Blog

  • देउवालाई शेखर कोइरालाको प्रश्न : केन्द्रीय सदस्य मनोनीतको मापदण्ड के ?

    देउवालाई शेखर कोइरालाको प्रश्न : केन्द्रीय सदस्य मनोनीतको मापदण्ड के ?

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

    बुधबार एक अपिल जारी गर्दै उनले केन्द्रीय सदस्यहरु कुन मापदण्डका आधारमा मनोनित गरिएको हो भन्ने जान्न चाहेको बताएका छन् ।

    कोइरालाले पार्टीमा काम गर्ने निष्ठावान र इमान्दार नेतालाई नियोजित तरिकाले पाखा लगाउनेविरुद्ध डटेर सामना गर्न आवश्यक रहेको बताएका छन्।

    ‘के मापदण्ड बनाएर केन्द्रीय सदस्य मनोनीत गर्नुभएको होरु प्रश्न उठेको छ,’ उनले भने। उनले कुनै पनि कार्यकर्ताको शिर झुक्न नदिने भन्दै अबको निर्वाचनमा कांग्रेस पहिलो बन्ने बताए।

  • शेखर कोइराला पक्षीय नेताहरूको बैठक आज दुई बजे बस्दै

    शेखर कोइराला पक्षीय नेताहरूको बैठक आज दुई बजे बस्दै

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् ।

    कोइरालाले आज पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

    बैठक आज दिउँसो दुई बजे बस्ने भनिएतापनि स्थान भने अझै टुङ्गो लागेको छैन ।

    कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो ।

  • रसायनिक मल खरिद गर्न पाँच वर्षको सम्झौता हुदै

    रसायनिक मल खरिद गर्न पाँच वर्षको सम्झौता हुदै

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी मार्फत भारतबाट रासायनिक मल खरिद गर्ने पक्का भएको छ ।

    रसायनिक मल खरिदका लागि भारतले पनि आफ्नोतर्फबाट सम्झौताको मस्यौदा नेपाल पठाइसकेको छ भने नेपालले पनि सम्झौताको मस्यौदा तयार बनाइसकेको छ । मस्यौदाबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि दुई पक्ष सम्झौतापत्रमा हस्ताक्षर हुने प्रकिृया रहने मन्त्रालयले जनाएको छ ।

    हाल हुन लागेको रसायनिक मल सम्झौता पाँच वर्षका लागि हुने भनिएको छ । सम्झौता पछि सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति हुन लागेको बताइएको छ ।

    हाल सरकारसँग १२ हजार २०० मेट्रिक टन मल मात्र मौज्दात छ । चालु आर्थिक वर्ष २०७८ ०७९ मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्बको अतिरिक्त १२ अर्ब ७१ करोड रुपियाँ थप गरिएको छ । गत आर्थिक वर्षको तुलनामा युरिया ३३८।८५ प्रतिशत र डीएपी २०२।१३ प्रतिशतले वृद्धि भएको छ ।

  • श्री गुरु गोबिन्द सिहं जयन्ती

    श्री गुरु गोबिन्द सिहं जयन्ती

    जनावरी ५ लाई आध्यात्मिक नेता एवम् महान योद्धा गुरु गोबिन्द सिंहको जन्म जयन्ती मानिन्छ । निस्वार्थ भाबना भएको दुस्मनहरुलाइ पनि मधुरताको साथ सम्मान गर्ने सहनशील स्वभावको गुरु गोबिन्द एकता र भातृत्वको सन्देश दिने महान युद्धा हुनुहुन्थ्यो । गुरु गोबिन्दलाइ एक उत्कृष्ट कविको रुपमा पनि चिनिन्छ । भातृत्व, प्रम र एकतालाइ जोड दिनुपर्छ भन्ने उहाँको धारणा थियो । हिमालको शिवालिक पहाडबाट उहाँले प्रारम्भिक शिक्षा सुरु गर्नुभयो । उहाँको पिता तेघ बहादुर सिख धर्मवलम्वीका नवौं गुरु हुनुहुन्थ्यो । गुरु गोबिन्द र उहाँको पिता तेघ बहादुर आफू बसेको ठाउँलाइ भेदभाव मुक्त बनाई समानता कायम गर्न लागिरहनुभयो ।
    गोबिन्दका पिता तेघ बहादुरलाई कस्मिरी पण्डितहरुले धर्म परिवर्तन गरी मुस्लिम बन्न दबाब दिएका थिए तर तेघ बहादुरले इस्लाम धर्म स्वीकार नगरेकै कारण दिल्लीको चादनी चौकमा शिर छिनाली हत्या गरियो । ११ नेबेम्बर १६७५ मा पिता तेघ बहादुरको मृत्यु पश्चात गोबिन्द सिंह सिख अनुयायीहरुको दसौं गुरु हुनुभयो । त्यसैगरि सन् १६९९मा गुरु गोबिन्दले सिख धर्मवलम्बीहरुका अनुयायीहरुको सामुहिक रुप “खाल्सा” निर्माण गर्नुभयो ।
    गुरुको पदलाइ समाप्त पार्न “गुरु ग्रन्थ साहिब” लाई सिखहरुको गुरु बनाई व्यक्ति गुरु हुने चलनको अन्त्य गर्नुभयो । गुरु गोबिन्द सिंहले सिख समुदायको इतिहासमा नयाँ परिवर्तन ल्याउन निकै महत्वपूर्ण भुमिका खेलेकै कारण भक्तजनहरुको लागि सदैव अविस्मरणीय र अनुकरणीय बन्नुभयो । सिख धर्मावलम्वीका अनुयायीहरुले गुरु गोविन्दको जन्म जयन्तीलाइ विशेष दिनको रुपमा लिने गर्दछन् । त्यति मात्र नभई आजको दिन गुरु गोबिन्दको सम्झना स्वरुप उहाँले गरेको योगदानको चर्चा परिचर्चा गर्दछन् ।

  • त्रिविमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सर्वोच्च अदालतको आदेश

    त्रिविमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सर्वोच्च अदालतको आदेश

    त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचनाअनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरिएको हो ।
    त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी गरेको थियो ।

    अदालतले विश्वविद्यालय सभाले २०७८ मङ्सिर १४ को निर्णयबाट संशोधित शिक्षक कर्मचारी सेवासम्बन्धी नियमले पनि सूचना भइसकेको खुला प्रतिस्पर्धालाई असर नगरेको भन्दै प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।

    आदेशमा भनिएको छ, “त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६ को संशोधनमा अघि नै विज्ञापन भइसकेको खुला प्रतियोगितासम्बन्धी विज्ञापनलाई असर पर्ने कुनै बेहोरा उल्लेख नभएको हुँदा त्रिवि सेवा आयोगबाट मिति २०७७र११र०९ मा जारी सूचनाबमोजिमको कारबाहीलाई लामो समयसम्म स्थगित नगरी सो विज्ञापनसम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।”

  • सफला एकादशी

    सफला एकादशी

    हरेक बर्ष पुस महिनाको कृष्ण पक्षको दिन सफला एकादशी मनाइन्छ । हिन्दु सप्रादयमा एकादशीहरुको अत्यन्त महत्व रहेको छ । सफला एकादशी धन्ने पूर्णे पछि आउने गर्दछ । आजको दिन अन्न नखाई शुद्ध भएर व्रत बस्ने गरिन्छ ।
    यस दिन पुण्य मन्त्र जपेर देवदेवेश्वर विष्णुको पूजा गरिन्छ । विष्णुलाइ फूलपाति, धुपदिप, गंगाजल आदि चढाएर खुसी पारिन्छ । व्रतालुले दिनभर भगवान विष्णुलाइ सम्झनुर्छ । रातभर नाचगान गरि जाग्राम बस्ने चलन छ । भोलिपल्ट बिहानै उठेर विष्णुको पूजा गरे पश्चात गुरुलाइ भोजन गराइ दक्षिणा दिएपछि मात्र व्रतालुले खानेकुरा खाने गर्दछ्र्रन् । यस दिन ब्राहमणलाइ दियो दान गर्नु उत्तम मानिन्छ । रातो कपडा वा अन्न दान गर्नु पनि सुभ मानिन्छ ।
    पापबाट मुक्त भइ कल्याण प्राप्त गर्न सफला एकादशीको व्रत जोकोही व्यक्तिले लिन आवश्यक छ । यस दिन व्रत बसि बिधिपूर्वक पूजा गरेमा सफलता प्राप्त हुने, सुख प्राप्त हुने र सुभ फल प्राप्त हुने आदि धार्मिक विश्वास रहिआएको छ ।

  • माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

    माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध


    नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।
    आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् ।अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

  • उपत्यकामा खपत भन्दा सानो क्षमताका ट्रान्सर्फमर, झ्याप झ्याप बिजुलि जाने देखि सडकका पोलमा आगो लाग्ने त्रास (भिडियो सहित)

    उपत्यकामा खपत भन्दा सानो क्षमताका ट्रान्सर्फमर, झ्याप झ्याप बिजुलि जाने देखि सडकका पोलमा आगो लाग्ने त्रास (भिडियो सहित)

    चिसो बढेसगैँ बिजुलिका सामानको प्रयोग बढ्दो मात्रामा प्रयोग भएको पाइन्छ । अर्कातर्फ काठमाण्डौँ उपत्यकाको अधिकाशं स्थानमा लोडसेडिङ तथा बिजुलि झ्याप झ्याप जाने आउने समस्या दिनहुँ बढिरहेको सेवाग्राहिहरुको गुनासो छ ।

    ट्रान्सर्फमर जल्ने/पड्किने, बिजुलिका पोलहरुमा आगो लाग्ने, फ्युज जाने समस्या बढिरहेको छ । आज बिहान मात्र काठमाण्डौँको जयबागेश्वरी पोलमा आगो लागेको थियो ।

    प्रधिकरणका अनुसार हालसालै ५०–६० वटा ट्रान्सर्फमर जलिसकेको तथ्याङ्कमा समावेश छ । त्यस्तै विधुतको लाइनमा जोड्नु पर्ने सयौँ ट्रान्सर्फमरको अभाव रहेको छ । नियमित तालिका अनुसार प्राधिकरणले ट्रान्सर्फमर, पोल तथा मिटर नकिन्दा यस्तो समस्या आएको हो ।

    हालको ट्रान्सर्फमर समस्यालाई ध्यानमा राखि प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ्ग कम्पनि (निक) सगँ तिन हजार नयाँ वितरण ट्रान्सर्फमरको आपुर्ति थाल्ने ठेक्का सम्झौता गरेको बताएको छ । निकले आपुर्ति सुरु गरेसगैँ विधुत अभावको समस्या टर्ने प्राधिकरणको दाबि छ ।

  • तोल ल्होसार

    तोल ल्होसार

    हरेक बर्षमा आउने तिन वटा ल्होसार मध्य तोल ल्होसार सबैभन्दा पूरानो भएकाले यसलाइ अन्य ल्होसारको उदम मानिन्छ । ल्होसारलाइ ल्होछार, लोसार, र समयचक्र संवत्सर पनि भनिन्छ । लोसार लो र सार गरि दुई शब्द मिलेर बनेको छ । शेर्पाली, डोल्पाली, भोट, भुटानी, आदी भाषाको अनुसार लो शब्दको अर्थ बर्ष र सार शब्दको अर्थ नयाँ हो ।
    तसर्थ नयाँ बर्षको स्वागतको लागि विषेस गरि हिमाली क्षेत्रका समुदायले धुमधामका साथ यो पर्ब मनाउने गर्दछन् । अन्य जिल्लाको तुलनामा नेपालको हिमाली जील्लाहरु मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, मुगु, तिब्बत तथा भुटानका मानिसहरुले यो पर्ब मनाउदै आएका छन् । पौष शुक्ल प्रतिपदाको दिन मनाउदै आएको यो पर्व सोनाम ल्होसार जसरी नै मनाइन्छ । आफ्नै महत्व र दर्शन रहेको तोल ल्होसारको दिन दैत्यहरुको पराजित भइ देवताको विजय होस् भनि पूजा आरधना गरिन्छ ।
    यस दिन नुहाएर शुद्ध भइ घर आँगन लिपपोत गरिन्छ । लामा पुरोहित वा घरमुलीबाट पूजा आरधना गरिन्छ । आफ्ना आफन्तजनहरुमा सुभकामना आदन प्रदान गर्नुका साथै मान्यजनबाट आर्शीबाद लिने गरिन्छ । पूजा पाठका सबै कार्यहरु सकिएपछि मिठा परिकार खाने चलन छ ।

  • क्रिसमस डे

    क्रिसमस डे

    इसाई अनुयायीहरुले हरेक बर्ष २५ डिसेम्बरका दिन (प्रवु येसु) जिसस क्राइस्टको जन्म भएको खुसियालिमा क्रिसमस डे मनाउने गर्दछन् । प्रवु येसुले मानब समुदायमा गरेका योगदानको सम्झनामा क्रिसमस डे नेपाल लगाएत बिश्वभर छरिएका इसायी अनुयायीले मनाउदै आएका छन् ।
    यस पर्वलाई इसाइहरुले धार्मिक तथा सांस्कृतिक उत्सवको रुपमा पनि मनाउछन् । नेपालमा चार सय बर्ष अघि देखि क्रिसमस डे मनाउन थालिएको हो । प्रवु येसु समाजलाइ माया र मानवताको शीक्षा प्रधान गर्ने महान व्यक्ति हुनुहुन्थ्यो । प्रवु येसुको जन्म कुन मिति र कुन महिनामा भएको हो भन्ने कसैलाई थाहा छैन तर क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ मा तोकेका हुन् । प्रवु येसुको प्राथना गरेमा वा उहाँ माथि बिश्वास गरेमा सबै पापबाट मुक्त हुने धार्मिक आस्था रहेको छ ।
    इसाई धर्मावलम्बीहरु प्रवु येसु माथी बिश्वास गर्छन् । आजको दिन प्रभु येसुले दिएको शीक्षा र उपदेशको मनन गरी एक अर्कामा शुभकामना आदन प्रदान गर्छन् । देशभरका चर्चहरुमा प्रथना लगाएत बिभिन्न कार्यक्रमहरु गरिन्छ । इसाई धर्मावलम्बीहरुले सरसफाई गरि घरआगन सजाउछन् । आफन्त साथिभाइ संग भेटघाट गर्छन् । सरकारले क्रिसमस डे को दिन सार्वजानिक बिदा दिने गरेको छ ।