नेपाली समाजमा सामान्यतया १८ बर्ष भन्दा कम उमेरमा बिवाह गर्ने चलन हालसम्म पनि कायम नै देखिन्छ । १८ बर्ष भन्दा कम उमेरमा गरिएको बिवाहलाई बाल बिवाहको रुपमा लिइन्छ । यो कानुन बिपरीत कार्य पनि हो ।
बिवाहका सम्बन्धमा बिभिन्न देशमा कानुन अनुसार योग्य उमेर तोकिएको हुन्छ । त्यसैगरी नेपालको कानुनी मान्यता अनुसार बालिकाको हकमा १८ बर्ष र बालकको हकमा २० बर्ष माथि बिवाह गर्न उपयुक्त उमेर भनेर तोकिएको छ ।
पहिले पहिले बालबालिकाहरु समाजमा रहेका कुरिति, कुसंस्कार, जस्ता धार्मिक तथा सामाजिक कारणले गर्दा वा परिवारको आर्थिक अबस्था कमजोर भएको कारण परिवारको दबाबमा आफ्नो इच्छा बिपरित बालबिवाह गर्न बाध्य हुन्थे । तर हाल बालबालिका आफूखुसी सानै उमेरमा बिवाह गर्नेको सङ्ख्या बढ्दो देखिन्छ ।
शिक्षित बालबालिकाले पनि बाल बिवाह गरेका घटनाहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । समयमानै सोच बिचार नगरि बिवाह गरेका कारण उच्च शिक्षा, रोजगार लगायतका अधिकार बाट बन्चित हुने , लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, मानब बेचबिखन जस्ता बिभिन्न समस्याहरु बढेको छ ।
बालबालिकाले धेरै समय समाजिक सञ्जालमा बिताइरहेका हुन्छन् । यसरी सामाजिक सञ्जालमा बालबालिका बिच कुराकानी भई बिवाह हुने गरेको पाइन्छ । बाल बिवाह न्युनिकरणको लागि स्थानीय तह देखि लिएर राज्यले पनि अनेकौ प्रयास गर्दा पनि आफूखुसि गरिने बिवाहलाइ रोक्न सकेको छैन ।
तसर्थ बालबालिका आफैमा बाल बिवाह गर्नु कानुन बिपरित हो र यसले भविष्य अन्धकार बनाउछ भन्ने चेतनाको बृद्धि भए मात्र बालबिवाह निर्मुल पार्न सम्भब देखिन्छ । यसका लागि बालबालिका स्वयम्ले बालबिवाह बिरुद्ध आवाज उठाउने र बाल बिवाहको खुलेर बिरोध गनुपर्छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
आयोगले संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको हो ।
निवेदनको ढाँचा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने जनाएको छ ।
दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ स्पष्ट खुलार मात्र दल दर्ताका लागि निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
बाक्लो हिमपातले गर्दा पछिल्लो एक हप्ता देखि अवरुद्ध भएको मुस्ताङको जोमसोम लोमन्थाङ सडकमा हिउँ पन्छाएर शुक्रबारदेखि सवारी सञ्चालन भएको छ ।
लो–घेकर दामोदर कुण्ड गाउँपालिकाले जमेका बाक्लो हिउँ डोजरको सहायताले पन्छाएपछि जीप, ट्रक र ट्याक्टर चल्न थालेको छ ।
हिउँ जमेर सडक अवरुद्ध भएपछि अलपत्र परेर बीचमै रोकिएका खाद्यान्न तथा मालसामान र विकास निर्माणका सामग्री बोकेका सवारीसाधन तथा यात्रा गरिरहेका सर्वसाधारणहरु आ–आफ्नो गन्तव्यतर्फलाग्ने क्रम जारी छ ।
गाउँपालिकाका जनप्रतिनिधिहरु आफै फिल्डमा गएर हिमपात पन्छाएका हुन् ।
संखुवासभाको मकालु गाउँपालिका–५ को नुम र वडा नम्बर–१, वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा को भनाइ अनुसार हिजो शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री बोकेको तीनवटा ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको हो ।
उक्त बेलिब्रिज भाँचिएपछि तीनवटा ट्रक अरुण नदीमा खसेको प्रजिअ खतिवडाको भनाइ छ ।
ट्रकमा सवार चालक र सहचालक सकुशल रहेको तथा आवतजावत ठप्प भएको कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए ।
निर्वाचन आयोग पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २०७९ वैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ ।
ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।
मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ ।
भक्तपुर निवासी मीनकुमारी राणाको १३ औं दिनको पुण्य तिथिको अबसर पारेर राणा परिवाले उनको स्मृतिमा ट्रष्ट निर्माण गरेको छ ।
उक्त ट्रष्ट संचालकमा पति कोमल बिक्रम राणा, छोराहरु कविर राणा र रबि राणा लगायत नाति बिक्रान्त बिक्रम रहने छन् ।
ट्रष्टले खेलकुद, पत्रकारिता एबम् समाज सेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई बर्षेनी पुरस्कृत गर्ने तथा भक्तपुरमा रहेका जेहेनदार बिपन्न र अशक्त बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नको लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोषको स्थापना गरेको जनाएको छ ।
मीनकुमारीका छोरा एबम् देशान्तर मिडिया ग्रुप प्रा.लिका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कविर राणाका अनुसार अक्षय कोषमा रहेको रकमबाट प्राप्त ब्याज पुरस्कार तथा समाजसेवामा खर्च गरिने छ ।
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते ९शुक्रबार०देखि खुला हुने भएको छ । विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख छ ।