सरकारले उखुको खरिद मूल्य निर्धारण

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिब अर्जुन पोखरेलको संयोजकत्वमा कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रतिनिधि, गृह मन्त्रालयको प्रतिनिधि, साथै चिनी उद्योग संघका अध्यक्षको सहभागिमा बुदबार बसेको बैठकले उखु खरिद मुल्य निर्धारण गरेको छ । बैठकले उखुको न्युनतम मुल्य प्रति क्विण्टल २५० निर्धारण गरेको छ र उद्योगहरुले उखुको खरिद गरी उखुको मुल्य समयमा नै भुक्तानी गर्नुपर्नेछ ।

उक्त बैठकमा कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयले अर्थ मन्त्रालयसंग समन्वय गरी उखु किसानलाइ उपलब्ध गराउनुपर्ने अनुदान समयमा नै उपलब्ध गराउने साथै उखु किसानहरुलाइ उन्नत जातको उखुको बिउ र रासायनिक मल उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *