
प्रत्येक ब्यक्तिले स्वस्थ जीबन जिउनको लागि जीवन शैलीमा ध्यान दिनुपर्छ । बिश्वब्यापी महामारी कोभिड १९ का कारणले केही मात्रामा अधिकांश मानिसको जीवन शैलीमा परिवर्तन आएको देखिन्छ ।
हाल कतिपय ब्यक्तिले आफ्ना खराब जीवन शैलीलाई सुधार गरी स्वस्थ र सुरक्षित जीवन शैलीको सुरुवात गर्दै आएका छन् । कोभिडको कारण ब्यक्तिमा डर त्रास बढे सङ्गै जीबन शैलीमा पनि सकारात्मक परिवर्तन आएको अनुमान गर्न सकिन्छ ।
हाल हरेक ब्यक्तिले स्वास्थ्य मापदण्डको पालना गर्न थालेका छन् । ब्यक्तिगत तथा बातावरणीय सरसफाइ तथा खापानमा पनि ध्यान दिन थालेका छन् । ब्यक्तिमा स्वास्थ्य सम्बन्धि सचेतना तिव्र रुपमा बृद्धि भए सङ्गै स्वास्थ्य शिक्षामा जोड दिन थालेका छन् ।
स्वस्थ जीवन शैली स्वस्थ जीबनको मूल आधार पनि हो । खराब जीबन शैलीको कारण करिब ९० प्रतिशत रोगहरु लाग्ने गर्दछ । यी रोगहरुबाट टाढा रहन स्वस्थ जीवन शैली अबलम्बन गर्नु आबश्यक छ ।
मधुमेह, मुटु सम्बन्धी रोगहरु, उच्च रक्तचाप, लगाएतका जटिल प्रकृतिका रोगहरु खराब जीवन शैलीको कारण लाग्ने बिज्ञहरुले गरेका अध्ययन अनुसन्धानले देखाउँछ ।
स्वस्थ जीबन शैली र स्वस्थ रहनका लागि खानपानमा ध्यान दिनुपर्छ जस्तै जङ्फुडको प्रयोगमा कमी ल्याउने, पोषणयुक्त खानेकुरा खाने गनुपर्छ । बाताबरणीय सरसफाइमा ध्यान दिनुपर्छ । यसो गरेका जीबन शैलीमा परिवर्तन हुनुका साथै स्वस्थ जीबन जीउन सकिन्छ ।


















