काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो ।
हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ । ‘महाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसकेकी छन् ।
आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेकी छन् । जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसकेका छन् ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।
यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।
उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए ।
फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको छ ।
“अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रर्दशन भएको छ । उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,” उनले भने ।
अष्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको थियो । “विश्वभर एकै दिन सुबैभन्दा धेरै हलमा रिलिज हुने सिनेमाको रेकर्ड बनाएको छ,” वितरक सुवेदीले भने ।
‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवर्ल्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ ।
चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ ।
‘लाज शरणम्’ले पहिलो दिन नेपालमा एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।
बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।
‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।
बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो ।
‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।
चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो ।
काठमाडौं । सफलताका साथ नेपाल, जापानसहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन सुरु हुने अस्ट्रेलियामा वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए ।
यस चलचित्रको अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशी संग साथ सहकार्य गरेका छन् । वितरक क्षेत्रीले केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केहीको लागि भने बुकिङ ओपन गरेको बताए । जसको लागि इस्सा भाइब इभेन्टको फेसबुक पेजमा सम्पर्क गर्न सकिने उनले जनाए ।
नेपालमा दोस्रो हप्तामा चलिरहेको ‘एक्टर: टेक वन’लाई दर्शकबाट ‘टेक टू’को पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको चलचित्र ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ । यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन् । प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुनः प्रमाणित गरेका छन् । नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ । केही वर्षको अन्तरालमा चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ ।
यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।
मुम्बई, २६ माघ । सुपरस्टार शाहरुख खानको प्रतिष्ठित एक्सन प्याक मनोरञ्जनात्मक चलचित्र ‘मैँ हु ना’ को सिक्वेल बन्ने भएको छ ।
जसको दोस्रो भागमा निर्देशक फराह खान फर्किएकी छिन्। चलचित्र अप्रिल २००४ मा रिलिज भएको थियो र गत वर्ष मात्रै २० वर्ष पूरा भएको थियो।
पिंकभिल्लाको रिपोर्टका अनुसार फराह खानले रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा एसआरकेले निर्माण गरेको पहिलो फिल्म ‘मै हुँ ना’ को उत्कृष्ट सिक्वेलको रूपमा काम गर्न सक्ने भन्दै अहिले स्क्रिप्टमा काम गरिरहेकी छिन्।
समाचार अनुसार फराह खान सुपरस्टार शाहरुख खानसँग मिलेर सिक्वेल बनाउन चाहन्छिन् । उनले सुपरस्टारले मन पराएको ‘मै हुँ ना: २’ को लागि आइडिया सेयर गरेकी छिन् । फिल्म निर्माता हाल रेड चिलीमा उनको लेखकहरूको टोलीसँग पटकथा क्र्याक गर्न काम गरिरहेकी छिन्। शाहरूखको फोन लिनु अघि अन्तिम स्क्रिप्ट हेर्न पर्खिरहेको तस्बिर सार्वजनिक भएको छ।
‘एसआरके केवल यसको लागि सिक्वेल बनाउने कुरामा स्पष्ट भएका छन् र फिल्म हलमा जाने दर्शकहरूमा रहेको ‘मैँ हुन ना’ को प्रशंसकको बारेमा राम्ररी थाहा छ। उनले फराह र उनको इन हाउस लेखकहरूको टोलीलाई इमानदारीपूर्वक पटकथामा काम गर्न र पहिलो भागको प्रभावलाई पार गर्न सक्ने कुरा ल्याउन आग्रह गरेका छन्,’ रिपोर्टमा भनिएको छ।
यदि चीजहरू योजना अनुसार चल्यो भने मैँ हुन ना, ओम शान्ति ओम र ह्याप्पी न्यु इयर पछि फराह खानसँग एसआरकेको चौथो सहकार्य हुनेछ । यसअघिको पहिलो भागको चलचित्रमा शाहरूखका साथमा सुस्मिता सेन, सुनिल शेट्टी, अमृता राव, जायद खान र किरण खेर लगायतका कलाकारले अभिनय गरेका थिए।
यसैबीच शाहरुख खान निर्देशक सिद्धार्थ आनन्दसँग एक्सन इन्टरटेनर किंग सुरु गर्ने तयारीमा छन् । यो २०२६ रिलिजको लागि अर्को महिना फ्लोरमा जान्छ। अभिनेतासँग यशराजको पठान: २ पनि छ, जो हाल स्क्रिप्टिङ चरणमा छ।
मुम्बई, २१ माघ । प्रियंका चोपडा अहिले भारतमा महेश बाबुसँग उनको आगामी फिल्म एसएसएमबी २९ मा काम गरिरहेकी छिन्। आफ्नो व्यस्त कार्यक्रमका बाबजुद पनि अभिनेत्रीले आफ्नो भाइ सिद्धार्थ चोपडाको विवाह समारोहमा सहभागी हुन शुटिङबाट केही समय निकालेकी छिन ।
फेब्रुअरी २ मा प्रियंका चोपडा मुम्बई फर्किदै गर्दा एयरपोर्टमा देखिएकी थिइन् । पापाराजीले सेयर गरेको भिडियोमा एयरपोर्टबाट बाहिरिने क्रममा अभिनेत्रीलाई टाढाबाट क्लिक गरिएको थियो । अभिनेत्रीले मिठो मुस्कानका साथ पापाराजीहरूलाई मायालु भावमा स्वागत गरिन र उनीहरूका लागि पोजसमेत दिइन । देसी गर्ल गाडी फर्केर धेरै खुसी देखिन् र छोड्नु अघि फोटोग्राफरहरूलाई खुसी साथ हात हल्लाइन्। उनको भर्खरको बाहिरी यात्राको लागि पीसीले सबै सेतो पोशाकमा अनौपचारिक लुक देखाइकी थिइन । उनले मिल्दो शर्ट्स र त्यसमाथि घुँडा टेकेको सेतो ब्रालेट रोजेकी थिइन्।
अभिनेत्री अहिले महेश बाबुसँगको आगामी फिल्म एसएसएमबी २९ को सुटिङमा व्यस्त छिन् । एसएस राजामौलीले निर्देशन गर्दैछन् । यी तीनको पहिलो सहकार्य हुन लागेको यो चलचित्रले फ्यानमा उत्साह थपेको छ । यो फिल्म प्रियंकाका लागि फरक किसिमको प्रोजेक्ट हुने प्रोजेक्टमा विचार गरिरहेको विकास नजिकको स्रोतले हामीलाई बताएको छ । यसको सुटिङ अप्रिल २०२५ मा सुरु हुने तालिका छ र २०२६ को अन्त्य सम्ममा पूरा हुने अपेक्षा गरिएको छ। यो टाइमलाइन हेर्दा फिल्म २०२७ वा २०२९ मा रिलिज हुनेछ ।
अर्कोतर्फ, प्रियंकाका भाइ सिद्धार्थ चोपडा र उनको मंगेतर नीलम उपाध्यायले गत वर्ष अगस्टमा रजिस्ट्री समारोह र इन्गेजमेन्ट पार्टीसहित आफ्नो विवाहपूर्व उत्सव मनाएका थिए । यस विशेष कार्यक्रममा प्रियंका र अन्य जोडीका नजिकका साथीहरू र परिवारका सदस्यहरू उपस्थित थिए।
काठमाडौं – ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा गत सोमबार सम्पन्न भएको छ ।
लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो । ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ का विभिन्न विधाहरुमा विजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा लोक दोहोरी गायिका एवम् मोडल रिया रेग्मी अवार्ड विजेता बनेकी छन् । रियाले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलको अवार्ड हात पारेकी हुन । उनले आफ्ना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन् । कलाकारिताको क्षेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगाएत धेरै सफलताहरु हात पार्न सफल भएकी छन् । रियालाई वरिस्ठ गायिका शर्मिला गुरुङ,वरिस्ठ गायक इन्द्र जिसिले बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड प्रदान गरेका थिए ।
अवार्ड वितरणपछि विजेताहरुले अझै यस क्षेत्रमा थप लगनशिल हुँदै अगाडी बढने बताए ।
सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम दोस्रो पटक आयोजना गरिएको बताइन् । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसवर्ष पनि अवार्ड कार्यक्रम भएको हो ।
अवार्ड कार्यक्रमका लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रक्रिया पूरा गरि भोटिङ गरेर धेरै भोट प्राप्त गरेका व्यक्तित्वलाई विजयी घोषणा गरिएको थियो । सो अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो ।
यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।
अवार्डका विधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायक/गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक/गायिका , सर्वोत्कृष्ट गायक/गायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायक/गायिकालगाएत रहेका थिए ।
माघ १३ गते भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम सहित अवार्ड वितरण सम्पन्न भएको हो ।
नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले वि.स. २०७० सालमा स्थापना भएको सुजन म्यूजिक प्रा.लि. नेपाली गीत, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो ।
नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीतसंगीतकर्मीसंग सहकार्य गर्दै गीत संगीतका सयौं रचनाहरु भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषाभाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक कमिटीकी अध्यक्ष राना मगरले बताइन् ।
काठमाडौँ, ६ माघ : निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गर्नुभएको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै चलचित्र बनेका पाइए पनि नेपालमा निर्माण भएका छैनन । त्यसैले यो चलचित्र तयार गरेको हुँ ।”
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताउनुभयो । चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताउनुभयो ।
“यो बिहे गर्ने उमेर बितिसकेर पनि अविवाहित रहेका कविको मनोविज्ञानबाट भनिएको कथा हो । समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई चलचित्रमा देखाएका छौँ । यो चलचित्रले मनोरञ्जनमै भए पनि केही सिकाउँछ, चलचित्र भवनबाट हेरेर फर्किँदा केही फरकपन पक्कै महसुस गर्नुहुनेछ”, निर्देशक लामाले भन्नुभयो ।
‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गर्नुभएको छ । हिमाल कडरिया निर्माता रहनुभएको उक्त चलचित्रमा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ
काठमाडौँ, ५ माघः ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।
अध्यक्ष पाठकले निफमा ७० देशका छ सयभन्दा धेरै चलचित्रले प्रदर्शनीका लागि दिएको प्रस्तावमा निर्णायक समितिले उक्त चलचित्र छनोट गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरिरहेका छौँ । चलचित्र प्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट र छलफल चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ ।”
अध्यक्ष पाठकले निफमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफल गरिनुका साथै विभिन्न कार्यशाला पनि सञ्चालन हुने बताउनुभयो । महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन् ।
नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ । यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिनुभयो ।
‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यसै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।
नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं । देशभरका झण्डै ७० वटा सिनेमा हलमा माघ ४ गते शुक्रवारबाट प्रदर्शनमा आउने युवा पुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटेर सफल टेलिभिजन पत्रकार मनोहरी थापाव्दारा निर्मित ‘एक्टर’ नायक प्रिन्स थापा मगरको डेब्यु चलचित्र हो ।
विशेष शोहरुमा दर्शकहरुबाट प्रशंसा बटुल्न सफल ‘एक्टर’मा नायक, नायिका नयाँ भएपनि उनिहरुको काम अहिलेका चल्तिका स्थापित कलाकारहरुको भन्दा कम नभएकोले आफु सन्तुष्ट रहेको निर्देशक मदन घिमिरेको भनाई छ ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’मा मुख्य नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।