
Author: admin
-

ओली:प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताएका छन्। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताए। उनले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र नपर्ने विषयमा एमाले कतैपट्टी पनि पक्षधरता देखाउँदैन।’ ओलीले सर्वोच्च अदालतका नाममा राजनीति भइरहेको टिप्पणी गरे। सर्बोच्च अदालत भित्र परमादेश अघि देखि नै अशोभनिय गुटबन्धी र राजनिती भइरहेको उनले बताए।
ओलीले अहिलेको गठबन्धनको काम राजनीतिक प्रणाली माथि प्राहार गर्ने भएकाले सिस्टममाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाए। ओलीले गठबन्धनको सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको टिप्पणी गरे।
-

(अध्यक्ष ओली)अतिवृष्टि बाट पीडित नागरिकलाई तत्काल राहत की व्यवस्था गर

अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरे। शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए।अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दावी समेत गरे। उने उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास समेत व्यक्त गरे। उनले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिए।
-

नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज
काठमाडौं ।ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसिया सँग खेल्न लागेको हो ।नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
-

राजीनामा स्वीकृत उद्योगमन्त्री हमालको

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।
-

लुम्बिनीमा कांग्रेस र माओवादीले टुंगाए मन्त्रीको नाम

लुम्बिनी प्रदेश सरकारमा कांग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ ।कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन् ।यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निर्णय कांग्रेसले गरेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।
यस्तै माओवादी केन्द्रबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो यसअघि नै लागेको थियो ।
-

भजन – शिव शिव सत्य

यस भजनका बारेमा केहिः
शब्दः ई. कुमार भट्टराई
स्वरः कर्मा ग्याल्जेन बम्जन
संगितकारः बिजु बज्र
एल्बमः शिव लिलाशिव शिव सत्य
कहिले घाम कहिले पानी
बिति जाने यो जिन्दगानी
मोजै मोज र भोजै भोजको
यो जवानी
अध्यारोमा लाने साथी अनिकानि
सत्य शिव शिव सत्य
सत्य शिव शिव सत्यसत्य युग शिव शिव सत्य मै बित्यो
भूत प्रेत पिचास शिव मै भुल्यो
त्रेता युग रावणले थिच्यो थिच्यो थिच्यो
सिताको त्यो माया रामले नै रोज्यो
रामले नै रोज्यो
राम
हरे हरे राम
हरे राम हरे राम
हरे हरे राम
हरे राम हरे रामयुग युग जिवन राख्न कृष्ण जगायौ
माया प्रेमको अवतारी कृष्ण भनायौं
द्धापरमा कौरवले थिच्यो थिच्यो थिच्यो
द्रोपतीको लाज कृष्णले नै छोप्यो
कृष्णले नै छोप्यो
कृष्ण
हरे हरे कृष्ण
हरे कृष्ण हरे कृष्ण हरे
हरे कृष्ण हरे कृष्ण हरे
कृष्णकलि युग निच कर्म पाप भित्रिए
हाड छाला, माता पिता, संस्कार सिद्धिए
कलि युग पृथ्वी नै आज हो कि भोली
जीवनको आशा शिवलाई नै रोजि
शिवलाई नै रोजीे
शिव
शिव शिव सत्य
शिव शिव सत्य







