Blog

  • कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ।

    कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ।

    काठमाडौँ ।

    निर्वाचन आयोगले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको खर्च सीमा पाँच वर्षअघिको भन्दा बढउाने प्रस्ताव गरेको छ। यो अवधिमा मुद्रास्फिति १८ प्रतिशतले बढेको मूल्यांकन गर्दै आयोगले त्यहीँ अनुपातमा खर्चका सीमा निर्धाण गर्न लागेको हो।

    खर्चको सीमाबारे आयोगले मंगलबार दलका प्रतिनिधिहरुसँग राय सुझाव लिएको छ। संभवत मंगलबारकै आयोगले बैठकले खर्चको सीमा सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्नेछ।

    आयोगले संघीय निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर त्यहीँअनुसार खर्च गर्न पाउने सीमा प्रस्ताव गरेको छ। जसमा न्युनतम २५ लाखदेखि बढीमा ३३ लाखसम्म तोक्ने प्रस्ताव गरिएको छ।

    आयोगले वितरण गरेको खर्च प्रस्ताव सम्बन्धी सूचीमा २५ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र पाँचवटा, २५ लाख खर्च गर्न पाउने क्षेत्र २३ वटा, २९ लाख खर्च गर्न पाउने क्षेत्र ६६ वटा निर्धारण भएका छन्।

    त्यस्तै ३१ लाख खर्च गर्न पाउने क्षेत्र ४४ र ३३ लाख खर्च गर्न पाउने क्षेत्र २७ वटा निर्धारण भएका छन्। २५ लाख खर्च गर्न पाउने पाँचवटा निर्वाचन क्षेत्र काठमाडौँका मात्रै छन्। जसमा काठमाडौँ १, ३, ६, ७ र ८ परेको छ।

    आयोगले प्रदेशसभा तर्फको प्रत्यक्षमा चुनाव लड्ने उम्मेदवारको खर्च पनि प्रस्ताव गरेको छ। जसलाई पनि आयोगले पाँच वर्गमा विभाजन गरेको छ। सबैभन्दा कम १५ लाख र सबैभन्दा बढी २३ खर्च गर्न पाउने गरी प्रदेशतर्फका निर्वाचन क्षेत्रलाई खर्चको सीमा तोकिएके छ।

    जसमा १५ लाख खर्च गर्न पाउने क्षेत्र ५५, १७ लाख खर्च गर्न पाउने क्षेत्र १५२, १९ लाख खर्च गर्न पाउने क्षेत्र ६४ वटा छन्। त्यस्तै २१ लाख खर्च गर्न पाउने क्षेत्र ३१ वटा र २३ लाख खर्च गर्न पाउने क्षेत्र २८ वटा भएको आयोगले जनाएको छ।

    २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो।

    आयोगले औपचारिक रुपमा खर्चको सीमा निर्धारण गरेअनुसार उम्मेदवारले त्यहीँअनुसार विवरण पेश गरे पनि वास्तविक खर्च भने त्यो धेरै बढी हुने गरेको छ। आयोगले निर्धारण गर्ने खर्च सीमा र उम्मेदवारले बुझाउने खर्चको विवरण औपचारिकताका लागि मात्रै हुने गरेको छ।

  • Russian troops detain director of Ukraine’s Zaporizhzhia nuclear power plant

    Russian troops detain director of Ukraine’s Zaporizhzhia nuclear power plant

    1st October 2022,

    Russian troops have detained Ihor Murashov, director of Ukraine’s Zaporizhzhia nuclear power plant, state nuclear regulator Enerhoatom said, as per a media report.

    It says Murashov was held as his car was on its way from the facility to the nearby town of Enerhodar on Friday.

    He was then blindfolded and taken to an unknown location, Enerhoatom says, BBC reported.

    Russia has not commented. Moscow seized Europe’s biggest nuclear plant in March, and kept on its Ukrainian staff.

    Both Ukraine and Russia accuse each other of repeatedly shelling the plant, amid global concerns that this could lead to a major radiation incident in Europe.

    Enerhoatom president Petro Kotin said that Murashov “bears main and exclusive responsibility for the nuclear and radiation safety” of the nuclear plant.

    He said Friday’s detention “jeopardises the safety of operation of Ukraine and Europe’s largest nuclear power plant”.

    Kotin appealed to the International Atomic Energy Agency to demand the immediate release of the plant’s chief, accusing Russia of “nuclear terrorism”.

    The six-reactor Zaporizhzhia nuclear plant is located near Enerhodar, in the occupied part of Ukraine’s southern Zaporizhzhia region.

    Ukraine says Russian troops are using the station as a military base and that employees are in effect held at gunpoint. Moscow denies the claim.

    On Friday, Russian President Vladimir Putin declared the annexation of the Zaporizhzhia, Kherson, Donetsk and Luhansk regions – a move widely condemned by Ukraine and the West.

    Moscow does not fully control any of the four regions in Ukraine’s east and south, BBC reported.

  • रवीन्द्र मिश्र बिना वैकल्पिक राजनीति सफल नहुने भन्दै ३१ जनाले छाडे विवेकशील साझा

    रवीन्द्र मिश्र बिना वैकल्पिक राजनीति सफल नहुने भन्दै ३१ जनाले छाडे विवेकशील साझा

    १५ असोज,काठमाडौं ।

    रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने भन्दै विवेकशील साझाका लुम्बिनी प्रदेश संयोजकसहित ३१ जनाले सामूहिक राजीनामा दिएका छन्।
    उनीहरुले पार्टीको साधारण सदस्य समेत नरहने भन्दै पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पेस गरेका हुन्। राजीनामा बुझाउनेमा पार्टीका लुम्बिनी प्रदेश संयोजक अनुपमान सैजुसहित नेता, कार्यकर्ता छन्।

    सामूहिक राजनीनामा पत्रमा पार्टीका पूर्व अध्यक्ष मिश्रको ‘विचारभन्दा माथि देश’ भन्ने ‘मार्गदर्शन’लाई काठमाडौंमा रहेका केही सीमित व्यक्तिहरुले एकलौटी रुपमा खारेज गरेको भनेर असन्तुष्टि पोखिएको छ।
    ‘रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिङ्गो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर रहेको हुँदा आजका मितिदेखी लागू हुने गरि विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश समिती भंग गर्दै लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्ला समिति समेत आजका मितिदेखि भंग गर्दै प्रदेश समिति, जिल्ला समिति, नगर तथा गाउँपालिका समितिमा रहनुभएका तपसिलका सम्पुर्ण जिम्मेवार सदस्यहरुले विवेकशील साझा पार्टीको साधारण सदस्य नरहने गरी आजका मितिदेखि लागू हुनेगरी राजीनामा गरेका छौं,’ सामूहिक राजीनामा पत्रमा भनिएको छ।

    विवेकशील साझाले स्थानीय तहको निर्वाचनमा नराम्रो हार बेहोरेपछि ‘नैतिकताका आधार’मा अध्यक्ष पदबाट राजीनामा दिएका मिश्र केही दिन अगाडि साधारण सदस्यबाट समेत राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका थिए।

    मिश्रको राप्रपा प्रवेशपछि विभिन्न केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरुले विवेकशील साझा छाड्न लागेका छन्।

  • बडादशैँको तेस्रो दिन

    बडादशैँको तेस्रो दिन

    काठमाडौँ : बिजया दशमी एवं नवरात्रको आज तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

    चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत–सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।

    आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने गर्दछ ।

    नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ ।

  • रुसको विद्यालयमा चलेको गोलीले १३ जनाको मृत्यु

    रुसको विद्यालयमा चलेको गोलीले १३ जनाको मृत्यु

    रुस : रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    रुसी अनुसन्धान निकायलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले बताए अनुसार मध्यपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै अवस्थित विद्यालयमा भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ ।

    घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।

    आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ ।

    घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

  • दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने अनुमान

    दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने अनुमान

    काठमाण्डौ : बिजया दशमीको अवसरमा काठमाडौं उपत्यकाबाट घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ ।

    हाल दैनिक रुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या ५० हजार भन्दामाथि रहेको छ ।

    यस पटक दसैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको छ ।

    दसैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

  • सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    काठमाडौँ : सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएकोले किस्ट अस्पतालमा भर्ना भएका छन्।

    पिसाबमा संक्रमण र डेंगु देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ।

    कमजोर महसुस र खानामा अरुचि भएपछि जोशीको स्वास्थ्य परीक्षण गर्दा डेंगु पुष्टि भएको बताइएको छ।

    १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ।

  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    भरतपुर : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

    गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    हाल दुवैतर्फ सडक अवरुद्ध भएकोले जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

  • पाकिस्तानमा डेङ्गु ज्वरो लगातार बढ्दै

    पाकिस्तानमा डेङ्गु ज्वरो लगातार बढ्दै

    पाकिस्तान : पाकिस्तानमा डेङ्गु ज्वरोको लगातार फैलिरहेको पाइएको छ । देशको दक्षिणी प्रान्त सिन्धमा मात्रै हालसम्म डेङ्गु ज्वरोका कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

    मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीका रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ डेङ्गुका बिरामी फेला पारिएको विभागले जानकारी दिएको छ ।

    सेप्टेम्बर महिनामा बिरामी भएकाहरुको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ ।

    उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

    यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ जना यस रोगबाट बिरामी भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमा कुल बिरामीको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ ।

    यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

    पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना बिरामी भएका छन् । रावलपिण्डी सहरमा ५४ जनामा यस रोग देखिएको छ । यस बर्ष रावलपिण्डीमा कुल बिरामीको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ ।

  • काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

    काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

    काठमाडौं : राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

    महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड। डिजिटल बोर्ड । अन्य माध्यम समेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ।यस्ता विज्ञापन आजदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ।

    उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ।

    सूचना उल्लंघन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। रासस