Blog

  • प्रचण्ड तनावमा ! एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

    प्रचण्ड तनावमा ! एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

    १६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संकटमा देखिएका छन् । सुरुवाती चरण देखी नै उनी एमसीसीको विरुद्धमा लागिपरेको खुलेको छ ।

    अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० कुनै हालतमा पास गर्नु पर्ने अन्यथा सत्ता गठवन्धन नै तोड्ने देउवाको चेतावनी पश्चात संशोधन गरेर पास गर्नुपर्ने पक्षमा देखिएका प्रचण्ड माथि अर्को संकट आइलाग्ने देखिएको हो ।

    एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्रमा दुई धार देखिन थालेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुरले आफ्नै निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा तत्काल पास गरेर जाने र संशोधन गर्नुपर्ने भन्दै दुई धार देखिएको हो ।

    पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संशोधन गरेर अगाडी बढ्नुपर्ने पक्षमा देखिएका छन् । तर अर्का नेता नारायणकाजी श्रेष्ठ भने कुनै पनि हालतमा पास गर्न नहुने अडानमा रहेका छन् ।

    उनले सन् २०१७ मा सम्झौता गर्दाका केही प्रावधान सन् २०१९मा परिमार्जन भएकोले समस्या भएको तर संसदको सहमति नचाहिने भन्नेसम्मको तर्क गरेका थिए ।

    तर श्रेष्ठले भने कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नहुने तर्क राखे । अमेरिकाले ३ महिनाभित्र एमसिसी पास नभए अर्कै देशलाई दिने तयारी गरेको छ । एमाले पर्ख र हेरको रणनीतिमा रहेको छ भने कांग्रेसले आफ्नो चट्टानी अडान कायमै राखेको छ ।

  • सुन्तला उत्पादन घटेपछि किसानहरु चिन्तित

    सुन्तला उत्पादन घटेपछि किसानहरु चिन्तित

    सल्यान जिल्लामा बिभिन्न रोगहरुका कारण सुन्तला उत्पादन घट्दै गएको छ ।

    सुन्तला उत्पादनबाट प्रशस्त आम्दानी प्राप्त गर्ने किसानहरुले केही बर्ष यता राम्रो आम्दानी लिन सकेको छैनन् ।

    सुन्तलाको बोट नै सुक्न थालेपछि व्यासायिक रुपमा सुन्तला खेती गर्दै आएका किसानहरु चिन्तित भएका हुन् ।

    सल्यान जिल्लामा करिब नौ सय किसानले व्यबसायिक रुपमा सुन्तला खेती गदै आएका छन् ।

    हाल सुन्तलाको जरा कुहिने हाँगा सुक्ने जस्ता समस्याको कारण उत्पादन फस्टाउन सकेको छैन ।

  • स्मार्ट लकडाउनको समीक्षा गर्न बैठक बस्दै

    स्मार्ट लकडाउनको समीक्षा गर्न बैठक बस्दै

    काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्नका लागि उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्ने भएको छ ।

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेश बारे समीक्षा गर्न उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्न लागेको काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनु भयो । बैठक अपरान्ह बस्ने उहाँले बताउनु भएको छ ।

    हाल जारी सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली प्रभावकारी नभएको र यसले सवारी साधनमा झन् भीडभाड बढेको र यसले जोखिमसमेत बढेको यातायात व्यवसायीको गुनासो भएकाले उक्त बैठक बस्न लागेको बताइएको छ ।

  • समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न राष्ट्रपति भण्डारीको सुझाव

    समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न राष्ट्रपति भण्डारीको सुझाव

    बिहिवार शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन समयमानै गर्न सरकारलाइ सुझाव दिएकी छिन् ।

    बिहिवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति सँग भेटवार्ताका लागि शीतलनिवास पुगेका थिए ।

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा बिच झण्डै एक घण्टा छलफल भएको थियो ।

    उक्त छलफलमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको चुनाव लगायत देशको समसामयिक बिषयमा समेत राष्ट्रपति भण्डारीलाइ जानकारी दिएका छन् ।

    छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तहको निर्वाचन बारे दलहरुसँग परामर्श भइरहेको पनि बताएका छन् ।

  • षट्तिला एकादशी

    षट्तिला एकादशी

    माघ कृष्ण पक्षको दिन मनाइने षट्तिला एकादशीलाइ तिला एकादशी, कृष्ण एकादशी आदी भनिन्छ । हिन्दु सनातन सम्प्रादयमा षट्तिला एकादशीलाइ धार्मिक र आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    षट्तिला एकादशीको दिन तिल मिलाएको जलले नुहाउने, तिलको लेप वा तेल लगाउने, तिल होम गर्ने, तिलको डाँठ बालेर आगो ताप्ने, तिल मिलाएको जलले तर्पण दिने, तिलको लड्डु खाने, तिल दान गर्ने आदी गरिन्छ । यसरी तिलबाट ६ वटा कार्य गर्ने भएकाले यस एकादशीको नाम षट्तिला एकादशी भएको हो ।

    पौराणिक कथन अनुसार सर्वप्रथम एक विधवा ब्राम्हाणीले महिना दिन सम्म व्रत बसेर भगवान् बिष्णुको आरधना गरिन् ।

    भगवान् बिष्णुको आरधना गरेपछि ती नारीको शरीर मन पबित्र भयो । भगवान् बिष्णुले उनको घर पुगेर भिक्षाको याचना गरे र ती नारीले भगवान् बिष्णुको हातमा एउटा माटोको डल्लो दिइन् । त्यसको केही समय पछि नारीको देहान्त भयो ।

    देहान्त भएछि उनको बास बैकुण्ठमा भयो । त्यसकारण षट्तिला एकादशीको व्रत बसेमा अञ्जानमा भएका पाप कर्महरुलाई नास गरी पुण्य प्राप्त हुने र बैकुण्ठमा बास हुने धार्मिक आस्था राखी ब्रत बस्न थालेको हो । षट्तिला एकादशीको ब्रत लिने ब्रतालुहरुले नुन, तेल र अन्न नखाइ शुद्ध भएर ब्रत बसी बिष्णुको आरधना गर्दछन् ।

  • नेपालमा थप ८ हजार १७ संक्रमित, ५ हजार २९२ निको

    नेपालमा थप ८ हजार १७ संक्रमित, ५ हजार २९२ निको

    नेपालमा ८ हजार १७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएको बिहीबार जानकारी दिएको हो ।
    १५ हजार ७३६ पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ मा संक्रमण पुष्टि भएको र ६ हजार ७२ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २०१ मा पोजिटिभ देखिएको छ ।
    २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ३७ हजार ४ जना निको भएका छन् ।

    २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

    २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ९० हजार ५ सय ७६ पुगेको छ ।

  • परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन

    परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन

    परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्व विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
    १३ माघ, जनकपुरधाम। परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

    सीटीईभीटीले आगामी माघ २७ गतेदेखि परीक्षा तोकेकोमा उक्त परीक्षा हालै स्थगित गरेको छ । परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीले रमानन्द चोकमा टायर बालेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

    पटक–पटक परीक्षा स्थगित गरेर ३ बर्षको कोर्षलाई ५ वर्षसम्म पुर्‍याउन चाहेको विद्यार्थीको भनाइ छ । उनीहरुले वैकल्पिक विधीबाट परीक्षा नभए भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा लिनुपर्ने बताएका छन् ।

    यसरी पनि नभए आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुले बताए ।

    डिप्लोमा तहमा अध्ययनरत सुमित यादवले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाइने र समयमै परीक्षा हुनुपर्ने बताए ।

  • बाँदर आतंककै कारण भोजपुरका किसान फलफूल खेतीमा आकर्षित

    बाँदर आतंककै कारण भोजपुरका किसान फलफूल खेतीमा आकर्षित

    भोजपुरमा बाँदरको कारण अन्नबाली भित्र्याउन नपाएपछि किसानहरु फलफूल खेतीमा लागेका छन् ।

    खेतीयोग्य जमिनमा अन्नबाली लगाउँदा बाँदरले नाश गर्ने भएकाले किसानहरुले अन्नबालीको विकल्पमा फलफूल खेती गर्न थालेका हुन् ।

    बाँदरको आतंकले आजित भएर धेरै गाउँबस्ती बसाइँ सरेका र खेती योग्य जमिन बाँझो भएका छन् ।

    बाँदरकै कारण प्रभावित भएर बसाइँ सरेका केही बस्ती भने पूःन फर्किएर बाँदरले नखाने खालका खेती गर्न थालेका छन् ।

    गाउँका सबै किसानहरुले बाँझो जमिनलाई हराबरा बनाउने योजना समेत बनाएका छन् ।

  • पर्याप्त आइसोलेसन नहुँदा  संक्रमित होम आइसोलेसनमा

    पर्याप्त आइसोलेसन नहुँदा संक्रमित होम आइसोलेसनमा

    कोरोना संक्रमितको सङ्ख्या दैनिक ३५ प्रतिशतले बढ्दै गएपछि पर्याप्त मात्रमा आइसोलेसन नहुँदा संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

    सुर्खेतमा मात्र सक्रिय सङ्क्रमितको सङख्या ८ सय २ पुगेको छ ।

    प्रदेश अस्पताल सुर्खेतमा जटिल स्वास्थ्य समस्या देखिएका संक्रमित मात्र अस्पताल भर्ना भएका छन् ।

    सामान्य लक्षण देखिएका संक्रमितलाइ घर मै सहज वातावरण हुने भन्दै अस्पताल भर्ना नगराएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताएका छन् ।

    सुर्खेतका दुई स्थानमा कोरोना संक्रमण फैलन नदिन प्रदेश सरकारले होल्डिङ सेन्टर सञ्चालन गरिएकोे छ । साथै खोप अभियानलाइ पनि निरन्तरर्ता दिएको छ ।

  • राष्ट्रिय जनगणना २०७८ को अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    राष्ट्रिय जनगणना २०७८ को अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक बिवरण अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

    यस अघि २०६८ सालमा भएको जनगणना अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

    यस अघिको तुलनामा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको बिभागले जनाएको छ ।

    महिलाको जनसङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ र पूरुषको जनसङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ ।

    २०६८ को तथ्याङ्क हेर्दा हाल जनसङ्ख्या वृद्धिदर घटेको देखिन्छ । बिभागको अनुसार जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत छ ।