Blog

  • कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि नेपालमा पनि

    कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि नेपालमा पनि

    नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सोमबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएको हो ।६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

  • लिङ्देन बसे छुट्टै कुर्सीमा, राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित

    लिङ्देन बसे छुट्टै कुर्सीमा, राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित

    २० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् । लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको लिङ्देनले बताए । म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन,’ लिङ्देनले भने, ‘त्यहाँ फेरि पनि हाम्रा अध्यक्षत्रयहरु, हाम्रा नेताहरु र खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो त्यहाँ फेरि पनि उहाँ आफ्नो अभिभावकको रुपमा नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।’

    राप्रपाका दुई कार्यालय छन् । तत्कालीन अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमती बिहारको कार्यालयमा थियो भने कमल थापाको कार्यकक्ष धुम्बाराहीमा थियो ।

  • कसले कति मत पाए ? हेर्नुस् नतिजा

    कसले कति मत पाए ? हेर्नुस् नतिजा

    राप्रपा एकता महाधिवेशन 2078

  • RPP elects Rajendra Lingden as its chair, Kamal Thapa congratulates the new party leadership

    RPP elects Rajendra Lingden as its chair, Kamal Thapa congratulates the new party leadership

    KATHMANDU, Dec 5: Rajendra Lingden has been elected as the chairman of Rastriya Prajatantra Party (RPP). Linden got 1,844 votes while Kamal Thapa got 1,617 votes. A total of 413 votes were invalidated.Stating that he will accept defeat, Thapa tweeted this morning and congratulated Lingden on his victory.

    According to party sources, Dhawal Shumsher Rana has won the election for party secretary-general. Rana belongs to Lingden’s panel.

  • कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ र केसीबीच पुन मतदान

    कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ र केसीबीच पुन मतदान

    १९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ। यस अघि सभापतिमा प्रतिस्पर्धा गरेका कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि  पुनः मतदान हुने भएको हो। बागमतीको सभापतिमा शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँ, रामचन्द्र पौडेलपक्षबाट जगदीश्वर नरसिंह केसी तथा नेता कृष्ण सिटौला पक्षबाट भीमसेन दास प्रधानबीच प्रतिस्पर्धा भएको थियो। कुल २०७२ मत खसेकोमा बानियाँले ९९२ मत ल्याए। उनका निटतम प्रतिद्वन्द्वी  केसीले ८७२ मत ल्याउँदा प्रधानले १९७ मतमात्र ल्याए। अब दोस्रो चरणमा बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ।  

  • भारतमा ओमिक्रोनको तेस्रो केस

    भारतमा ओमिक्रोनको तेस्रो केस

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भेटिएका छन् । भारतीय अधिकारीहरुका अनुसार दुई दिनअघि जिम्बाब्वेबाट भारत आएका व्यक्तिलाई गुजराजको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।

    विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्।

  • राप्रपा निर्वाचन – कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन भिड्दै

    राप्रपा निर्वाचन – कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन भिड्दै

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन शनिबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको छ।

    महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो। अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ।
    अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्‍देन भिडन्त छ भने उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन्।

    यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउनेछन्।

    राप्रपाको १४९ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ।

  • कक्षा १२ को नतिजा प्रकाशित

    कक्षा १२ को नतिजा प्रकाशित

    शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ।

    बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो । परिक्षामा नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए ।

    बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो। परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको थियो।

    कक्षा १२ को नतिजा हेर्नका लागि एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर नतिजा हेर्न मिल्छ।

  • अध्यक्ष पदका लागि भीम रावलको उम्मेदवारी दर्ता

    अध्यक्ष पदका लागि भीम रावलको उम्मेदवारी दर्ता

    सौराहामा एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि सहमति जुटन नसकेपछि एमाले नेताद्धय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने भएका छन्।

    महाधिवेशनको मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । आइतबार दिनभर रावललाई उपाध्यक्ष पदका लागि मिलाउन नेताहरुले निकै मेहनत गरे पनि सहमति जुट्न सकेन ।

    एमालेको निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने भ निएको छ ।

  • मुख्यमन्त्री दाबी गर्न आह्वान वाग्मती प्रदेश प्रमुखद्वारा

    मुख्यमन्त्री दाबी गर्न आह्वान वाग्मती प्रदेश प्रमुखद्वारा

    मकवानपुर — वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेक हुन् ।