Blog

  • विश्वकप फुटबल प्रसारण हिमालय टीभीबाट हुने

    विश्वकप फुटबल प्रसारण हिमालय टीभीबाट हुने

    काठमाडौं : विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् ।

    हिमालय टेलिभिजनको दुईवटा च्यानलबाट खेलहरु प्रसारण गर्ने गरी तयारी थालिएको छ ।

    फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् ।

    फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

    विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको हो ।

    नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरिसकेको छ । जसअनुसार अहिलेसम्म नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् ।

    विश्वकप हेर्न चाहने दर्शकले अहिलेदेखि नै आफ्ना केबल वितरक वा सेवा प्रदायकसँग कुरा गरेर ग्राहक बन्न सक्ने मिडिया हबले जनाएको छ ।

    सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ ।

  • कात्तिक ८ गते लाग्दैछ सूर्यग्रहण

    कात्तिक ८ गते लाग्दैछ सूर्यग्रहण

    काठमाडौं : कार्तिक कृष्ण औँसी मङ्गलबारका दिन लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्ग अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्री प्राप्तिको योग रहेको छ ।

    यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।

    कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।

    दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ : २४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ ।

    बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ ।

  • टेनिसमा चार स्वर्ण सहित आर्मी टिम च्याम्पियन

    टेनिसमा चार स्वर्ण सहित आर्मी टिम च्याम्पियन

    कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ ।

    यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्वितीय बन्न सफल भएको छ ।

    बागमती प्रदेशले एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जितेको हो । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले भने एक रजतमा जित्यो ।

    त्यस्तै आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते ।

    पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट् हाडालाई ७–६, ६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जितेका हुन् ।

    यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण पदक जिते ।

    पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य पदक जिते ।

    महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते ।

    पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ ।

    महिला युगल विधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले रजत पदक जितेको छ ।

    टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जित्यो ।

  • अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

    अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ५४ पैसा छ भने बिक्रीदर एक सय ३३ रुपियाँ १४ पैसा छ ।

    केन्द्रीय बैंकले अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपियाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपियाँ आठ पैसा तोकेको थियो ।

    त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपियाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपियाँ २४ पैसा छ ।

  • निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न

    निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आजसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

    छापिएका मध्ये प्रतिनिधिसभा तर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभातर्फको मतपत्र ५० लाख २४ हजार रहेको पनि आयोगले जनाएको छ ।

    आयोगका अनुसार प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।

    त्यस्तै प्रदेशसभाका लागि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

    आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ।

  • सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    प्रहरीले सात दिनको समय माग गरेपनि अदालतले चार दिन मात्र म्याद थप गरी कात्तिक ६ गते आइतबार प्रतिवेदन सहित पेस गर्न अनुमति दिएको हो ।

    पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

    प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं समक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।

    २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलो पटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।

  • शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, अन्तिम संस्कार भने नहुने

    काठमाडौं : नेपाली वाङ्मयका अविच्छिन्न साधक सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

    १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको हो।

    २४ दिन अघि अस्पतालमा भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

    शताब्दी पुरूष जोशीको शरीर भने नजलाउने निर्णय भएको छ।

    यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

    आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

    शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।

  • एउटै सिटमा कांग्रेसका दुई जनालाई टिकट

    एउटै सिटमा कांग्रेसका दुई जनालाई टिकट

    २४ असोज I

    नेपाली कांग्रेसले एउटै सिटमा दुई जनालाई टिकट थमाएको छ। बर्दिया जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को उम्मेदवारका लागि कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री संजयकुमार गौतम र बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकाससिंह राठौरलाई पार्टीले मनोनयन पत्र दिएको छ।


    एकै पार्टीबाट एउटै सिटका लागि दुवै जनाले केन्द्रमा मनोनयन पत्र दर्ता गराएपछि आइतबार बर्दियामा खैलाबैला नै मच्चियो। कार्यकर्ताहरुले सामाजिक सञ्जालमा कहिले गौतमको तस्बिर राखेर बधाई दिए त कहिले राठौरको। देशकै ठूलो दल नेपाली कांग्रेस पार्टीको हर्कतले कार्यकर्ता एवम् तमाम शुभचिन्तकहरुलाई द्विविधा पारिदियो। कतिपयले त सामाजिक सञ्जालमा दिएको बधाई फिर्ता पनि लिए।


    नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दलले मनोनयन गरेको औपचारिक पत्र दुवै जनाको सार्वजनिक पनि भएको छ।
    निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बर्दियाले अनुसूचि १५ प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा २९ सँग सम्बन्धित मनोनयन पत्र दर्ता भएको उम्मेदवारको नामावलीमा कांग्रेसबाट संजय गौतमको नामसहित १० जनाको नाम प्रकाशित गरेको छ। गौतम गठबन्धनतर्फका उम्मेदवार हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मनोनयन पत्र दर्ता भएकाहरुको लिष्टमा राठौरको नाम समावेश छैन। मनोनयन दर्ता रजिष्टरमा दुवैको नाम दर्ता भएपनि कम्प्युटरमा एउटै पदको लागि दुई जनाको नाम ईन्ट्रि नहुने बर्दियाका मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले बताए।


    कम्प्युटरमा पहिलो गौतमको नाम ईन्ट्रि भएकोले दोस्रो पटक राठौरको नाम कम्प्युटर सिस्टमले लिएन। उनले भने, ुअब आयोगले जे भन्छ त्यही हुन्छ। हामीले आयोगलाई पत्र लेखेर पठाई सकेका छौं।ु प्रतिनिधि सभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, नागरिक उन्मुक्ती पार्टीबाट ठाकुरसिंह थारु, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश भुसाल, देवीप्रसाद तिवारी स्वतन्त्र, राम रतन थारु नेश्नलिष्ट पिपल्स पार्टी, रेशम बहादुर खत्री जसपा, सूर्य बहादुर सिंह राप्रपा, सोहराव पठान जनमत पार्टी र हरिलाल न्यौपाने नेपाल मजदुर किसान पार्टीबाट मनोनयन पत्र दर्ता गराएका छन्।


    प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (१) मा नागरिक उन्मुक्ति पार्टीबाट खेम बहादुर थारु, कांग्रेस गठबन्धनबाट भुवनेश्वर चौधरी, नेकपा एस डिल बहादुर केसी, नेकपा एमालेबाट शालीकराम अधिकारी, तुल्सीप्रसाद आचार्य नेमकिपा, दिलिपकुमार कुर्मी जसपा, राजाराम थारु नेश्नलिष्ट पिपल्स पार्टी, रामलाल बुढाथोकी राप्रपाले मनोनयन पत्र दर्ता गराएका हुन्।


    प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अञ्जु दहित, नेकपा एमाले भक्तबहादुर विश्वकर्मा, शुभाष कुमार पोखरेल स्वतन्त्र, अंजिर बहादुर शाही नेमकिपा, कृष्णप्रसाद अहिर जसपा, दत्ते थारु राप्रपा, बखत बहादुर खड्का नेकपा एस, राजकुमार चौधरी नागरिक उन्मुक्ति पार्टी, विनोदकुमार केसी राप्रपा नेपाल, शुसन पाठक नेश्नलिष्ट पिपल्स पार्टी, सुरेशकुमार शुक्ला लोसपा र सुरेश यादवले जनमत पार्टीबाट मनोनयन पत्र दर्ता गराएका छन्।

  • राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

    राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ । असोज २२ गते शनिबार बिसञ्चो भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।


    त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

  • 125 dead after stampede at Indonesia football match

    125 dead after stampede at Indonesia football match

    At least 125 people have died after violence broke out following a football match in Indonesia.

    Many of the victims were crushed in a stampede after riot police fired tear gas to control crowds of fans who’d invaded the pitch.

    The disaster happened inside the Arema stadium in Malang, East Java.