
Blog
-

आत्मा

आत्मा अपरिवर्तनशील, सर्वव्यापी, अजन्म, अव्यक्त, विकार रहित हुन्छ ।
सम्भवत ः आत्मा परमात्माको कुनै रुप हुनुपर्दछ । धर्मशास्त्र अनुसार आत्मालाई नास गर्न सकिदैन । आत्मा अमर सत्य हो भन्ने सिद्दान्त अनुरुप जस्तै कागज बाल्दा आगो र खरानि बन्दछ त्यस्तै शक्ति एकरुप बाट अर्को रुपमा परिवर्तन हुन्छ । आजका वैज्ञानिकहरु पनि आत्मा एक चेतना हो भन्ने विश्वास गर्दछन् । आत्माबाट नै शरीर चेतनशील अवस्थामा हुन सक्दछ ।प्रत्येक मानिसमा यो कौतुहलता हन सक्दछ कि आत्मा शरीरको मृत्यु पश्चात कहाँ रहन्छ ?
श्रीमदभागवत गीताका अनुसार आत्माले पुरानो शरीर छोडेपछि कुनै नयाँ शरीरमा चेतनाको रुपमा धारण गरेर बस्दछ । आत्मा अविनाशी परमात्माको अंश हो त्यसैले आत्मा भौतिक सिमा भन्दा बाहिर छ वा मोक्ष प्राप्त गरी ब्रम्हाण्डको अर्को कुनै ठाउँमा रहन्छ भन्ने व्याख्या भेटिन्छ ।
यस्तैमा हिन्दु धर्म ग्रन्थ ‘गरुड पुराण’ मा उल्लेखित भाव अनुसार एक शरीरको मृत्यु पश्चात आत्मालाई यमदुत लिन आउँछन् । जीवनकालमा गरेका कर्म अनुसार आत्मालाई केहि समय राख्दछन् र पछि आत्माले आफ्नो यात्रा शुरु गर्दछ ।सर्वद्धाराणि संयम्य मनो दृदि निरुध्य च ।
मूध्न्र्याधायात्मन ः प्राणमास्थितो योगधारणाम् ।।
ओमित्यमाक्षरं ब्रम्हा व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।श्रीमदभागवत गीताको अनुसार सर्वश्रेष्ठ प्राणी भनेको त्यो मानव हो जसले आफ्ना ज्ञानेन्द्रीयलाई काबुमा राख्ने क्षमता राख्दछ । जस्तै की चिसो वा तातो वातावरणले छालामा खासै असर नहुने हिमालयमा तपस्या गरी रहेको योगी र सामान्य व्यक्तिमा भन्दा फरक क्षमताका हुन्छन् ।
तपाईले बाटोमा हिड्दै गर्दा पसलमा हिराको हार देख्नु भयो, तपाइँलाई चोर्न मन लाग्यो तर तपाईको बुद्धिले रोक्यो कि चोर्नु हुदैन । त्यसैले इन्द्रिय भन्दा ठूलो मन र मन भन्दा ठूलो बुद्धि हो । र बुद्धि भन्दा अत्यन्तै ठूलो र विशाल आत्मा हो ।मानवको शरीर सुख, दुख, लोभ, मोह, सँग परिपुरक छ । अचम्मको कुरा के छ भने यस्ता मानविय समवेदनशीलता एक चेतन जीवमा मात्र लागु हुन्छ । किनकि सुख, दुख, प्रकृतिको नियम हो र शरीर प्रकृति अनुसार चल्दछ ।
लेखक तथा सम्पादक– ई कुमार भट्टराई
-

किन गणेश को पुजा अगाडी गरिन्छ

हिन्दु धर्मावलम्बीहरुले हप्ताको साथै बार विभिन्न देवी देवताको पुजा गर्ने गर्दछन् । सोहि अनुरुप मंगलबार भगवान श्री गणेश को पुजा अराधाना गरिन्छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ।
शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ । गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो । जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणका प्रमुख गण नन्दी मानिएका छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश मानिन्छन् ।
एक पटक देवताहरूमा कसको पूजा पहिले गरिनु पर्छ भन्ने विषयमा छलफल चल्यो । देवताहरूका परम पिताम्मह ब्रह्माजीले जो पुरा ब्रह्माण्डको परिक्रमा गरेर पहिले स्वर्गमा पुग्छ त्यसको पूजा पहिले हुनेछ भन्ने निर्णय सुनाए । ब्रह्माजीको निर्णय सुनेर इन्द्र, वरुण, कुबेर आदी देवताहरू आफ्नो आफ्नो बाहनहरूमा बसेर ब्रह्माण्ड परिक्रमाको लागि निस्किए । भारी जिउ र त्यसमाथी मुसा बाहन भएका गणेश नत दौडेर देवताहरूलाई जित्न सक्थे नत मुसाले नै बोकेर गणेशलाई परिक्रमाको वाजी जिताउन सक्थ्यो । गणेश निकै चलाख र ज्ञानी देवता मानिन्छन् । त्यो वाजी जित्ने गणेशले एक दृढ विचार बनाए । उनी ब्रह्माण्ड परिक्रमामा नगएर कैलाश पर्वत आफ्नी माता पार्वती भएको ठाउँमा गए । माता पार्वतीलाई बाबु शिव भएको ठाउँमा गएर बस्न आग्रह गर्न थाले । गणेशको कुरा सुनेर पार्वतीजी शिवको छेउमा गएर बसिन् । यसरी आमा बाबु दुवैलाई एकै ठाउँमा राखेर सात पटक परिक्रमा गरेर ब्रह्माजी भएको ठाउँमा गए । ब्रह्माजीले गणेशले के गर्छन् भन्ने कुरा सबै हेरेका थिए । आमा बाबु भन्दा ठुलो यो ब्रमाण्ड छैन । ब्रह्माणड भन्दा पनि ठुला आमा बाबु हुन् भन्ने कुरा सिद्ध गरेर देखाएकाले ब्रह्माजी गणेशबाट निकै खुसी भएर उनलाई देवताहरूमा सबै भन्दा पहिले पूजिने देवता भनेर छनौट गरे । त्यसै कारण त्यस दिन देखि श्री गणेशको पुजा अराधाना सबै देवी देवताहरु भन्दा अगाडी गरिन्छ ।
-

ओली:प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताएका छन्। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताए। उनले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र नपर्ने विषयमा एमाले कतैपट्टी पनि पक्षधरता देखाउँदैन।’ ओलीले सर्वोच्च अदालतका नाममा राजनीति भइरहेको टिप्पणी गरे। सर्बोच्च अदालत भित्र परमादेश अघि देखि नै अशोभनिय गुटबन्धी र राजनिती भइरहेको उनले बताए।
ओलीले अहिलेको गठबन्धनको काम राजनीतिक प्रणाली माथि प्राहार गर्ने भएकाले सिस्टममाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाए। ओलीले गठबन्धनको सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको टिप्पणी गरे।
-

अमेरिकाद्धारा उत्तर कोरियालाई वार्तामा आउन आग्रह

संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले आइतबार उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन् । उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल पुन वार्तामा आउन अमेरिकी कुटनितिज्ञ सुङ किमले उत्तर कोरियालाई आग्रह गरेका हुन् । उत्तर कोरियाली मामिलासम्बन्धी अमेरिकी शीर्ष नेता किमले दक्षिण कोरियाली अधिकारीहरुसँगको छलफलपछि आइतबार आग्रह गरेका हुन्।
‘उत्तेजक परिक्षण र अन्य सैन्य गतिविधि गर्नुको सट्टा सिधै वार्तामा आउन हामीले उत्तर कोरियासँग आग्रह गरिसकेका छौ, किमले रिपोर्टरहरुसँग भने,‘साथै यदि उत्तर कोरिया तयार भएमा अमेरिका बिना शर्त वार्तामा आउन तयार रहेको पनि हामीले स्पष्ट पारिसकेका छौ।’
गएको मंगलबार उत्तर कोरियाले पनडुब्बीबाटै जापानको समुद्र क्षेत्रनजिक दुईवटा नवनिर्मित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो प्रहारले जापान, कोरिया प्रायद्धिप आदि क्षेत्रमा तनाव बढ्ने भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले समेत बैठक राखेको थियो।
-

प्रदेश १ सभा बैठक स्थगित

प्रदेश १ सभा बैठक अब कात्तिक १५ गते बस्ने भएको छ । आइतबार साढे बाह्र बजेका लागि बोलाइएको संसद् बैठक सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे बाह्र बजे बस्ने गरी स्थगित भएको हो ।
मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची थियो । एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेका थिए । प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षति निरीक्षण गर्नका लागि पूर्वी क्षेत्रको भ्रमणमा रहेका छन् ।त्यस लगत्तै सत्तारुढ एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेको थियो ।
एमालेको पालिका अधिवेशन मंगलबार एकै पटक हुँदैछ । त्यसैगरी, एमालेको दसौं महाधिवेशनको विषयमा छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक हुँदैछ ।
दुवै दलको लिखित रुपमा बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए ।
बैठकपछि प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बैठक बस्ने मिति परिवर्तन भएको सूचना निकालेका थिए ।
-

स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुल्दै

यातायात व्यवस्था विभागले झन्डै छ महिनापछि यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउने भएको छ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताएका हुन्।
महानिर्देशक घिमिरेका अनुसार यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदैछ। यसैबीच आवेदन भने लिएर राखिन लागेको हो।
काठमाडौं जिल्ला बाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि हुने सम्भावना उच्च छ।
विभागले यतिबेला ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ।
-

विप्यश्यना ध्यान विधि

प्राणीको अस्तित्व स्वास हो । यहि स्वाससँग विप्यश्यना ध्यान विधि जोडिएको छ । यस ध्यान विधिमा एक योगीको आसनमा बसेर आफ्नो स्वासमा ध्यान दिनु पर्दछ ।
विप्यश्यनामा वि’ को अर्थ विशेष र प्याश्यना’ को अर्थ देख्नु अर्थात बिशेष प्रकारले देख्नु ।
मानिसको दिमाग बिभिन्न विचारहरुले भरिएको हुन्छ र स्वास र विचार एक आपसमा जोडिएको हुन्छ ।
यस ध्यान विधिले स्वासलाई नियन्त्रण नगरी घटेका कुनैपनि घटनामा कुनै पनि मूल्याङ्कन, विचार, अभिव्यक्ति नदिई अवलोकन गरिरहनु भन्दछ ।
सामान्य जीवनमा जस्तो स्वास फेरिन्छ, त्यस्तै स्वासलाई शरीर भित्र गएको ध्यान दिने फेरी त्यहि स्वासलाई शरीर बाहिर आएको ध्यान दिनु पर्दछ ।
विप्यश्यना ध्यान स्वासको उपयोग मात्र हो जहा स्वासलाई बुझ्ने प्रयास गरिन्छ ।विप्यश्यना चार प्रकारका छन् ।
१. कायानुप्यासन– शरीरलाई विशेष प्रकारले देख्नु
२. वेदानुप्यासना– वेदना÷भावनालाई विशेष प्रकारले देख्नु
३. चित्तानुप्यासना– मनलाई विशेष प्रकारले देख्नु
४. धम्बानुप्यासना– धर्मलाई विशेष प्रकारले देख्नु
भगवान गौतम बुद्दले ६ वर्षको कठिन तपस्याले पनि विषेश उपलब्धि प्राप्त नभएपछि विप्यश्यना ध्यान विधिबाट बुद्दत्व प्राप्त गर्नु भएको हो । विप्यश्यना ध्यान विधि बुद्दबाट सुरुवात भएको पनि हामीले सुन्न सक्छौ । -

संकटा देवी

काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएको छ । संकटा र करुणामयको मन्दिर एउटै हो । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । संकटालाई समस्या र संकट हटाउने देवीका रूपमा पूजा गरिन्छ । संकटा देविलाई पूरान अनुसार विकत मातृका पनि भनिन्छ । जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ ।
किंवदन्ती अनुसार, लिच्छविराजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो । उनी उपत्यकाका सबै नागहरूलाई आफ्नो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् । गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्यूँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ । तसर्थ भारतको असममा रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ । काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस् भनी संकटाको कलश उनीसाथै ल्याइएछ । मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आफ्ना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्यूँतिएर गुरुको स्वागत गर्न आएछन् । अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन् र उपत्यकामा वर्षा गराएछन् । यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन् । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ । मन्दिर अगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ ।
नवरात्रीको आठौं दिनमा मानिसहरु देवी संकटाको मन्दिर गई पूजाआजा गर्दछन् । शनिबार संकटा देवीको दर्शन गरेमा सबै संकटहरु टाढा भाग्ने जनविश्वास रहेको छ ।


