तमाङ समुदायमा सोनाम ल्होसारको उल्लास : नया वर्ष २८६२ को भव्य स्वागत

काठमाडौँ ।:
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘सोनाम ल्होसार’ पर्व आज देशभरि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि नयाँ वर्ष २८६२ प्रारम्भ भएको छ ।

आजको दिनलाई तमाङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतको रुपमा मनाउने गर्छन् । यस वर्ष ‘सर्प’ वर्गको बिदाइ गरी ‘घोडा’ वर्गको आगमन भएको छ । ल्होसारको अवसरमा आज काठमाडौँको टुडिखेल लगायत देशभरका विभिन्न गुम्बा र विहारहरुमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

परम्परागत भेषभूषामा सजिएका युवा–युवतीहरु डम्फुको तालमा सेलो नाच्दै खुसी साटासाट गरिरहेका छन् । तामाङ जातिको बाहुल्य रहको काभ्रे, सिन्धुपाल्चोक, नोवाकोट, रसुवा लगायतका जिल्लाहरुमा आज विशेष सांस्कृतिक प्रदर्शन गरिँदैछ ।

बौद्ध धर्मगुरुका अनुसार यो पर्व प्रकृति र पितृ पूजासँग जोडिएको छ । घर घरमा सेलरोटी र बावर जस्ता परम्परागत परिकार बनाएर आफन्तहरु बीच खुसी साटासाट गरिएको छ ।

यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले तामाङ समुदाय लगाएत सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts