Blog

  • ओमिक्रोन

    ओमिक्रोन

    कोरोना भाइरसको नँया भेरियन्ट ओमिक्रोन २४ नोभेम्बर २०२१ मा पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो । हाल छिमेकी देश भारत लगाएत अन्य देशहरुमा पनि ओमिक्रोन देखा परेको छ ।

    ओमिक्रोन कोरोना भाइरसको सबैभन्दा पछिल्लो भेरियन्ट हो । यस भाइरस तुरुन्तै फैलन सक्ने र बढी संक्रमन हुने अहिलेको अनुसन्धानले देखाएको छ ।

    विश्व स्वास्थ्य संगठनको प्रारम्भिक नतिजा अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको छ । ओमिक्रोनको संक्रमित व्यक्तिलाइ कोभिड संग मिल्दोजुल्दो लक्षण देखिने अनुमान गरिएको छ ।

    नेपालमा कोरोना भाइरसको खोप लगाएका ६६ बर्षीय बिदेशी नागरिक र अर्को ७१ बर्षीय व्यक्तिमा ओमिक्रोन पुष्टि भएसंगै डर, त्रास बढ्दै गएको छ ।

    नेपाल सरकारले ओमिक्रोन भाइरस फैलन नदिन अन्तराष्ट्रिय हवाइ तथा स्थल नाकाहरुमा यात्रुहरुको खोपको विवरण लिने, सबै यात्रुहरुको पि.सि.आर रिपोर्ट हेर्ने व्यबस्था गरिएको छ । यस भाइरस सर्ने दर र संक्रमनबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरि तथ्य खोज्ने क्रम जारी छ ।

    कोभिड १९को अन्य भेरियन्ट बाट बच्नका लागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने ,भौतिक दुरी कायम गर्ने, साबुन पानिले मिचिमिचि हात धुने, अल्कोहल युक्त सेनिटाइजर प्रयोग गर्ने आदि उपायहरु अपनाउन सकिन्छ ।

  • अन्तर्राष्ट्रिय पर्वत दिवस

    अन्तर्राष्ट्रिय पर्वत दिवस

    हरेक बर्ष ११ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय पर्बत दिबस मनाईन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २००३ मा अन्तराष्ट्रिय पर्बत दिबस भनि घोषणा गरे पछि यस दिबस मनाउदै आएको पाइन्छ ।

    बिभिन्न अध्ययन अनुसन्धानले पृथ्वीको कुल भुभागको ४ प्रतिशत भाग पर्वतिय क्षेत्रले ओगटेको देखाउछ भने १३ प्रतिशत मानिस पर्बतिय क्षेत्रमा बसोबास रहेको पाइएको छ । देशमा रहेको पहाड , पर्बतको संरक्षण र संबर्धन गनुपर्छ भन्ने उदेश्यले यो दिबस मनाउदै आएको हो ।

    अन्य देशको तुलनामा नेपालमा अत्याधिक पर्बतिय क्षेत्रहरु भएकाले हाम्रो देशको लागि अन्तर्राष्ट्रिय पर्बत दिवसको ज्यादै महत्व रहेको छ । नेपालले मात्र नभई बिश्वका अन्य मुलुकहरुले पनि अन्तर्राष्ट्रिय पर्बत दिवसलाइ बिभिन्न कार्यक्रम गरि मनाएको पाइन्छ ।

    नेपाललाई पहाड अनि पर्बतले सुन्दरता प्रदान गरेको छ । पहाड पर्बतको आकर्षक र मनमोहक दृश्य हेर्न हरेक बर्ष पर्यटकहरु नेपाल भित्रिने भएकाले नेपाल पर्यटकिय केन्द्र्र बन्न सफल भएको हो । यहि खुसियालीमा नेपालले अन्तराष्ट्रिय पर्बत दिबसलाई भव्यताको साथ मनाउदै आएको छ ।

    आज भोली जथाभाबी सडकको निर्माण, बनजङगलको बिनास अव्यवस्थित बसोबास आदिका कारण पर्बतिय क्षेत्रलाई नकरात्मक असर पर्नुका साथै पर्बतिय प्रदुषण बढ्दै गएको छ । यस्ता पर्बतिय क्षेत्रमा देखिएका समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्छ भन्ने सन्देश अन्तराष्ट्रिय पर्बत दिबसबाट प्राप्त हुन्छ ।

  • कांग्रेस महाधिवेशन : ५ हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन

    कांग्रेस महाधिवेशन : ५ हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन

    कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप ५ हजार प्रहरी परिचालन गरिएको छ। भृकुटीमण्डपमा शुक्रबार हुने उद्घाटनसत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ। एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिनेछन्। महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ।  बिहीबार रातिसम्म सबै उपत्यका आइसक्ने एआईजी पालले बताए। पाहुना तथा प्रतिनिधि बसेका होटल, विशिष्ट पाहुनाको मुभमेन्ट हुने स्थानसम्ममा विशेष सुरक्षा योजना लागू गरिएको छ।तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएका छन्। काठमाडौंका विभिन्न चेकपोष्ट, सुनधारा, बागबजार, ठमेल र दरबारमार्गमा अतिरिक्त प्रहरी परिचालित छन्। कार्यक्रममा हेडक्वाटरबाट थप १ हजार प्रहरीसमेत खटिने एआईजी पालले बताए। विभिन्न शाखाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला इन्चार्जलगायत सबै सुरक्षा निकायका प्रमुखको पनि निगरानी रहनेछ। उनले सवै सुरक्षा तयारी भएको जानकारी दिदै सुरक्षाका लागी स्थानीय प्रहरीले गस्ति गर्ने, शंकास्पद स्थानमा निगरानी गर्ने, भित्री सुरक्षाको लागी प्रहरी परिचालन गरिएको बताए। कार्यक्रम स्थलको मेन गेटमा इन्टल गर्ने, डग स्निग्नीङ, सिसिटिभीबाट समेत निगरानी हुनेछ। भृकृटी मण्डप अगाडी रहेको पुलिस क्लबमा कार्यक्रम स्थलको भिडियो ठूलो स्क्रिनीन मनिटरीङ हुनेछ। ड्रोन क्यामराबाट फोटो र भिडियो लिने व्यवस्था गरिएको छ।

  • Nepal Congress general convention begins today

    Nepal Congress general convention begins today

    The ruling Nepali Congress has completed preparation for inaugurating its 14th National Convention in the capital tomorrow. More than 4,700 representatives from across the country will take part in the convention that will elect the party’s new leadership, including 13 office bearers, for the next five years. The new president will nominate the party’s treasurer from among the central working committee. Earlier, the NC had only eight office bearers, but this time the party added assistant general secretaries, said Chief Secretary of NC Headquarters Krishna Prasad Poudel.

  • पुन अस्पताल भर्ना फुटबल खेलाडी पेले

    पुन अस्पताल भर्ना फुटबल खेलाडी पेले

    ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न पुनः अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ। सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई ‘हरेक दिन राम्रो’ भइरहेको महसुस गरिरहेको बताएका थिए। चिकित्सकले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए।तीन पटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन्। उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन्।गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण ‘एक प्रकारको डिप्रेसन’सँग लडिरहेका छन्। पेलेले २१ वर्षको व्यावसायिक करियरमा १ हजार ३६३ खेलमा १ हजार २८१ गोलको विश्व रेकर्ड बनाएका छन्। उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए भने ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए।

  • बुस्टर डोज निःशुल्क दिने तयारीमा सरकार

    बुस्टर डोज निःशुल्क दिने तयारीमा सरकार

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सम्पर्ण नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क प्रदान गर्न तयारी सुरु भएको बताएका छन् ।

    निःशुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा मन्त्रालयले तयारी थालिसकेको मन्त्रीले जानकारी दिए । उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण तथा रोकथामका लागि बुस्टर डोज महत्त्वपूर्ण हुने देखिएपछि सबैलाई निस्शुल्क लगाउने निर्णयमा सरकार पुगेको बताए ।

    मन्त्री खतिवडाका अनुसार मन्त्रालयले कुन खोपलाई बुस्टर डोजका रुपमा लगाउने भनेर छलफल भइरहेको पनि बताए ।
    उनका अनुसार हाल पहिलो र दोस्रो डोजको खोप लगाउने कार्य अगाडि बढिरहेको र सँगै १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई पनि खोप लगाउनुपर्ने भएकाले तत्काल बुस्टर डोज लगाउन सुरु गर्न केही ढिलाई भएको हो ।

  • देउवा पक्षका पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवार टुंग्याउन पनि समय लाग्ने

    देउवा पक्षका पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवार टुंग्याउन पनि समय लाग्ने

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरूको सूची टुंगिन समय लाग्ने देखिएको छ।यस विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा नेताहरूसँग छलफल राखेका थिए। उक्त छलफलमा सबैले आ-आफ्नो धारणा राखे पनि कुनै निष्कर्षमा पुग्न नसकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।उनका अनुसार देउवा पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कसरी अघि बढ्छ सोही आधारमा आफूहरूले पनि रणनीति बनाउने तय भएको छ।त्योसँगै नेता कृष्णप्रसाद सिटौलालाई पनि सुरूमै मिलाएर प्यानल घोषणा गर्नु पर्ने कुरा छलफलमा उठेको थियो।दउवा समूहमै पदाधिकारीमा धेरै आकांक्षी छन्। उनीहरूलाई व्यवस्थापन गर्न नसके गुट परिवर्तन गरेर जानसक्ने डर देउवालाई छ। पौडेल पक्षको रणनीति पर्खिने र सिटौलालाई पनि मिलाएर प्यानल बनाउने भएपछि उम्मेदवार टुंग्याउन समय लाग्ने देखिएको हो।   

  • विवाह पञ्चमी

    विवाह पञ्चमी

    भगवान राम सिताको आदर्श र अमर प्रेम कथाको दृष्टान्त बोकेको आजको दिन अत्यन्त विशेष दिन हो । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राम आएर मिथिला राज्यकी राजकुमारी सीता सँग विवाह भएपछि विवाह पञ्चमी मनाउन थालिएको पाइन्छ । जनकपुरमा जन्मीएकी सिता मिथिला राज्यका राजा जनककी जेठी छोरी हुन् ।

    प्राचिनकालदेखि नै मिथिलावासीहरुले धुमधामका साथ मनाउदै आएको यस विवाह पञ्चमी अहिले पनि परम्परालाई अनुसरण गदै मनाएको पाइन्छ ।
    आजको दिनमा भगवान राम र सीताको बैबाहिक सम्बन्धको चर्चा परिचर्चा गरिन्छ । विवाह पञ्चमीको अवसर पारेर जनकपुरमा ठूलो उत्सव लाग्नुका साथै रामजानकी मन्दिर भब्य रुपले सजाइन्छ ।

    राजा जनकले संरक्षण गरेर राखेको शिव धनु ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैन थिए तर एक दिन सरसफाई गने क्रममा सिताले उक्त धनु उचालेको देखेर राजा आश्चर्य चकित परे । र जनकले त्यो शिव धनु उचाल्न सक्ने साहासी विर पुरुष सङ्ग आफ्नी छोरी सिताको बिवाह गरिदिने बाचा गरे ।

    ठुलाठुला वीरहरुले उचाल्न नसकेको धनु भगवान रामले उचाल्नासाथ भाचिएर तिन टुक्रामा परिणत भएपश्चात राजा जनकले आफूले गरेको वाचाअनुसार रामसँग सीताको विवाह गराएका थिए । बिभिन्न धार्मिक ग्रन्थ अनुसार बिवाह पञ्चमीको सुरुवात भगवान राम सिताको विवाह पश्चात भएको हो ।

    विवाह पञ्चमीको सुब अबसर पारेर आजको दिन रामजानकी मन्दिर लगाएतका ठाउँहरुमा बाजागाजा सहित भजनकीर्तन र नाचगान गरि भब्य र सभ्य ढङ्गले भगवान राम र सिताको स्मृतिमा मनाइन्छ ।

  • राष्ट्रिय सभा चुनाव : पुस २० गते उम्मेदवारी दर्ता, माघ १० गते मतदान

    राष्ट्रिय सभा चुनाव : पुस २० गते उम्मेदवारी दर्ता, माघ १० गते मतदान

    Election commission Nepal

     निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको तालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।उनका अनुसार २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। आयोगले पुस २५ गते नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ।त्यस्तै माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म  तोकिएका मतदान केन्द्रमा  मतदान हुने आयोगले जनाएको छ। त्यस्तै आयोगले पुस १७ गतेसम्म मतदाता नामावली प्रकाशन गर्नेछ भने सोही दिन मतदाताको विरोधमा उजुरी दिनसक्ने बताइएको छ। पुस १९ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।

  • आन्दोलित कानन व्यवसायी र एमाले अध्यक्ष ओलि बिच भेट

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

    भेटमा एमालेका संसदीय दलका उपाध्यक्ष सुवास नेवाङ र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् ।

    बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका उपाध्यक्ष, महासचिव लिलामणी पौडेल, कोषाध्यक्ष रुद्र पोखरेल, पाँच जना सदस्यहरू, पूर्वअध्यक्षहरू शम्भु थापा, पूर्वमहासचिव रमण श्रेष्ठलगायतका कानुन व्यवसायी बालकोट पुगेका हुन् ।

    नेपाल बार एसोसिएसनको टोलीले आजको भेटमा प्रधानन्यायाधीश जबराविरुद्ध १७ अभियोग समेटिएको ज्ञापनपत्र अध्यक्ष ओलीलाई बुझाएका छन्।