निर्वाचन आयोगको पत्र : मुकुल ढकाल नै रास्वपाको महामन्त्री


निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा मुकुल ढकाल नै कायम रहेको जनाएको छ। रास्वपालाई पठाएको पत्रमा आयोगले ढकाललाई महामन्त्रीको रूपमा मान्यता दिएको हो।

आयोगले रास्वपाको केन्द्रीय समितिका पदाधिकारी र सदस्यको हेरफेर २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसपछि हालसम्म कुनै परिवर्तन नभएको अभिलेखमा देखिएको उल्लेख गरेको छ। रास्वपाले गत वर्ष ढकाललाई महामन्त्री र प्रवक्ताबाट हटाएको दाबी गरेको थियो।

रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा पार्टीको अभिलेख अद्यावधिक भएको वा नभएको बारे सूचना माग गरेका थिए। उनको मिति २०८२/०३/०४ को निवेदनको जवाफमा आयोगले भनेको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसपछि हालसम्म कुनै अद्यावधिक नभएको अभिलेखबाट देखिन्छ।”

आयोगको यो पत्रअनुसार मुकुल ढकाल रास्वपाको महामन्त्रीको रूपमा कायमै रहेको पुष्टि भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts