नेपाल टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह

नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै कम्पनीले सचेत रहन सबैमा आग्रह गरेको छ।

टेलिकमका प्रवक्ता हरि ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘नेपाल टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा ५ हजार रूपैयाँ नगद तथा उपहारको व्यवस्था गरेको’ भनी फेसबुक ग्रुप र मेसेन्जरजस्ता सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना फैलिरहेको बताएका छन् ।

यस्ता सूचनामा नेपाल टेलिकमको आधिकारिक लोगो समेत दुरुपयोग गरिएको प्रवक्ता ढकालले बताएका छन् । 

टेलिकमले यस्ता सूचना गलत भएको भन्दै आधिकारिक जानकारीका लागि कम्पनीको ब्लु टिकसहितको फेसबुक पेज, एक्स (ट्विटर) र आधिकारिक वेबसाइट मात्र आधार  मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन अनुरोध छ ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *