Category: Health

  • बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

    बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


    जुम्ला, ५ पुस : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो ।

    प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।

    आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् ।

  • ‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

    ‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

    ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबाहेक अन्यलाई भेट्याउन सकिन्न ।

    काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरुको परिवार बागलुङ, पोखरा, काठमाडौँ र चिवतन बसाई सरेका छन् । बसाइँसराइले गाउँमा हरेक वृद्धवृद्धालाई बिरामी हुँदा अस्पतालसम्म पुर्‍याउने मान्छे समय–समयमा समस्या पर्ने गरेको छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको समस्या बढ्दै गएको छ । यसले स्थानीय त्रसित बनेका छन् । गाउँमा वृद्धवृद्धा र महिला मात्रै रहेको हुँदा हिँडडुल गर्न पनि डर हुने स्थानीय मैना सुवेदीले गुनासो गरिन् । श्रमशक्तिको अभावमा खेतीबारीमा खेती गर्नसमेत छोडिएको उनले बताइन्।

    उनले भनिन्, “मान्छेहरु सबै बजार झरे, गाउँमा बस्नै छोडे, पहिले कति रमाइलो थियो यो ठाउँ अहिले वीरक्त लाग्ने भएको छ, यहाँ वरपरका सबै घर खाली छन्, अर्मपर्म गरेर खेतीपाती गर्नलाई मान्छे पाइँदैनन्, पहिले मुरीका मुरी धान, मकै, कादो फल्ने बारीमा अहिले वनमारा पलाएको छ ।”

    स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताए । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउँछन् । पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ ।

    युवा शक्ति विदेश पालयन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन । काठेखोलाको करलिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् ।

    काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बसाइँसराइ रोक्नका लागि नागरिकलाई उद्यमसँग जोड्ने र व्यावसायिक बनाउने खालका कार्यक्रम ल्याएको बताए । धेरैजसो गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि बसाइँसराइ गरेको भन्दै पालिकाले अहिले ती क्षेत्रमा लगानी गरिरहेको उनको भनाइ छ । गाउँमै बस्ने वातावरण तयार गर्नका लागि आफूहरु गम्भीर भएर लागेको उपाध्यक्ष थापाले बताइन् ।

  • रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना

    रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना


    दमौली । तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

    आँबुखैरेनी अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित रक्तसञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गमा दैनिकजसो हुने दुर्घटना, अस्पतालमा प्रसूति सेवा लिन आउने महिला र अन्य बिरामीलाई तत्कालै रगत आवश्यक पर्ने भएकाले अस्पतालमै रक्त सञ्चार केन्द्रको आवश्यकता थियो ।”

    रक्तसञ्चार केन्द्र स्थापनापश्चात् रगत आवश्यक पर्ने बिरामीलाई सहज हुने चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर केन्द्र स्थापना गरेका हौँ।”

    अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापनापछि सम्बन्धित बिरामीले सहज तरिकाले रगत प्राप्त गर्न सक्ने बताउनुभयो । केन्द्र स्थापनासँगै केन्द्रका लागि आवश्यक पर्ने रगत सङ्कलन गर्न थालिएको उहाँको भनाइ छ ।

    गाउँपालिकाले २०७९ साल मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको डा क्षेत्रीले जानकारी दिनुभयो ।

    अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

    गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छाँै । इलाका वनको भवनलाई ल्याब बनाएका छाँै । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।” अस्पतालले गत एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसूति सेवा दिएको हो ।

    अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छभने ३२ हजार नौपटक प्रयोगशाला परीक्षण गरिएको क्षेत्रीले बताउनुभयो । अस्पतालमा नौ सय ९१ जना बिरामीलाई भर्ना गरी उपचार गरिएको छभने तीन हजार नौ जनालाई अल्ट्रासाउण्ड सेवा, तीन हजार तीन सय ९१ जनालाई एक्सरे सेवा प्रदान गरिएको क्षेत्रीले बताउनुभयो ।

    अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनस्र्थापना र उपचार सेवा सुरु गर्न लागेको छ । त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत थप सेवा, टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको डा क्षेत्रीले बताउनुभयो ।

  • झापामा पूजाको प्रसाद खाँदा ५० बढी बिरामी

    झापामा पूजाको प्रसाद खाँदा ५० बढी बिरामी

    काठमाडौं ।

     पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।

    अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।

    प्रसादी खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरुलाई पनि समस्या  छ,’ उनले भनिन्, ।

    अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ । पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।

  • अब राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने

    अब राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने

    काठमाडौं ।

    राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।

    देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो । 

    गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता लिएका थिए ।

    मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालका बिच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क गर्ने सम्झौता गरिएको हो ।

  • सर्वोत्कृष्ट कर्मचारीविनै निजामती दिवस मनाइँदै

    सर्वोत्कृष्ट कर्मचारीविनै निजामती दिवस मनाइँदै

    काठमाडौं ।
    यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारीविनै निजामती दिवस मनाइने भएको छ।

    शनिबार २१औँ निजामती दिवस मनाइँदै गर्दा सरकारले विगतका सात वर्षमा जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन नसकेको हो।

    निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको स्रोतले जनाएको छ।

    शुक्रबार अपराह्न निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक बसेको थियो ।

    बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई नदिने स्पष्ट पारे। उनका अनुसार यो वर्ष २० कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन्।

    मुख्यसचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिस समिति गठन हुन्छ। समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुन्छन्।

  • राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

    राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ । असोज २२ गते शनिबार बिसञ्चो भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।


    त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

  • कोरोना अपडेट – ८४८ जनामा सङ्क्रमण, ५२६ सङ्क्रमण मुक्त

    कोरोना अपडेट – ८४८ जनामा सङ्क्रमण, ५२६ सङ्क्रमण मुक्त

    काठमाडौं : पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या भने ५२६ रहेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ६१९ कोरोना परीक्षण गर्दा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    दुई हजार ७२२ पीसीआर परीक्षण गर्दा ३९९ र दुई हजार ८९७ एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

    आजको अपडेट सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९० हजार ४४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • कोरोना खोप कार्यक्रम सञ्चालन नहुने वैशाख ३० मा

    कोरोना खोप कार्यक्रम सञ्चालन नहुने वैशाख ३० मा

    काठमाडौं ( स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।
    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।
    छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

  • टाइफाइडविरुद्धको खोप चैत २५ गतेदेखि लगाइने

    टाइफाइडविरुद्धको खोप चैत २५ गतेदेखि लगाइने

    टाइफाइडविरुद्धको खोप अभियान चैत २५ गते देखि देशभर सुरु हुने भएको छ ।

    यो खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्र का अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने छ ।

    सरकारले यस बर्ष ९५ प्रतिशत बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। चैत २५ बाट सुरु भएको यस खोप अभियान आगमी बैशाख १८ गते सम्म चल्ने छ ।