । यस्ता शारीरीक तथा मानसिक असरहरुबाट बच्न दैनिक आवश्यकता अनुसार पानी पिउँनुपर्छ ।