Blog

  • अन्तर्राष्ट्रिय आप्रवासी दिबस

    अन्तर्राष्ट्रिय आप्रवासी दिबस

    सन् १९९० मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरे पश्चात हरेक बर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासि दिबस मनाउदै आएको हो । आप्रवासी कामदारको अधिकार संरक्षणका लागि यो दिवस अत्यन्त महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय आप्रवासी दिबस आप्रवासी कामदारको हक अधिकार संरक्षण गर्ने र गन्तव्य मुलुकको कानुन अनुसारको सेवा सुविधा पाउनुपर्छ भनि आवाज उठाउने उदेश्यले मनाउदै आएको हो ।
    नेपाली कामदारहरु रोजगारिको सिलसिलामा १९० भन्दा बढी देशहरुमा पुगेका छन् । बिषेश गरि मलेसिया, दक्षिण अमेरिका, कोरिया, पूर्वी अमेरिका लगायत अन्य खाडी मुलुकमाहरुमा संघर्ष गर्दै आइरहेका छन् ।
    बैदेशीक रोजगारिमा जाने आप्रवासी कामदारहरुले गन्तव्य मुलुकमा बिभिन्न समस्याहरु भोग्नुपरेको छ । भनेअनुसारको काम र तोकेअनुसारको तलब नपाउने, जोखिमयुक्त काममा संलग्न हुनुपर्ने, आदि समस्याबाट आप्रबासी कामदारहरु पिडित भएका छन् । त्यसकारण आप्रवासी कामदारको मृत्युदर बढ्दै गएको छ । यस्तो अवस्था आउन नदिन गन्तव्य मुलुक जानु पुर्व अभिमुखिकरण तालिम प्रदान गनुपर्छ भनि आप्रवासी दिबसको दिन चेतना अभिबृद्धि गरिन्छ ।
    आप्रवासी दिबसको दिन आप्रवासी कामदारहरुमा देखिएका गम्भिर समस्याहरु प्रति सरकार र मेनपावर व्यवसायिको ध्यानआकर्षण गराउन नेपाल लगाएत बिश्वभर बिभिन्न कार्यक्रमहरु गरिन्छ ।

  • कलाशिरोमनि स्व .केसब दुवाडी नामक पुस्तक बिमोचन

    लेखन बिनिता थापा

    सम्पादन सुचित्रा गौतम

    कलाकार केसब दुबाडीको २५औं स्मृति दिबस तथा कलाशिरोमणी केसब दुबाडी पुस्तक बिमोचन कार्यक्रम आज पुस १८ गते आइताबार मित्रपार्कमा रहेको आर . बी होममा आयोजन गरिएको थियो । यस कार्यक्रममा आसन ग्रहनका लागि सभापतिमा केसब दुबाडी र स्मृति पतिष्ठान नेपालका अध्यक्ष श्री प्रदिप कुमार दुबाडी, प्रमुख अतिथिमा वाङ्मय शताब्दी पूरुष श्री सत्यमोहन जोशी विशिष्ट अतिथिमा माननीय संचार तथा सुचनाप्रविधि मन्त्रि श्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व सभामुख श्री दमननाथ ढुङ्गाना, नेपाली काङ्ग्रेसका महामन्त्री माननीय श्री गगन कुमार थापा अतिथिहरुमा बागमति प्रदेश सदस्य श्री नरोत्तम बैद्य, नेपाल ललितका प्रज्ञा प्रतिष्ठान कुलपति श्री केके कर्मचार्य, पुूस्तक लेखक प्रा.डा. कृष्ण प्रसाद दाहाल, कामनपा ७ का अध्यक्ष श्री शुद्ध कुमार डंगोल, सम्मानित ब्यक्तिव्त बरिष्ट कलाकार श्री राधेश्याम मुल्मी रहेका छन् । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाइ दोसल्ला र खादा लगाएर सम्मान गरि कार्यक्रमलाइ पुस्तक बिमोचन गरि अघि बढाएको थियो । पुस्तक बिमोचन कलाशिरोमोनि केसब दुवाडी नामका पुस्तक प्रमुख अतिथि तथा बिशिष्ट अतिथिहरुबाट संयुक्त रुपमा पुस्तकको बिमोचन गरिएको नेपाली काङ्गेसका नेता गनेश भट्टराई ज्यूले लिलाखबरलाइ बताउनु भएको थियो ।

  • राष्ट्रिय टोपी दिबस

    राष्ट्रिय टोपी दिबस

    दुध बयस्क उमेरमा पनि सहज पाचन गर्न सक्ने जनावर मानिस हो । प्राय जसो नेदरल्याण्ड देशका मानिसमा पृथ्वीका अन्य देशमा भन्दा बढी दुध पचाउने क्षमता रहेको हुन्छ भन्ने सुनिन्छ । तर यसको बैज्ञानिक कारण भनेको चिसो धेरै हुने मुलुकका मानिसमा यसरी दुध पचाउन सक्ने जेनेटिक आधार रहन्छ । नेपालमा पनि हाम्रो गाउँघरमा काचो दुध नै सहजै पचाउने मानिसहरु यत्रतत्र पाउदछौँ । बिषेशता धेरै रहेको यो मुलुक बिश्वकै प्राचिन सभ्यता भएको मुलुक हो । यहाँको राष्ट्रिय झण्डा पनि पृथ्वीकै तेस्रो पुरानो झण्डा मानिन्छ । १२५ भन्दा बढी जनजाति रहेको हाम्रो मुलुकमा बिभिन्न पोशाक संस्कार र जेनेटिक विविधता पाइन्छ । यस मध्ये लामो समय देखि राष्ट्रिय पोषकको रुपमा रहेको ढाका टोपि समग्र नेपाल र नेपालिको पहिचान हो ।
    जनावरी १ मा अंग्रजी नयाँ बर्षको दिन बिषेश गरी नेपालि युवा युवतिको सक्रियतामा राष्ट्रिय टोपि दिबस मनाउदै आएको पाइन्छ । यस दिन बिश्वभरि अंग्रजी नयाँ बर्ष मनाइन्छ तर नेपालमा दौरा, सुरुवाल ढाका वा भादगाउँले टोपि लगाएर बिभिन्न कार्यक्रम सहित टोपि दिबस सफल पान्छि । यस दिन नेपालमा रहेका नेपालिहरु मात्र नभइ अन्य मुलुकमा छरिएर रहेका नेपालिहरु समेत राष्ट्रिय पोषकमा सजिएका हुन्छन् ।
    मुलुकमा पाश्चत्य संस्कृतिको प्रभाव बढ्दै गएको तथा आफ्नो मौलिक संस्कृति लोभ हुदै गएकाले आफ्नो संस्कृतिको संरक्षण गर्ने उदेश्यले टोपि दिबस मनाउदै आएको हो । नेपाली युवा युवतिको पहलमा बिंं .स २०७० सालदेखि एउटा सानो अभियानको रुपमा सुरु भएको टोपि दिबस हाल बिश्वका जुनसुकै कुनामा रहेका नेपालिका लागि सर्बप्रिय बन्न पुगेको छ ।
    ढाका टोपि नेपालिहरुको पहिचान झल्काउने राष्ट्रिय पोषाक हो । यसको संरक्षण गर्नु आवश्यक छ । राष्ट्रिय पोषाकको संरक्षणमा जोड नदिएमा नेपालिहरुको एक महत्वपूर्ण पहिचान गुम्नेछ । बिगत केहि बर्ष अघिदेखि युवाहरुले विविध कार्यक्रम सहित टोपि दिबस मनाउदै आएका छन् ।

  • तोकिएको भन्दा बढि शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    तोकिएको भन्दा बढि शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई गृह मन्त्रालयले कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ ।

    मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क विद्यार्थीबाट असुल गर्न खोजेकोले कलेजहरूलाई कारबाही गर्न निर्देशन गरेको हो।

    ‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुन विपरीत अतिरिक्त शुल्क लिएर नलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सो को प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ,’ गृहले निर्देशन गरेको छ ।

  • प्रतिनिधिसभाको बैठक स्थगित

    प्रतिनिधिसभाको बैठक स्थगित

    आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।

    संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।

  • १८ प्रकारका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

    १८ प्रकारका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

    सरकारी स्वामित्वमा चलेकोे नेपाल औषधि लिमिटेडले आफ्नो उत्पादन क्षमता वृद्धि गर्ने भएको छ । कम्पनीले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन गर्न लाई उत्पादन क्षमता बढाउन लागेको हो ।

    लिमिटेडले विभिन्न संक्रमणमा प्रयोग हुने एन्टीबायोटिक, गर्भवती र बच्चालाई स्तनपान गराउँदा रगतको कमीबाट हुने रोगबाट बचाउने औषधि लगायत सेनिटाइजर, ग्लिसिरिन र जीवनजल गरी थप १८ वटा औषधि उत्पादन गर्ने तयारी गरेको हो ।

    महाप्रबन्धक सफिउल्लाहका अनुसार लिमिटेडले ती औषधि उत्पादनका लागि औषधि सेवा विभागमा अनुमती मागिसकेको छ । औषधि व्यवस्था विभागको टोलीले अनुगमन पश्चात् उत्पादन अनुमती दिए लगतै ती औषधिको उत्पादन सुरु गर्ने तयारी रहेको छ ।

  • उपत्यकामा बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित

    उपत्यकामा बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित

    बाक्लो हुस्सु र कुहिरोको कारण शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।

    भिजिबिलिटी अत्यन्त कम भएका कार‌ण शुक्रबार बिहानैदेखि उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

    विमानस्थलमा अवतरण नहुने भएपछि साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको विमान ढाका डाइभर्ट गरिएको छ । त्यस्तै बिहानै अवतरण हुनुपर्ने कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुइटा विमान निजगढको आकाशमा फन्को लगाइरहेका छन् । त्यस्तै दोहाबाट आएको हिमालय एयरलाइन्स र दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि आकाशमै होल्डिङमै रहेका छन् ।

    पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। धेरै स्थानहरूमा हुस्सु , कुहिरो लागेको छ।

    देशका विभिन्न विमानस्थल हिउँले ढाकिएपछि आन्तरिक उडान बन्द भएका छन्।

  • प्रतिवेदन र विधान मस्यौदामाथि सामुहिक छलफलको निष्कर्ष प्रस्तुत

    प्रतिवेदन र विधान मस्यौदामाथि सामुहिक छलफलको निष्कर्ष प्रस्तुत

    काठमाडौं कमलादीस्थित प्रज्ञाभवनमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनअन्तर्गत विभिन्न समूहका टोली नेताले राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि तयार पारिएको धारणा सुनाउँदै छन् ।
    समूहगत छलफल सकिएपछि बुधबार दिउँसो १ बजे प्रज्ञाभवनमा टोलि नेताहरुले निष्कर्ष सुनाउने माओवादी केन्द्रले जानकारी दिएको छ । अधिकांश समूहको छलफल सकिए पनि केही समूहको बाँकी रहेकाले आज १२ बजेसम्मका लागि समय थप गरिएको थियो । महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधान मस्यौदाथि छलफल गर्न पदाधिकारीहरुको विभिन्न २५ वटा समूह तोकिएको थियो । ती प्रत्येक समूहले राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथिको निष्कर्ष सुनाउन लागेका हुन् ।
    त्यसका लागि प्रत्येक समूहलाई २० देखि २५ मिनेट समय छुट्याइएको छ । बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन र अर्का नेता देव गुरुङले विधान मस्यौदा खाका प्रस्तुत गरेका थिए । माओवादी केन्द्रको आठौं महाधिवेशन सोमबारदेखि शुरु भएको हो ।

  • राष्ट्रियसभा चुनावमा १२ दल भाग लिने

    राष्ट्रियसभा चुनावमा १२ दल भाग लिने

     राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते तोकिएको छ। यसका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनमा भाग लिन चाहने दललाई दल दर्ता गर्न पुस १–१० गतेसम्म समय छुट्ट्याइएको  थियो । तर, दलहरूले अन्तिम समयमा मात्र दर्ता गराए। कांग्रेसले भाग लिन पाउने भएको छ। पौडेलले भने, ‘शनिबार दिउँसो १४औँ महाधिवेशनबाट निर्वाचित संघीय, प्रदेश कार्यसमितिको नयाँ सूची अन्तिम समयमा कांग्रेसले आयोगमा बुझाएको थियो।’ दल दर्ता भएसँगै पार्टीको संशोधित विधान र वार्षिक लेखापरीक्षणको प्रतिवेदन पनि कांग्रेसले आयोगमा बुझाएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णचन्द्र पौडेलले बताए। दर्ता गरिएका १२ दलमध्ये पुस ९ गते ८ दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा एमाले, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी)ले दल दर्ता गराएका थिए। त्यस्तै, पुस १० गते ४ दल (नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, नेपाल परिवार) दर्ता भएको पौडेलले बताए।संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताका लागि आग्रह गरिएको थियो। धारा २७१ को व्यवस्थाअनुसार चुनाव हुनुभन्दा अघि आयोगमा दल दर्ता गर्नुपर्ने व्यवस्था छ। राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि फागुन २० गते सकिँदैछ। जसमध्ये निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित १ जनाको कार्यकाल सकिन लागेको हो। राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ। प्रवक्ता पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने भनी तोकिएको छ। २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने समय छुट्ट्याइएको छ। २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ। अन्तिम नामावली प्रकाशन गरेको दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९–३ बजेसम्म मतदान हुनेछ।

  • सेन्ट्रल जोन फाइनलमा नेपाल उज्वेकिस्तानसँग खेल्दै

    सेन्ट्रल जोन फाइनलमा नेपाल उज्वेकिस्तानसँग खेल्दै

    साविक विजेता नेपाल बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित हात पारेको छ ।यसअघि नै फाईनल पुगिसकेको नेपालले ढाकामा सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा मीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै अपराजित रहेको हो ।नेपालले कीर्गिस्तानलाई २५-८, २५-१४, २५-१६ ले पराजित गरेको हो।अपराजित नेपालले अब उपाधिका लागि फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानले सोमबारै भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा हराएर फाईनलमा स्थान बनाएको हो।अपराजित रहँदै ५ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा रहेको नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-०, तेस्रो खेलमा बंगलादेशलाई ३-० र चौथो खेलमा उज्वेकिस्तानलाई पनि ३-० कै सेटमा हराएको थियो।नेपाल र उज्वेकिस्तानबीचको लाईनल खेल मंगलबार हुनेछ ।