Category: समाचार

  • असोज ३ गतेसम्म काठमाडौं नछोड्न सांसदहरूलाई एमालेको निर्देशन

    असोज ३ गतेसम्म काठमाडौं नछोड्न सांसदहरूलाई एमालेको निर्देशन

    काठमाडौं ।

    नेकपा एमालेले असोज ३ गतेसम्म काठमाडौं नछोड्न निर्देशन दिएको छ।

    जस्तो पनि परिस्थिति आउन सक्ने भएकाले संसदमा बलियो उपस्थिति बनाउन आफ्ना सांसदहरूलाई एमालेले निर्देशन दिएको हो।

    आफूहरूलाई केही समय काठमाडौं नछोड्न निर्देशन आएको एमालेका एक सांसदले पुष्टि गरे।

    ‘राजनीतिक घटनाक्रम फरक ढंगले अघि बढ्ला जस्तो छ, संसदमा विधेयकहरू पनि पारित गर्नुपर्नेछ। असोज ३ गतेसम्म काठमाडौं नछोड्नुहोला भन्ने अनौपचारिक सन्देश आएको छ,’ ती सांसदले भने।

  • भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुँदै

    भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुँदै

    काठमाडौं ।

    स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ । 

    राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा देशभरका करिब पाँचसय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए । 

    समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भुमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिने कार्यक्रम तय भएको छ । समिटमा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सातबुँदे घोषणापत्रसमेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतिले जानकारी दिए । 

  • कोरोना बिमाको भुक्तानी बारेको रिट मुसलमानको एकल इजलासमा

    कोरोना बिमाको भुक्तानी बारेको रिट मुसलमानको एकल इजलासमा

    काठमाडौं ।

    कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेशी तोकिएको छ ।

    यो मुद्धाको पेशी सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा तोकिएको छ ।  

    निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

    सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् ।

    सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ ।

    कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बिमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

  • कुमारी बैंकको २२ हजार बढी कित्ता शेयर बिक्रीमा

    कुमारी बैंकको २२ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं ।

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

    उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

  • आन्दोलनरत सहकारी पीडितहरूको सबै कार्यक्रम फिर्ता

    आन्दोलनरत सहकारी पीडितहरूको सबै कार्यक्रम फिर्ता

    काठमाडौं ।

    सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो  ।

    सहमति भएसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । 

  • चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्री दाहालको निर्देशन

    चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्री दाहालको निर्देशन

    काठमाडौं ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

    आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिए ।

    जोखिममा रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न समेत उनले निर्देशन दिए ।

    उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भइहाले उद्धार र अस्पतालसम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा रहन आग्रह गरे ।

    दशैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको उनको भनाइ छ ।

    चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने उनले बताए ।

  • पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता कायम

    पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता कायम

    काठमाडौं ।

    कास्कीको पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता कायम भएको छ।

    सोसम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले गत शुक्रबार भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर गरेका हुन्।

    दुवै नगरहरूबीच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताए।

    उनका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडि बढाउन प्रतिबद्ध रहनेछन्।

    ‘पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो। त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको छ।’

    नगर प्रमुख आचार्यले भने, ‘पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ। यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ।’

  • नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर नभत्किने 

    नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर नभत्किने 

    काठमाडौं

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार काठमाडौंका कुनै पनि घर नभत्किने बताएका छन्।

    सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०-२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो।

  • आज सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाइँदै

    आज सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाइँदै

    काठमाडौं ।

    ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

    सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

    प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

    हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले जानी नजानी गरिएको पापबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

  • निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

    निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

    काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएका छन् ।

    शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताए ।

    ‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ नि, अब समय आएको छ’, उनले भने ।

    अहिले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले ऐन कानुन बनाउनका लागि संसदमा पनि सहज बहुमत रहेको प्रधानमन्त्री ओलीले बताए ।

    ‘अहिले सरकारलाई धेरै अफ्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरुको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरुको नै सरकार छ । त्यसो भएर त्यति अफ्ठ्यारो छैन संख्याको हिसाबले’ उनले भने ।