मन्त्री बब्लु गुप्ताले दिए पदबाट राजिनामा

काठमाडौँ ।:
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । आगमी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिने तयारीका कारण उनले पद छोडेको बताएका छन् ।

मन्त्री गुप्ताका अनुसार उम्मेदवारी दर्ता अघि नै पदबाट अलग हुनु उचित ठानेर उनले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेका छन् । अब औपचारिक प्रक्रिया पुरा हुन बाँकि रहेको उनले बताए ।

उनले अब आफू पूर्ण रुपमा चुनावी अभियानमा केन्द्रित हुने जनाएका छन् । गुप्ता जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै सुशिला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts