Blog

  • बाकुमा कोप-२९ सम्मेलन शुरू, नेपालको तर्फबाट राष्ट्रपति पौडेल सहभागी

    बाकुमा कोप-२९ सम्मेलन शुरू, नेपालको तर्फबाट राष्ट्रपति पौडेल सहभागी

    आजदेखि अजरबैजानको राजधानी बाकुमा संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसीसीसी) अन्तर्गतको २९औँ सम्मेलन (कोप–२९) सुरु भएको छ। यो सम्मेलन नोभेम्बर २२ तारिख (मंसिर ७) सम्म चल्नेछ। नेपालका राष्ट्रपति रामचन्द्र पौडेल यो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै हिजो बाकु प्रस्थान गरि सकेका छन्।

    राष्ट्रपति पौडेलले यो वर्षको सम्मेलनमा हिमाल र पृथ्वीको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। १९२ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू, राष्ट्रप्रमुख र उच्च अधिकारीहरूका सामु उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्ने असर र यसको सुरक्षा विषयलाई उठाउने योजना रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    नेपालको हिमाली क्षेत्रले जलवायु परिवर्तनका कारण सामना गरिरहेको जोखिमको उदाहरणहरू प्रस्तुत गर्दै उनले विपद्जन्य घटनाहरूलाई मध्यनजर राख्दै वित्तीय सहयोगका लागि विशेष पहल गर्ने बताइएको छ। जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले जलवायु परिवर्तनका कारण सिर्जित बेमौसमी विपद्, हिमपहिरो र अन्य प्राकृतिक आपदाका घटनाहरूलाई विश्वसमक्ष राख्ने योजना रहेको बताए।

    राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबाट जोगिन वित्तीय स्रोत, क्षमता विकास र प्रविधिको पहुँचमा नेपालले आवश्यक सहायताको माग गर्नेछ। नेपालले सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा जोड दिन लागेको छ।

    नेपालको प्राथमिकता यसपटकको कोप–२९ मा जलवायु वित्तलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सहयोगको सुनिश्चितता गर्नु हो। जलवायुजन्य हानी-नोक्सानीलाई कम गर्न र हिमाल र वन्य क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ। 

    यस सम्मेलनमा नेपालले जलवायु अनुकूलन र प्रतिरोधात्मक उपायहरू कार्यान्वयन गर्नका लागि विश्व समुदायसँग सहकार्यको अपिल गर्दै नेपालको पर्वतीय क्षेत्रको सुरक्षा र आगामी पुस्ताको भविष्यको लागि विशेष पैरवी गर्नेछ।

  • ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता 

    ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता 

    अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप नचर्काउन आगह गर्दै युरोपमा शान्ति स्थापना गर्ने विषयमा छलफल गरेका थिए ।

    ट्रम्पले यो वार्तामा रुसले युक्रेनमा कब्जा गरेका भूभागको विषय पनि उठाएको  जनाइएको छ । 

    तर, यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । ट्रम्पले आफ्नो कार्यकालमा युद्धलाई थप बिग्रन नदिने इच्छा व्यक्त गरेका छन् । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार युक्रेन सरकारलाई पनि ट्रम्प–पुटिनको यस वार्ताको जानकारी दिइएको छ ।

    ट्रम्पले आफूले युक्रेन युद्धलाई छिट्टै समाधान गर्ने बताउँदै आए पनि कसरी शान्ति स्थापना गर्ने भन्ने ठोस योजना भने सार्वजनिक गरेका छैनन् । 

    ट्रम्पले युक्रेनलाई सैन्य सहायता भने रोक्ने संकेत गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई अरबौं डलरको सैन्य सहायता दिएको छ । ट्रम्पका अभियान अधिकारी ब्रायन लान्जाले भने ‘शान्ति प्राप्त गर्न युक्रेनले केही भूभाग छोड्नुपर्ने हुन सक्छ ।’ तर, ट्रम्पका प्रवक्ताले भने यो कुरा ब्रायन लान्जाको व्यक्तिगत धारणा रहेको र ट्रम्पको आधिकारिक धारणा नभएको प्रस्ट पारेका छन् ।

    रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको शान्तिको प्रस्तावलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन् । उनका अनुसार, ट्रम्पले सम्झौतामा विश्वास गर्ने र शान्तिको लागि पहल गर्न चाहने कुरा गरेका छन् । यस्तै, ट्रम्पले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग पनि फोनमा वार्ता गरेका छन् । उक्त वार्तामा दुबै नेताहरूले युरोपमा शान्ति फर्काउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

  • प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य

    प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य

    काठमाडौँ, २५ कात्तिकः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ ।

    यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ ।

    शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।

  • घट्दै डेङ्गु सङ्क्रमण

    घट्दै डेङ्गु सङ्क्रमण


    काठमाडौँ, २४ कात्तिकः घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।”

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।

    दाहालले विगतका वर्षको भन्दा अहिले सङ्क्रमण दर घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता खालका अभियानले पनि घट्न मद्दत गरेको छ । डेङ्गु विश्वव्यापी खतराको रुपमा देखिएको छ । अरु देशको अनुभव हेर्नु भयो भने सङ्क्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ । हामीले अझै धेरै गर्नुपर्नेछ तर पनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमणलाई घटाएका छौँ ।”

    ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा सात हजार दुई सय ८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँमा चार हजार आठ सय तीन, तनहुँमा दुई हजार तीन सय ७३ , पर्वतमा एक हजार सात सय ४९, ललितपुरमा एक हजार दुई सय ४१, बाग्लुङमा एक हजार दुई सय, चितवनमा एक हजार एक सय ७५, भक्तपुरमा एक हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
    डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेङ्गुले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।

    नोभेम्बर ५ को तथ्याङ्क तुलना गर्ने हो भने समष्टिगत रुपमा चार दिनमा देशभर एक हजार दुई सय ४९ मा डेङ्गु सङ्क्रमण देखिन्छ । जुन अघिल्लो हप्ताको तथ्याङ्क हेर्दा कम हो ।
    प्रमुख डा दाहालले भननुभयो भन्नुभयो, “चार हप्तामा डेङ्गु सङ्क्रमण दुर्य हजार पाँच सयबाट तल आएको छ । यसको ट्रेन्ड एक महिनायता बिस्तारै घट्दो क्रममा छ ।” विसं २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो ।
    डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ ।

  • कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी पक्राउ

    कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी पक्राउ

    कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् ।

    उनलाई मानव तस्करीको आरोप लागेको छ । अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।

    उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले पनि शनिबार पार्टीबाट निलम्बन गरेको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तोकेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो

    विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो


    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

    युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७९ पैसा, बहराइन दिना र एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • तिहारको तेस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

    आज तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजाको पर्व मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

    समितिका सदस्य र वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. देवमणि भट्टराईका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशीको दिन मनाउनुपर्ने हुन्छ। कात्तिक कृष्ण चतुर्दशीको दिन कुकुरलाई मीठा परिकार खान दिइने विश्वास छ, जसअनुसार यमराजको ढोकामा द्वारपालका रूपमा श्याम र सबल नामका कुकुरले यमलोक जान्दा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाइन्छ। धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले यसबारे जानकारी दिनुभयो।

    आज बिहान अरुणोदयको समयमा विभिन्न तीर्थ, नदी, वा तलाउमा स्नान गरी यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपछि नरकको दर्शन नगर्नुपर्ने विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि पनि रहेको प्राध्यापक भट्टराईले बताउनुभयो। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

    आज साँझ ऐश्वर्य, धनधान्य, र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गर्दै श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार, आज बिहानै घर सफा र गोबर तथा रातो माटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रित गरिन्छ।

    विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, र भर्‍याङमा सरसफाइ गरी दीपावली गरिन्छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गर्नको लागि पूजा गर्ने कोठासम्म गोबर र रातो माटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

    पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हालका दिनमा पालामा दीयोको ठाउँमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ। प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा हो। दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश, गणेशसहित लक्ष्मी र कुबेरको स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी, र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।

    लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास छ।

    आज साँझ युवतीहरूले समूह बनाएर घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ। वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन गएको प्राध्यापक गौतमले बताउनुभयो।

    आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा, र सेलरोटी दिइन्छ। यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

    लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरेर झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ। शास्त्रीय रूपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने कुरा प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी गराउनु भएको छ।

  • नेपाल फेरि उप विजेतामा सिमित

    नेपाल फेरि उप विजेतामा सिमित

     घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्ने सपना बोकेर मैदानमा उत्रिएको नेपाललाई बंगलादेशले २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न यस रोमाञ्चक फाइनल खेलमा बंगलादेशले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हरायो। यो जितसँगै बंगलादेशले २०२२ को साफ फाइनलमा नेपाललाई पराजित गर्दै जितेको पहिलो उपाधिलाई पुनः रक्षा गर्न सफल भएको छ। नेपालले भने छैटौं पटक साफको फाइनलमा पराजय भोग्नुपरेको छ।

    पहिलो हाफमा दुवै टोलीले उत्कृष्ट रक्षात्मक खेल खेले, जसमा कुनै पनि गोल हुन सकेन। खेलको सुरुवातदेखि नै दुवै टोलीले बलियो आक्रमण गर्दै विपक्षी डिफेन्सलाई दबाबमा राखेका थिए। खेलको प्रारम्भिक १० मिनेटमा नै नेपाल र बंगलादेश दुवैको प्रहार क्रसबारमा लागेको थियो। खेलाडीहरूले उत्कृष्ट रणनीतिका साथ आक्रमण र रक्षामा योगदान दिए पनि गोलरक्षकहरूले लगातार उत्कृष्ट बचाउ गर्दै पहिलो हाफलाई गोलरहित बनाए।

    दोस्रो हाफमा खेलमा रोमाञ्चक मोड आयो। खेलको ५२औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्दै नेपालविरुद्ध १-० को अग्रता लियो। बंगलादेशकी खेलाडी मोनिका चक्माले नेपालको रक्षालाई छल्दै पेनाल्टी क्षेत्रबाट सानदार प्रहार गरिन्, जसमा गोलरक्षक एन्जिलाले रोक्न नसकेपछि गोल भएको थियो। यो गोलसँगै बंगलादेशले खेलमा अग्रता लिएको थियो र दर्शकहरूले पनि चर्को समर्थन दिए।

    बंगलादेशको गोलपछि मात्र तीन मिनेटमै नेपालले बराबरी गोल गर्न सफल भयो। खेलको ५५औं मिनेटमा नेपालकी युवा स्ट्राइकर अमिशा कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई पुनः खेलमा फर्काइन्। प्रिती राईको मिडफिल्डबाट आएको सटीक पासमा अमिशाले विपक्षीको रक्षालाई छल्दै पेनाल्टी क्षेत्रमा प्रवेश गरिन् र सानदार प्रहार गरी गोल गरिन्। यो गोलले नेपाली समर्थकहरूलाई नयाँ जोश थप्यो र खेल थप रोमाञ्चक बन्यो।

    खेलको अन्तिमतिर नेपाल र बंगलादेश दुवैले आक्रमणको गति बढाए। खेलको ८०औं मिनेटमा बंगलादेशले पुनः अग्रता लियो, जुन निर्णायक साबित भयो। बंगलादेशकी ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक एन्जिलाले बचाउन नसक्दा बल सिधै गोलमा परिणत भयो। एन्जिलाले एक हातले बललाई रोक्न प्रयास गरे तापनि गोल हुनबाट बचाउन असमर्थ भइन्।

    यो गोलले बंगलादेशलाई २-१ को अग्रता दिलायो, जसलाई अन्तिम समयसम्म कायम राख्न बंगलादेश सफल रह्यो। खेलको बाँकी समयमा नेपालले बराबरीको गोल गर्ने प्रयास जारी राख्यो, तर बंगलादेशको रक्षा पंक्तिले नेपाली आक्रमणलाई सफल हुन दिएन।

    यस जितसँगै बंगलादेशले साफ महिला च्याम्पियनसिपको लगातार दोस्रो उपाधि जित्न सफल भएको छ। २०२२ मा पनि बंगलादेशले नेपाललाई नै पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। बंगलादेशको यो निरन्तर सफलता र उत्कृष्ट प्रदर्शनले उनीहरूको महिला फुटबलको विकासमा ठूलो योगदान पुर्याएको छ।

    नेपालका लागि भने यो हारले केही निराशा जन्मायो। सात पटक फाइनल पुगेको नेपालले छैटौं पटक उपविजेतामै सिमित रहनुपर्‍यो। नेपाली टोलीको प्रदर्शनलाई सम्पूर्ण नेपाली दर्शकहरूले समर्थन गरे तापनि उपाधि जित्न नसकेकोमा उनीहरूलाई केही निराशा भयो।

  • यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, १४ कात्तिक: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।