
काठमाडौँ ।:
नेपाल कम्युनिस्ट पार्टि (नेकपा) मावदि का संयोजक पुस्पकमल दाहाल प्रचण्डले भरतपुर माहानगर पालीकाको मेयर रेणु दाहालको पहिचान जनताले नै विकास प्रमी नेताका रुपमा बनाइदिएको बताउनु भयो ।
चितवनको भरतपुर माहानगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै गर्दा शुक्रबार उहाँले यस कुरा बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “रेणुलाई हामीले विकासवादी भनेको होइनौ वाहाँको काम हेरेर जनताले नै उहाँलाई विकास प्रमीका रुपमा स्थापित गर्नुभएको हो । जनताले स्थापित गरेको यो पहिचानलाई एउटा आर्दश मानेर अघि बढ्नुपर्छ ।”
पूर्व प्रधानमन्त्री समेत रहनुभएको प्रचण्डले सामाजिक सञ्जालमा हुने सस्तो लोकप्रियता (स्टन्टबाजी) ले देशको हित नगर्ने टिप्पणी गर्नुभयो । गत भदौ २४ गतेको सन्दर्भ निकाल्दै उहाले भन्नुभयो, “स्टन्टबाजीकै कारण राष्ट्र झण्डै खरानी भयो । यो कुनै विचार वा सिद्धान्ताका कारण भएको होइन, केवल होहल्ला र स्टन्टको परिमाण हो ।
अहिलेको समयमा विचार र निष्ठाभन्दा पनि भ्रमको पछि लाग्ने प्रवृति बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “हामी अझै पनि सतर्क भएनौ र सिद्धान्तहीन होहल्लाको पछि लाग्यो भने देश ठूलो दुर्घटनमा पर्न सक्छ,” उहाँले भन्नुभयो । समाजमा देखिएको अराजकतालाइ नियन्त्रण भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
चितवनकै नागरिक हुनुको नाताले आफुले देश र समाजप्रतिको कार्तव्य सम्झेर सवैलाई सचेत रहन अपिल गरेको पनि उहाँले बताउनुभयो ।
Leave a Reply