अस्ट्रेलियाले यहि बुधबारदेखि विद्यार्थी भिसा तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ ।
दुई साताअघि सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।
सोमबार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएका हुन् ।
बुधबारदेखि विद्यार्थीका साथै टीआर भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक, दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।
हरेक बर्ष ११ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय पर्बत दिबस मनाईन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २००३ मा अन्तराष्ट्रिय पर्बत दिबस भनि घोषणा गरे पछि यस दिबस मनाउदै आएको पाइन्छ ।
बिभिन्न अध्ययन अनुसन्धानले पृथ्वीको कुल भुभागको ४ प्रतिशत भाग पर्वतिय क्षेत्रले ओगटेको देखाउछ भने १३ प्रतिशत मानिस पर्बतिय क्षेत्रमा बसोबास रहेको पाइएको छ । देशमा रहेको पहाड , पर्बतको संरक्षण र संबर्धन गनुपर्छ भन्ने उदेश्यले यो दिबस मनाउदै आएको हो ।
अन्य देशको तुलनामा नेपालमा अत्याधिक पर्बतिय क्षेत्रहरु भएकाले हाम्रो देशको लागि अन्तर्राष्ट्रिय पर्बत दिवसको ज्यादै महत्व रहेको छ । नेपालले मात्र नभई बिश्वका अन्य मुलुकहरुले पनि अन्तर्राष्ट्रिय पर्बत दिवसलाइ बिभिन्न कार्यक्रम गरि मनाएको पाइन्छ ।
नेपाललाई पहाड अनि पर्बतले सुन्दरता प्रदान गरेको छ । पहाड पर्बतको आकर्षक र मनमोहक दृश्य हेर्न हरेक बर्ष पर्यटकहरु नेपाल भित्रिने भएकाले नेपाल पर्यटकिय केन्द्र्र बन्न सफल भएको हो । यहि खुसियालीमा नेपालले अन्तराष्ट्रिय पर्बत दिबसलाई भव्यताको साथ मनाउदै आएको छ ।
आज भोली जथाभाबी सडकको निर्माण, बनजङगलको बिनास अव्यवस्थित बसोबास आदिका कारण पर्बतिय क्षेत्रलाई नकरात्मक असर पर्नुका साथै पर्बतिय प्रदुषण बढ्दै गएको छ । यस्ता पर्बतिय क्षेत्रमा देखिएका समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्छ भन्ने सन्देश अन्तराष्ट्रिय पर्बत दिबसबाट प्राप्त हुन्छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भेटिएका छन् । भारतीय अधिकारीहरुका अनुसार दुई दिनअघि जिम्बाब्वेबाट भारत आएका व्यक्तिलाई गुजराजको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।
विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्।
संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले आइतबार उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन् । उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल पुन वार्तामा आउन अमेरिकी कुटनितिज्ञ सुङ किमले उत्तर कोरियालाई आग्रह गरेका हुन् । उत्तर कोरियाली मामिलासम्बन्धी अमेरिकी शीर्ष नेता किमले दक्षिण कोरियाली अधिकारीहरुसँगको छलफलपछि आइतबार आग्रह गरेका हुन्।
‘उत्तेजक परिक्षण र अन्य सैन्य गतिविधि गर्नुको सट्टा सिधै वार्तामा आउन हामीले उत्तर कोरियासँग आग्रह गरिसकेका छौ, किमले रिपोर्टरहरुसँग भने,‘साथै यदि उत्तर कोरिया तयार भएमा अमेरिका बिना शर्त वार्तामा आउन तयार रहेको पनि हामीले स्पष्ट पारिसकेका छौ।’
गएको मंगलबार उत्तर कोरियाले पनडुब्बीबाटै जापानको समुद्र क्षेत्रनजिक दुईवटा नवनिर्मित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो प्रहारले जापान, कोरिया प्रायद्धिप आदि क्षेत्रमा तनाव बढ्ने भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले समेत बैठक राखेको थियो।
Japan's ruling Liberal Democratic Party's leader Fumio Kishida arrives at the party's headquarters in Tokyo Monday, Oct. 4, 2021. Japan's Cabinet and leader Yoshihide Suga resigned Monday, paving the way for Parliament to elect Kishida as the new prime minister, tasked with quickly tackling the pandemic and security challenges before an imminent national election. Fumio Kishida has formally taken office as Japan's new prime minister, succeeding Yoshihide Suga who resigned after just one year in office. Fumio Kishida won the race to lead Japan's ruling Liberal Democratic Party (LDP) last week.
वातावरण प्रदुषणका कारण एक बर्षमा ७० लाख मानिसको अल्पआयुमा मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनले (WHO) ले बुधबार जानकारी गराएको छ । स्वास्थ्य संगठनले वातावरण कम प्रदुषित बनाउन चाडै नै ठोस कदम चाल्नु अति आवश्यक रहेको जनाएको छ ।
वायु प्रदुषणले कुनै एक देशमा मात्र नभई पुरा विश्वलाई नै खतरामा पारेको कारण जोखिम कम गर्न ठोस निति ल्याउनु पर्ने संगठनको दाबि छ । विश्ब स्वास्थ्य संगठनले यो बर्षबाट वायु गुणस्तर सम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । यस्तै विश्वको नयाँ निर्देशिका अनुसार ओजन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मानोअक्साइड लगायत ६ वटा प्रदुषणको लागि वायु गुणस्तरको स्तर सिफरिस गरिएको छ ।
न्युयोर्कमा यसै हप्ता हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक स्थगित भएको छ । सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक रद्द भएको सार्क सचिवालयले जनाएको छ ।
सार्क सचिवालयले सबै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयलाई बैठक रद्ध भएको जानकारी सहितको पत्र पठाइसकेको छ । सार्कको अध्यक्षसमेत रहेको नेपालको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २५ मा हुने भनिएको सहमति नजुटेकाले साइडलाइन बैठक नहुने जानकारी दिएको सचिवालयले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले भने पाकिस्तानका कारण बैठक रद्द भएको जनाएका छन् । पाकिस्तानले बैठकमा अफगानिस्तानबाट पनि सहभागिता हुनपर्ने कुरामा जोड दिएको बताइएको छ । तर यसबारेमा पाकिस्तानले भने औपचारिक रूपमा केही प्रतिक्रिया दिएको छैन ।
पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेसीले फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल घुँडाको चोटका कारण गुमाउने भएका छन् ।
मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।
पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ ।
मेस्सीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट नै देखिएपछि भने अब उनले आगामी खेल गुमाउने भएका हुन् । पीएसजीले मेसीले ४८ घण्डाभित्र फेरि फलोअप गर्नुपर्ने समेत जनाएको छ ।
३४ वर्षीय मेस्सी अगष्टमा स्पानिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए । सिटीसँग खेल्नुअघि पीएसजीले शनिबार मोन्टेपिलरसँग खेल्दैछ।