Blog

  • जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो

    जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो

    जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ । कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौँ महानगरपालिका–१२ स्थित पचली पीठबाट भैरवको जात्रा गरी मङ्गलबार बेलुका हनुमान ढोका पुर्‍याइएको हो । यसरी कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

    विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।

    विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ । कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा भैरव जात्रालाई लिइन्छ ।

    भैरवलाई पुनः टेकुमा लगिएपछि जात्रा सम्पन्न गरिने काठमाडौँ महानगरपालिका –१२ वडा सदस्य श्यामकृष्ण खड्गीले जानकारी दिनुभयो ।

  •  कृत्रिम बौद्धिकताको विकासमा महत्वपूर्ण योगदान: २०२४ नोबेल पुरस्कार विजेता घोषित

     कृत्रिम बौद्धिकताको विकासमा महत्वपूर्ण योगदान: २०२४ नोबेल पुरस्कार विजेता घोषित

    स्टकहोम, १० अक्टोबर – आधुनिक कृत्रिम बौद्धिकता (एआई) को आधार बनाउन सहयोग गर्ने दुई शोधकर्तालाई २०२४ को भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको छ। जोन होपफिल्ड, प्रिन्सटन विश्वविद्यालयका अमेरिकी प्राध्यापक, र जेफ्री हिन्टन, टोरन्टो विश्वविद्यालयका बेलायती-क्यानाडाली प्राध्यापक, यस पुरस्कारका लागि चयन गरिएको हो।

    दुवैले मस्तिष्कको कार्यप्रणालीबाट प्रेरित भई कृत्रिम न्युरल नेटवर्क निर्माण गरेका छन्, जसले मानव मस्तिष्कजस्तै यादहरू भण्डारण र पुनःप्राप्त गर्न सक्छन्, र तिनीहरूमा जानकारी सिक्न सक्षम छन्। हिन्टन, जसलाई “एआईका भगवानfather” भनेर चिनिन्छ, गत वर्ष गुगलबाट राजीनामा दिएर एआईका सम्भावित खतराहरूको बारेमा चेतावनी दिएका थिए।

    हिन्टन र होपफिल्डको pionार्विक कामले १९८०को दशकमा सुरु भएको थियो, जसले देखाएको छ कि न्युरल नेटवर्क र सांख्यिकीमा आधारित कम्प्युटर प्रोग्रामहरूले कसरी एक सम्पूर्ण क्षेत्रको आधारमा काम गर्न सक्छन्। यसले छिटो र सटीक भाषा अनुवाद, अनुहार पहिचान प्रणालीहरू, र च्याटबोट जस्तै जेनरेटिभ एआईको विकासमा योगदान पुर्याएको छ।

    होपफिल्ड, ९१ वर्षीय, “एक एसोसिएटिभ मेमोरी निर्माण गर्नको लागि” सम्मानित गरिएका छन् जसले छविहरू र अन्य डेटा ढाँचाहरूलाई भण्डारण र पुनःनिर्माण गर्न सक्षम बनाउँछ। जबकि हिन्टनले “डेटामा स्वतन्त्र रूपमा गुणहरू पत्ता लगाउने विधि” आविष्कार गरेका छन्, जुन आजको ठूलो कृत्रिम न्युरल नेटवर्कको महत्त्वपूर्ण विशेषता हो।

    हिन्टनले भने, “म अचम्मित छु। म यस्तो हुन सक्ने थाहा थिएन,” पुरस्कार घोषणा गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै। उनले एआईका सम्भावित खतराबारे गम्भीर चिन्ता व्यक्त गरे, जसमा भ्रामक जानकारी फैलाउने, रोजगारीको बजारमा परिवर्तन ल्याउने, र मानव अस्तित्वलाई धम्की दिने कुराहरू समावेश छन्।

    उपस्थित प्रबन्धक माइकल वूलड्रिजले भने, “यो पुरस्कार एआईले विज्ञानमा गरिरहेको गहिरो प्रभावको संकेत हो।” तर, वेनडी हल, साउथम्प्टन विश्वविद्यालयका प्राध्यापकले यो पुरस्कारको घोषणामा चकित हुने कुरा व्यक्त गरिन्। 

    यो पुरस्कार रोयल स्विडिश एकेडेमी अफ साइन्सेसद्वारा ११ लाख स्विडिश क्रोनर (लगभग £८१०,०००) को पुरस्कारमा बाँडिनेछ। 

  • श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

    श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

    काठमाडौँ – बेलायतमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनले लियो क्लब अफ काठमाडौँ बिशाल बजारसंग सहकार्य गरी नुवाकोटस्थित श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ।

    जेनेस सलुशनको काठमाडौँ कार्यालयमा कार्यरत कर्मचारीहरुले उठाएको रकमबाट कापी, कलम, पेंसिल, इरेजर लगायतका शैक्षिक सामग्री किनेर कालिका आधारभूत विद्यालयमा कक्षा १ देखि ६ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एलका उपाध्यक्ष सुलभ थकालीले विद्यालयसम्म शैक्षिक सामग्री पुराउन सहयोग गरेका थिए।

    उक्त विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले शैक्षिक सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे। उनले विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा आवश्यक रहेकाले अन्य दाताहरुलाई सहयोगका लागि आग्रह पनि गरे।

    जेनेस सलुशनले सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नयनमा सघाउने आफ्ना कर्मचारीहरु तथा लियो क्लब अफ काठमाडौँ बिशालबजारलाई हार्दिक धन्यवाद दिएको छ।

  • प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण

    प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्राध्यापक डा. तत्व तिम्सिनाद्वारा लिखित पुस्तक ‘समृद्धिको अन्तर्वस्तु’ सार्वजनिक गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित एक विशेष कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको महत्त्व र यसको अवधारणामा गहिरो विचार प्रस्तुत गरे।

    प्रधानमन्त्री ओलीले आफ्ना विचार राख्दै भने कि सुख प्राप्ति हरेक प्राणीको आधारभूत इच्छा हो, तर मानव जातिले केवल सुख मात्र होइन, सम्मानित, सुरक्षित र सभ्य जीवनको खोजी गर्छ। गरिबीको अन्त्य गर्दै ‘समृद्ध विश्व, सुखी मानव जाति’को मार्गमा अघि बढ्न जोड दिँदै प्रधानमन्त्री ओलीले गरिबी उन्मूलन र समृद्धिको यात्रामा सबैलाई समेटेर लैजानु पर्ने बताए। उनले संयुक्त राष्ट्रसंघले अघि सारेको ‘कसैलाई पछि नछोड्ने’ संकल्पलाई स्मरण गर्दै हरेक मानिसलाई सम्मानित र शान्त जीवन बाँच्न पाउने अवसर प्रदान गरिनु पर्नेमा जोड दिए।

    समृद्धिको कुरा गर्दा वातावरण संरक्षणको महत्त्वमा विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको सुझाव थियो। उनले वातावरणीय सन्तुलन बिना दीर्घकालीन समृद्धि असम्भव रहेको बताए र समृद्धि हासिल गर्न आर्थिक विकास, सामाजिक न्याय, र वातावरणीय सन्तुलनको आवश्यकता औंल्याए।

    पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तिम्सिनाले ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकमा समृद्धि र सुखको वैज्ञानिक विश्लेषण प्रस्तुत गरिएको जानकारी दिए। उनले पुस्तकमा प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को दृष्टिकोणलाई केन्द्रमा राखेर सामाजिक, मानसिक, र आर्थिक पक्षहरूको गहन अध्ययन गरिएको उल्लेख गरे।

    पुस्तकमा समृद्धिलाई मनोविज्ञान, मस्तिष्क र समाजको सन्दर्भमा विश्लेषण गरिएको छ, जसले समृद्धिको सारलाई अझै गहिरो रूपमा बुझ्न मद्दत पुर्याउने लेखक तिम्सिनाले बताए।

    समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित यस पुस्तकमा विविध आर्थिक र सामाजिक पक्षहरूको लेखाजोखा गरिएको छ। यस अवसरमा विभिन्न संकायका युवा विद्यार्थीहरूले पनि समृद्धिका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए, जसले समृद्धिका विविध पक्षलाई उजागर गरेको थियो।

  • साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा

    साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा

    काठमाडौँ। नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

    आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेशको सहभागिता हुने बताइएको छ ।

    प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा २७ खेलाडी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । प्रतियोगिताको अनुमानित बजेट रु चार करोड ६० लाख आठ सय रहेको आयोजकको भनाइ छ ।

    आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेशको सहभागिता हुने बताइएको छ ।

    प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा २७ खेलाडी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । प्रतियोगिताको अनुमानित बजेट रु चार करोड ६० लाख आठ सय रहेको आयोजकको भनाइ छ ।

  • आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

    काठमाडौँ, २२ असोज : आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको पाँचौं दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 

    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

    नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन सोमबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यस वर्ष भने चौँथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकालमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यीनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ ।

  • छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

    छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

    मलेखु । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

    यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो ।

    खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर रु २० हजारसम्म जरिवाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढङ्गबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् ।

    केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

    सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जिपलाई रु २०÷२० हजार जरिवाना गरिएको छ । क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिनुभयो । चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

  • विदेशी मुद्राको भाउ कति?

    विदेशी मुद्राको भाउ कति?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राको विनिमय दरहरू यस्ता छन्:

    – युरोपियन युरो: खरिददर १ सय ४७ रुपैयाँ ११ पैसा, बिक्रीदर १ सय ४७ रुपैयाँ ७७ पैसा

    – युके पाउण्ड स्टर्लिङ: खरिददर १ सय ७५ रुपैयाँ ३३ पैसा, बिक्रीदर १ सय ७६ रुपैयाँ ११ पैसा

    – स्वीस फ्रयाङ्क: खरिददर १ सय ५६ रुपैयाँ ५२ पैसा, बिक्रीदर १ सय ५७ रुपैयाँ २२ पैसा

    – अष्ट्रेलियन डलर: खरिददर ९१ रुपैयाँ, बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा

    – क्यानेडियन डलर: खरिददर ९८ रुपैयाँ ६८ पैसा, बिक्रीदर ९९ रुपैयाँ १२ पैसा

    – सिङ्गापुर डलर: खरिददर १ सय २ रुपैयाँ ८५ पैसा, बिक्रीदर १ सय ३ रुपैयाँ ३१ पैसा

    अन्य मुद्राहरू:

    – जापानी येन (१०): खरिददर ९ रुपैयाँ ३ पैसा, बिक्रीदर ९ रुपैयाँ ७ पैसा

    – चिनियाँ युआन: खरिददर १९ रुपैयाँ १० पैसा, बिक्रीदर १९ रुपैयाँ १९ पैसा

    – साउदी रियाल: खरिददर ३५ रुपैयाँ ६९ पैसा, बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा

    – कतारी रियाल: खरिददर ३६ रुपैयाँ ७८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा

    यस विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

  • कांग्रेसको सय दिने अभियान स्थगित !

    कांग्रेसको सय दिने अभियान स्थगित !

    काठमाडौं । असोज १० गते साँझदेखि १२ गते अपराह्नसम्म ५४ वर्षयताकै रेकर्ड ब्रेक गरी परेको वर्षा र त्यसले ल्याएको बाढी अनि पहिरोका कारण उत्पन्न राष्ट्रिय विपत्तिले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संगठन सुदृढीकरणअन्तर्गत असोज ७ देखि पुस १६ गतेसम्मका लागि पूर्वनिर्धारित एक सय दिने कार्यक्रम स्थगित गरेको छ । राष्ट्रिय विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार र उद्धारमा लाग्नुपर्ने भएकाले कांग्रेसले आफ्नो अभियान स्थगित गरेको हो । 

    गत मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक सय दिने अभियान स्थगन गर्ने निर्णय गरेको हो । कांग्रेसले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ र प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरेको छ । त्यस्तै कांग्रेसका संघीय सांसदहरूले १५ दिनको तलबबराबरको रकम बाढीपीडितको सहयोगका लागि प्रदान गर्ने निर्णय पनि संसदीय दलको बैठकले गरेको छ । 

    कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमाका दिन चियापान पनि नगर्ने भएको छ । कार्यसम्पादन समितिको बैठकले नै चियापान कार्यक्रमसमेत नगर्ने निर्णय गरेको हो । यसअघि केन्द्रीय समितिको  बैठकले संगठन सुदृढीकरणका लागि असोज ७ गतेदेखि पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवससम्म १०० दिने अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । त्यसका लागि सबै ७७ वटै जिल्लामा प्रतिनिधि पनि कांग्रेसले खटाइसकेको थियो । अभियानअन्तर्गत खटिएका प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनुपर्ने, विभिन्न तहका कार्यसमितिलाई वार्षिक कार्यतालिका बनाउन लगाउने, सदस्यता विशेष अभियानका रूपमा ‘सदस्यता घर आँगन अभियान’ सञ्चालन गर्ने, क्रियाशील सदस्यता कार्ड पुगे÷नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नेलगायतका जिम्मेवारी तोकिएको थियो । 

    कांग्रेसले बाढी र पहिरो प्रभावितहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा ध्यान केन्द्रित गर्न, राज्यका सम्पूर्ण शक्ति त्यसैमा केन्द्रित गर्न र आवश्यक सहयोग गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । यसपालिको विपत्तिमा सरकारी संयन्त्र सेना, प्रहरी, निजामती कर्मचारी तथा सरकारमै रहेका अन्य दलका मन्त्रीले समेत उचित समन्वय, सहयोग नगरेको विषयमा पनि कांग्रेस बैठकमा छलफल भएको थियो ।

  • नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार


    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट–१८ की कृषक रेग्मी पुरस्कृत हुनुभएको हो ।

    रेग्मीलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले फलफूल बगैँचा (सुन्तला जात) व्यवसायतर्फ राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा रु १० हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ तारिखमा विश्व खाद्य दिवस मनाउने गरिएकामा त्यस दिन दसैँ परेका कारण सोमबार नै मनाइएको विभागका महानिर्देशक डा नरहरिप्रसाद घिमिरेले बताउनुभयो ।

    सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्रसङ्घको २०औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरुप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको हो ।

    उत्कृष्ट कृषकका रुपमा सम्मानित रेग्मीले गैँडाकोट–१८ को बसेनीमा लिफ्टिङ सिँचाइबाट फलफूल तथा तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले सात वर्ष अगाडिदेखि करिब रु दुई करोडभन्दा बढीको लगानीमा ‘टीकारत्न टुल्कीदेवी कृषि फर्म’ मार्फत सुन्तला जातको फलफूलखेती गर्दै आउनुभएको छ ।