Blog

  • ओमिक्रोन संक्रमण बढे सगैँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

    ओमिक्रोन संक्रमण बढे सगैँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

    छिमेकि देश भारतको नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर बढेसगैँ राज्य सरकारले सोमबारदेखि रात्रिकालिन कर्फ्यु जारी गर्ने घोषणा गरेको छ ।

    बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो । यो निर्णय आजबाटै लागु हुने भनिएको छ ।

    पछिल्लो २४ घण्टामा दिल्लीमा २९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको थियो । उक्त सङ्ख्या पछिल्लो छ महिनायताको सर्वाधिक भएको बताइएको छ ।

    दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ । दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन् ।

  • दुधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुई इन्जिनियरको मृत्यु

    दुधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुई इन्जिनियरको मृत्यु

    सोलुखुम्बुमा निर्माण भई रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविधुत आयोजनामा पानी परीक्षण गर्ने क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ।

    आइतबार दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएर दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ। परिक्षणका क्रममा अर्का एकजना भने घाइते भएका छन्।

    ज्यान गुमाउनेहरुमा हाइड्रोपावरमा इन्जिनियरका रुपमा काम गर्ने अछामका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ ।

    उक्त घटनामा सिराहा औरही गाउँपालिका २ का २९ वर्षीय महमद जाबेतर राइन भने घाइते भएको कार्यालयले जानकारी दिएको छ। हेलिकोप्टरमार्फत काठमाडौं लगिएका घाइते राइनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

  • MIT engineering produce the World Longest Flexible fiber battery

    MIT engineering produce the World Longest Flexible fiber battery

    MIT engineers have developed a rechargeable lithium-ion battery in the form of an ultra-long fiber that could be woven into fabrics. The “world’s longest flexible fiber battery” could enable a wide variety of wearable electronic device and might even be used to make 3D- printed batteries in virtually any shape.

    The new flexible fiber battery is manufactured using novel battery gels and a standard fiber-drawing system that starts with a larger cylinder containing all the components and then heats it to just below its melting point. The materials are then pushed through a narrow opening which compresses them to a fraction of their original diameter while maintaining all the original arrangement.

    Previous efforts in making batteries in fiber form were structured with key materials on the outside of the fiber, whereas this system embeds the lithium and other materials inside the fiber with a protective outside coating, thus directly making this version stable and waterproof. It also incorporates the novel gel electrodes and a gel electrolyte, which makes the battery fire-resistant.

    “When we embed the active materials inside the fiber, that means sensitive battery components already have a good sealing,” says the study  author Tural Khudiyev “and all the active materials are very well-integrated, so they don’t change their position” during the drawing process.

    The resulting battery is weavable, washable, and cut to a length of 140 meters is the longest flexible fiber battery in the world. The fiber produced so far has an energy storage capacity of 123 milliamp-hours, which can charge smartwatches or phones, Khudiyev says. The fiber device is only a few hundred microns in thickness, thinner than any previous attempts to produce batteries in fiber form.

    “The beauty of our approach is that we can embed multiple devices in an individual fiber,” Lee says, “unlike other approaches which need integration of multiple fiber devices.” They demonstrated the integration of LED and Li-ion battery. in a single fiber, and he believes more than three or four devices can be combined in such a small space in the future. “When we integrate these fibers containing multi-devices, the aggregate will advance the realization of a compact fabric computer.”

    The team has already applied for a patent on the process and continues to develop further improvements in power capacity and variations on the materials used to improve efficiency. Khudiyev says such fiber batteries could be ready for use in commercial products within a few years.

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफले जितेको छ

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफले जितेको छ

    कैलाली । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफले जितेको छ । आज कैलालीको धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाईनलमा एपीएफले प्रदेश १ लाई पराजित गर्दै उपाधि जितेको हो ।

    धनगढीस्थित फाप्ला क्रिकेटमैदानमा भएको खेलमा प्रदेश १ लाई एपीएफले ७ विकेटले हराँदै उपाधि आफ्नो कोल्टामा पारेको हो । प्रदेश १ ले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले १४ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

    एपीएफको जितमा ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाएकि थिइन भने ममता चौधरीले १७ रन जोडेकि थिइन् । यस्तै प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले २ विकेट लिईन् ।

    टस जितेर पहिले फिल्डिङ रोजेको प्रदेश १ ले ब्याटिङ गर्दै ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन जोडेकि थिईन् । यस्तै अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिईन्।

    उपाधिसँगै एपीएफले ५ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको प्रदेश १ ले ३ लाख प्राप्त गरेको छ ।

  • अपरान्ह ३ बजे  केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

    अपरान्ह ३ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

    सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले बतायो ।
    गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ ।

    बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

  • प्रधानमन्त्री देउवा पुसको अन्तिममा भारत जाने

    प्रधानमन्त्री देउवा पुसको अन्तिममा भारत जाने

    प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् ।

    भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप(२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै देउवा भारत जान लागेका हुन् ।
    बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।

  • सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिमको दोस्रो जित

    सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिमको दोस्रो जित

    एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।

    बङ्गलादेशको राजधानि ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गराएको छ।

    पहिलो सेट २५(११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५-९ ले सहजै जित्यो। तेस्रो सेटमा २५(५ ले जित्दै नेपाल विजयी भएको हो।

    यसअघि नेपालले बिहीबार श्रीलंकालाई ३(२ को सेटमा पराजित गरेको थियो।

  • नेपाली कांग्रेसको पछिल्लो निर्वाचित कार्यसमिति

    नेपाली कांग्रेसको पछिल्लो निर्वाचित कार्यसमिति

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन मा निर्वाचनको अन्तिम मतपरिणाम सगैँ निर्वाचित कार्यसमितिका रुपमा रहेका पार्टि सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको विवरण –

    पदाधिकारी

    • सभापति –
    शेरबहादुर देउवा

    • उपसभापति
    पूर्णबहादुर खड्का र धनराज गुरुङ

    • महामन्त्री
    गगन थापा र विश्वप्रकाश शर्मा

    • सहमहामन्त्री
    महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी ।

    • केन्द्रीय सदस्य
    डा.शेखर कोइराला (सभापति पदका प्रत्याशी)

    • केन्द्रीय_सदस्यहरू

    खुलातर्फ (३५ जना)

    शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

    • महिला खुलातर्फ (९ जना)

    डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।

    • आदिवासी जनजाति (७ महिलासहित १५ जना)

    चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।

    • खस आर्य (६ महिलासहित १३ जना)

    केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।

    • दलिततर्फ (४ महिलासहित ९ जना)

    मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।

    • मधेशीतर्फ (४ महिलासहित ९ जना)

    अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मक्ताकुमारी यादव ।

    • थारूतर्फ (२ महिलासहित ४ जना)

    रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र
    जीवन राना ।

    • मुस्लिमतर्फ (१ महिलासहित ३ जना)

    अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।

    • अल्पसंख्यकतर्फ (१ जना)

    प्रदीपकुमार सुनुवार

    • अपाङ्गता_भएकातर्फ (१ जना)

    मदनकृष्ण श्रेष्ठ

    • पिछडिएको क्षेत्रतर्फ (१ जना)

    अर्जुनबहादुर सिंह

    • हरेक प्रदेशबाट (१ महिलासहित ३–३ गरी २१ जना)

    • प्रदेश १

    मृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू

    • प्रदेश २
    रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव

    • बागमती
    राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी

    • गण्डकी
    ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी

    • लुम्बिनी
    देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का

    • कर्णाली
    कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह

    • सुदूरपश्चिम
    यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएको छ।

    सञ्चालित बैठकमा पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन्।

    राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ।

    माओवादीले यही पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।

  • ७० वर्षको नालीबेली सरकारी वकिल व्यवस्थाको

    ७० वर्षको नालीबेली सरकारी वकिल व्यवस्थाको

    नेपालमा सरकारी वकिलको व्यवस्था भएको आज (पुस ८ गते) ७० वर्ष पूरा भएछ। २००८ साल, आजकै दिन कालिप्रसाद उपाध्यायलाई नेपालको पहिलो महान्यायाधिवक्ता नियुक्त गरिएपछि सरकारी वकिलको विधिवत् शुभारम्भ भएको थियो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा २(क) अनुसार ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा भएकोलाई जनाउँछ।सरकारी वकिलको व्यवस्था भएको ७० वर्षको लामो इतिहासलाई हेर्दा यो ज्येष्ठ मात्रै रहेन, प्राकृतिक व्यक्ति हुँदो हो त सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै गरेको उमेर हदमा पुगेको छ। ७० को संयोग नै मान्नुपर्छ, महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार सरकारवादी मुद्दामा नेपाल सरकारले ७० प्रतिशत सफलता हासिल गरेको देखिन्छ।