Blog

  • जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच  झडप हुँदा  केही कार्यकर्ता घाइते

    जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा केही कार्यकर्ता घाइते

    जनकपुरमा जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपश्चात प्रहरी र जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ । झडप हुँदा केही कार्यकर्ता घाइते समेत भएका छन् ।

    जनमत पार्टीका कार्यकर्ताले भाटा सहित राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा बिरोध प्रदर्शन गरेको र प्रहरीले भिड नियन्त्रण गर्न खोज्दा दुवै पक्ष बिच झडप भएको हो ।

    जनमत पार्टीले किसानलाई पहिले मल दिएर मात्र भोट गर्ने भन्दै टायर बालेर बिहानै देखी विरोध प्रदर्शन गरेका थिए ।

  • अन्तर्राष्ट्रिय भन्सार दिवस

    अन्तर्राष्ट्रिय भन्सार दिवस

    बिश्व भन्सार संगठनले जनावरी २६ तारिकलाइ अन्तर्राष्ट्रिय भन्सार दिवस भनी घोषणा गरे पश्चात हरेक बर्ष जनावरी २६ तारिकको दिन बिश्व भन्सार दिवस मनाउँदै आएको हो । आज नेपाल लगाएत बिश्वभर भन्सार सम्बन्धि जानकारीमूलक कार्यक्रम तथा गोष्टि गरी भन्सार दिबस सफल पारिन्छ ।

    कुनै एक देशको सामान अन्य देशमा लैजानका लागि भन्सारको आवश्यकता पर्दछ । भन्सार छलेर सामान आयात निर्यात गर्नु अपराधजन्य कार्य हो । हरेक भन्सार कार्यालयहरुले आयात निर्यात गरिएको सामानहरुको लेखाजोखा राख्ने गर्दछन् ।

    सरकारद्धारा आयात निर्यातमा लगाएको भन्सारको दुरुपयोग नहोस् भनि बिश्व भन्सार संगठनले अन्तर्राष्ट्रिय भन्सार दिवस तय गरिएको हो । हरेक बर्ष भन्सार दिवसको दिन सरकार एबम् अर्थमन्त्रालयले भन्सार सम्बन्धि विषयहरुमा छलफल गर्दछन् ।

  • नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा

    नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा

    बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ । भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ आक प्राप्त गरी एक सय १७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो ।

    सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको औसत स्कोर ४३ रहेको छ । नेपाल औसतभन्दा तल रहेको छ । सन् २०२० र २०२१ मा नेपालको अङ्क स्थिर रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हुन नसकेको हो ।

    सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी वा ढिला हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता कारण भ्रष्टाचार कायम रहेको जनाएको छ ।

    ट्रान्सपरेन्सीले ४० अङ्कभन्दा तल प्राप्त गर्ने देशलाई भ्रष्टाचार व्याप्त भएको देशको सूचीमा राख्छ । विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकाङ्क मापन हुने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

    यस वर्षको सूचकाङ्कमा समावेश भएका एक सय ८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले एक सय पूर्णाङ्कमा समान ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेका छन् । यस्तै दक्षिणी सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।

    दक्षिण एसियाली देशहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औँ स्थान तथा माल्दिभ्स र भारत ४०र४० अङ्क प्राप्त गरी ८५औँ स्थानमा छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार मापक सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

  • टेकु अस्पतालमा स्थगित खोप अभियान आजबाट पूःन सुरु हुँदै

    टेकु अस्पतालमा स्थगित खोप अभियान आजबाट पूःन सुरु हुँदै

    शुक्रराज ट्रफिकल तथा सरुवा रोग टेकु अस्पतालमा एक हप्ताको लागि स्थगित भएको कोरोना भाइरस बिरुद्धको खोप अभियान पूःन आजबाट सुरु हुँदैछ ।

    अस्पतालमा कार्यरत ५० भन्दा बढी चिकित्सक एबम् स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको पुष्टि भएपछि खोप अभियान स्थगित भएको थियो ।

    यस अघि टेकु अस्पतालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराएको थियो ।
    आज बिहान १० बजेबाट खोप अभियान सुरु हुँदैछ ।

  • नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण

    नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण

    नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २१ हजार २०१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ८०५४ र एन्टिजेनबाट २२६५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप २५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ।

  • टेकु अस्पतालमा खोप अभियान भोलिदेखि पुनस् सञ्चालनमा आउने

    टेकु अस्पतालमा खोप अभियान भोलिदेखि पुनस् सञ्चालनमा आउने

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबार ९भोलि०देखि पुनस् सञ्चालनमा आउने भएको छ ।
    सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
    अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।

  • श्री स्वस्थानी व्रतकथा अध्याय एक

    श्री स्वस्थानी व्रतकथा अध्याय एक

    श्री स्वस्थानी व्रतकथा प्रारम्भको दिन, पौष शुक्ल पुर्णिमा । यस व्रत कथामा स्व र स्थान का विषयमा चर्चा गरेको पाइन्छ ।


    स्व: आफु, समाज, देश, पृथ्वी = बसुधैव कुटुम्वकम्
    स्थान: याने कि Solar system, Constellation, Milkyway Gallaxy, Universe and Multiverse


    आज भन्दा करिब ३३०० वर्ष अगाडि राजा नवराजको लावण्य देशको वायब्यकोणमा बनेकोSmart city हालको संखरापुर नगरपालिका अन्तरगतको साँखु शहर निर्माण भन्दा करिब दुई शताब्दि भन्दा अगाडि देखि पुरातन कालसम्मका दृष्टान्तहरु कोरिएर लेखिएको पुस्तक आज पनि नेपाली बजारमा श्री स्वस्थानि ब्रत कथा पुस्तकका रुपमा पाइन्छ ।


    यसको प्रथम अध्यायमा Physics = पदार्थको अब्यक्त अवस्था देखि Big bang हुदै आदि अनादि कालको व्याख्या गरेको पाइन्छ ।
    यसरी ब्रहमाण्डको उत्पति, विकासक्रमसगै विभिन्न तारा, तारा मण्डल र ग्रहहरुमा भौतिक र अभौतिक विकासका शिलशिलाहरुको व्याख्या गरिएको छ ।


    यो ब्रम्हाण्डको सुरुवाति क्रममा प्रथम शाख्य पद छ र यहाँबाट Energy Emergence हुने र शिबबाट माया र मायाबाट प्रकृति उत्पन्न हुने कुरा लेखिएको छ । यो भगवन प्रेरित श्रृष्टिमा ५ वटा पद छ भनिएको छ । Space मा क्रमश ः प्रथम शाख्य पद त्यस पछि शान्ति पद , विद्या पद, प्रतिष्ठा पद, शाक्यान्ति पद अनि निव्रिति पदको व्याख्या छ ।


    जसरी Energy Emergence र श्रृष्टि प्रकृया बताईएको छ त्यसरी नै त्यो प्रकृया Reverse हुने बताइएको छ ।


    यसै क्रममा विभिन्न तारामण्डलमा अण्डाकार अस्तित्व बनाई गोलाधार भित्र आफ्ना आफ्ना लम्बाईका समयचक्र अनुसार दिन रात, महिना, बर्ष, गुरुत्वाकर्षण, विकास क्रम, समेतको विविधता रहेको जीवन क्रम र सोहि अनुसार जीवको श्रृष्टि, प्रकृति, उमेर हुने बताईएको छ ।


    जीवको गुण र अस्तित्व, जीबन यापन र समय अन्यथा अबस्था बाहेक सोहि Galaxy का आफ्ना आफ्ना Constellation (नक्षत्र), र आफ्नो ग्रहको सुर्य वा सुर्यहरुबाट समेत सु–स्पष्ट प्रभावित हुने कुराको व्याख्या गरिएको छ । जस्तै कि यो पृथ्विमा हामी एक सुर्यको युगमा रहेको र २७ नक्षत्र हुदै} Milky way Galaxy   भित्र रहेको र हाम्रो जीवनशैली यसै System ले निर्देशित गर्दछ भनिएको छ । यदि यो ब्रम्हाण्ड र अनन्तः ब्रम्हाण्डको आत्मसाथ गर्ने क्षमता हामीले विकास गर्यौ भने त्यस अगाडिका पथ प्रदर्शन कसरी हुन सक्छ भन्ने थप भावहरु पनि यस पवित्र ग्रन्थमा ब्याख्या गरिएका छन् । यधपी हाम्रा क्षमतामा काल खण्ड अनुसार भई रहेका परिवर्तनले निरन्तर क्षयिकरण भई रहेकाले कति अध्ययन र आत्मसाथ गर्न सक्छौ भन्ने प्रश्न कोरिएको छ ।


    यो सबै बुझेर पनि श्रृष्ठि चलायन छ, इच्छा घटदैन । त्यसैले यो श्रृष्ठि ५ कलाले व्याप्त छ = महापाप , महापद लगायत विषेश पद । अगाडि यो लोकमा रहेका वुद्धिमान व्यक्तिहरुका कालखण्ड अनुसार हुने गुणका व्याख्या पनि गरिएको छ ।
    त्यसै कारण यस पवित्र पुस्तकको पहिलो अध्यायमा अगाडि भनिएको छ कि प्रकृति अचेतन छ, परमाणु अचेतन छ, जीवात्मा अज्ञानि हुनाले विना कारण स्वयंको क्षमता आकालनमा अबुझ भएर ती परका लोकमा विराजमान सर्वशक्तिमानका विषयमा अज्ञानता रहदै अल्पज्ञानिबाट विनास तर्फ उन्मुख हुने भविस्यवाणी पनि कोरिएको छ ।
    यस अध्यायमा पदार्थलाई व्रहाको आयु सग यसैकारण प्रष्टाउन खोजिएको पनि छ ।
    तम गुण र सत गुण दुई गुणकाबारे व्याख्या गरिएको छ । तामस गुणबाट पन्च भूत, राजसबाट पाच ज्ञानेन्द्रिय र पाच कर्मेन्द्रिय र सात्विकबाट मन र इन्द्रियका शक्ति कायम हुन्छ भनिएको छ ।
    तामसबाट नै आकास, पस, वायु, रुप, तेज, रस, जल, गन्ध र पृथ्वी (पन्च महाभूत) बनेको व्याख्या गरिएको छ ।


    राजसबाट पाचँ ज्ञानेन्द्रिय nose , ear , eyes , skin , tongue र पाचँ कमेन्द्रिय speech, hand, feet, excretion, reproduction हुने भनिएको छ ।


    यसरि अनवरत रुपमा चलिरहने जीवन पद्धतिमा ब्रम्हाण्डको खुम्चिने र फैलने रित चलिरहेको छ भनेर Energy emergence, Super nova र Black hole लाई पनि इन्कित गरेको छ ।

    बाकि अध्याय दुइमा ।

    ईन्जिनीयर कुमार भट्टराई

  • श्री स्वस्थानी व्रत  प्रारम्भ

    श्री स्वस्थानी व्रत प्रारम्भ

    धार्मिक दिृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमा देखी सुरु गरी माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ । हिन्दु धर्मवलम्बीहरुले आजको दिनबाट श्री स्वस्थानी व्रत बस्ने र कथा बाचन गर्ने गर्दछन् साथै स्वस्थानी माताले कल्याण गरुन् भनि स्वस्थानी माताको पूजा आरधना गर्दछन् । व्रतालुहरुले शुद्ध भइ कथाको आरम्भ “यं व्रह्रा बरुणेरुद्रमरुत” मन्त्र वाचन गरी गर्दछन् ।

    कथा प्रवचन एक महिनाभरी चलिरहन्छ । महिला पुरुष दुबैले स्वस्थानी कथा बाचन गर्दछन् । व्रतालुहरुले एक महिना सम्म नरिसाउने, दया उपकार गर्ने, आफू खुसि हुने र अरुलाइ खाना खुवाएर मात्र पूजा गर्ने गर्नुपर्छ, दान गर्ने तथा शुद्धता र पबित्रतामा ख्याल राख्ने गनुपर्दछ । स्वस्थानी माता माथि आस्था राख्नेहरुले एक छाक चोखो खानेकुरा खाने र अर्को छाक फलफूल खाने गर्दछन् ।

    माछा मासु घर भित्र प्रवेश गराउदैनन् । स्वस्थानीको व्रत बसेमा र कथा बाचन गरेमा वा सुनेमा मनोकांक्षा पुरा हुने र माघ महिनामा शालीनदीमा स्नान गरेमा पापबाट मुक्त भइ पुण्य प्राप्त हुने धार्मिक आस्था छ । कथा बाचन सकिए पश्चात “ उपनयतु मंगलम्”मन्त्र जपेर कथा समापन गरिन्छ ।

  • विराटनगरको भूमि सुधार तथा मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण

    विराटनगरको भूमि सुधार तथा मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण

    विराटनगरको भूमि सुधार तथा मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि आइतबारदेखि कार्यालय बन्द भएको छ ।

    कार्यालयमा रहेका ४१ जना कर्मचारी मध्ये ६ जनाको रिर्पोट पोजिटिभ आएको छ भने ४ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

    अन्य कर्मचारीमा पनि लक्षण देखिएकाले अर्को सूचना नआउन्जेलसम्म कार्यालय बन्द हुने भएको छ ।

  • राष्ट्रिय भुकम्प सुरक्षा दिबस

    राष्ट्रिय भुकम्प सुरक्षा दिबस

    बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक घटनाहरु समय समयमा घटिरहेका हुन्छन् । ती घटनाहरु कहिले र कसरी हुन्छन् भन्ने जानकारी कसैलाइ पनि हुँदैन । हाम्रो देशमा प्राकृतिक घटनाले निकै क्षति पुग्यो । बि.सं १९९० माघ २ गते दिउँसोको समयमा नेपालमा विनाशकारी भूकम्प गएको थियो । यसले देशभर ठूलो क्षति निम्त्याएको थियो । एक्कासी भीर अनि काल्लाहरु भत्किए । ठूला ठूला ढुङ्गा खस्न थाल्यो । धेरै व्यक्तिहरुले ज्यान गुमाए । धनजन र मानविय क्षति मात्र नभएर त्यस समयमा पानिका मूलहरु सुक्ने जस्ता असरहरु भए । १९९० सालको भूकम्प गएको ६० या ७० वर्षको अन्तर्रालमा नेपालमा पू .न २०७२ सालमा विनाशकारी भूकम्प गयो ।

    यसरी बिभिन्न कालखण्डमा भइरहने प्राकृतिक प्रकोपलाइ छेक्न र रोक्न नसके पनि सम्भावित जोखिमबाट सुरक्षित हुने उपाए अपनाउन भने अवश्य सकिन्छ । भूकम्प जाँदा आफैले निर्माण गरेका भौतिक पूर्वधारले थिचेर धैरै व्यक्तिको ज्यान गएको हो । बि.सं १९९० को महाविनासकारी भुकम्पबाट भएको क्षतिको सम्झनास्वरुप २०५५ साल देखि माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो । सरकारले भूकम्पको बारेमा जानकारी प्रवाह गर्ने उदेश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिबसको सुरु गरेको हो । आजको दिन भूकम्पबाट बच्ने उपायहरु जस्तै भूकम्प प्रतिरोधात्मक भौतिक संरचनाको निर्माण, घर भित्र रहेमा वा खुला स्थानमा निस्कन नसक्ने अवस्थामा टेबल, खाट, आदिमा आड लाएर बस्ने जस्ता समय र परिस्थिति अनुसारको चेतना जगाउने गरिन्छ ।