प्रविधिको विकाससँगै अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो छ ।
अमेजन, अलिबाबा, वालमार्ट, ई–बे, अलि–एक्सप्रेसजस्ता विश्व चर्चित अनलाइन सपिङ साइट विश्व बजारमा प्रख्यात छन् । व्यस्त जीवनशैली, उचित नियमन र बलियो ऐन, कानुनले गर्दा अनलाइन व्यापारले विकसित देशमा साम्राज्य खडा गरिसकेको छ ।
नेपालमा खासगरी दराज डटकमको प्रवेशसँगै अनलाइन किनमेलले गति लिएको हो । दक्षिण एसियाभर फैलिएको, ठुलो लगानी, सबै खालका सामग्री पाइने लगायत कारण दराजले अनलाइन व्यापारलाई नेपालमा ‘ब्राण्डिङ’ गर्न सघायो । यसमा कोरोना महामारी र लडकडाउनको भूमिका पनि उत्तिकै छ । कोरोना महामारीमा ठप्प भएको आवतजावतमा आममानिसले अनलाइन किनमिललाई रोेजे ।
अनलाइन व्यापारको दायरा बढेसँगै यस्तो व्यापार व्यवसायलाई नियमन र अनुगमन गर्न चुनौती पनि थपिएको छ । अनलाइन किनमेलका लागि कानुन नबन्दा यसले अपेक्षाअनुसार फस्टाउन पाएको छैन ।
यही कारण व्यक्तिगत रूपमा जथाभाबी भइरहेको व्यापारले समग्र अनलाइन व्यापारलाई नै हानि गरिरहेको छ भने आमउपभोक्तालाई अनलाइन व्यवसायप्रति विश्वास जगाउन सकेको छैन । तोकिएभन्दा फरक सामान आए के गर्ने, कहाँ गुनासो वा उजुरी गर्ने, भुक्तानी गरिसकेपछि सामान नआए के गर्ने जस्ता समस्याले धेरै उपभोक्ता अनलाइनको किनमेलमा विश्वस्त बन्न सकेका छैनन् ।
चितवनको पश्चिम क्षेत्रस्थित राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता भएका छन्।
शुक्रबार दिउँसो भरतपुर–२७ धरमपुरबाट माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन्।
उनीहरूसँगै गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। प्रहरीले हिजो साझ पाँच बजेदेखि नै खोजी सुरु गरे पनि भेटाएको थिएन। आज फेरि खोजीकार्य भइरहेको केसीले बताए।