
सर्लाही :
सर्लाहीको धन्कौल क्षेत्रमा रहेको एक चिनी उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक युवकको ज्यान गएको छ ।
धन्कौल गाउँपालिका–३ मा सञ्चालित अन्नपूर्ण चिनी उद्योगको उखुको खुवा बनाउने मेसिनले च्याप्दा धन्कौल–४, महिनाथपुरका १९ वर्षीय चुनचुन रायको मृत्यु भएको हो ।
कामकै क्रममा मेसिनमा परेको रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Leave a Reply