Category: स्थानीय

  • लाइसेन्सको लागी नयाँ आवेदन जेठदेखि

    लाइसेन्सको लागी नयाँ आवेदन जेठदेखि

    यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी गरेको छ ।

    लाइसेन्सका लागी नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले हाल नयाँ आवेदन बन्द गरेको छ ।

    विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ ।

    नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो । यी काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।

    विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बाँकी रहेका डेढ लाखप्रति लाइसेन्स छाप्ने काम पनि भइरहेको छ । जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको छ ।

    कोरोना महामारीका कारण २०७६ चैतपछि २०७७ पुससम्म आवेदन बन्द थियो । करिब एक वर्षपछि खुला गर्दा आवेदन दिनेको चाप एक्कासि बढेको थियो । कोरोनाका कारण २०७८ वैशाखदेखि बन्द भएको आवेदन कात्तिकमा खुला गरिएको थियो ।

  • बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, बैशाख १ गतेबाट लागु हुदै

    बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, बैशाख १ गतेबाट लागु हुदै

    काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ।

    बागमती प्रदेशको प्रदेश सरकारले आगामी बैशाख १ गतेदेखि उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

    जारी एक सुचनामा भनिएको छ ,‘ २०७९ /१/ १  देखि लागू हुने गरी बागमती प्रदेश भित्र स‌ञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४  (माननीय मन्त्रीस्तर)  को निर्णयानुसार समायोजन गरिएको छ।’

    बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटरको आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडादर कायम गरेको छ।

    यसैगरी उपत्यका बाहिरका स्थानमा चल्ने सवारी साधनमा भने २०७८ कार्तिक १ देखि यात्रुबाहक सवारीसाधनमा लागु भएको भाडामा १० प्रतिशत वृद्धि गरेको छ।

    प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीले सुरुमा ५० र प्रति २०० मिटरको भाडादर १० रुपैयाँ, विद्युतीय ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ ।

  • निर्वाचन आचारसंहिता शुक्रबार मध्यरातदेखि लागु हुदै

    निर्वाचन आचारसंहिता शुक्रबार मध्यरातदेखि लागु हुदै

    निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ ।

    निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलको हस्ताक्षर गराइसकेको आयोगले, मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।

    उक्त आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई लागू हुने आयोगले जनाएको छ ।

    आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । कुनै पनि योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पाइँदैन ।

    यसै गरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

  • सर्लाहीको  मलंगवामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

    सर्लाहीको मलंगवामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

    सर्लाहीको सदरमुकाम मलंगवा ९ मा गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा इन्दल महतो रहेकका छन् ।

    मृतक ब्यक्ति विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको अनुसन्धान पश्चात पत्ता लागेको हो ।

  • लेटाङ घटना प्रकरणमा  २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर

    लेटाङ घटना प्रकरणमा २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर

    मोरङको लेटाङ घटना प्रकरणमा संलग्न २० जनाविरुद्ध सोमबार प्रहरीले जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर गरेको छ ।
    चैत ६ गते लेटाङको शिक्षा माध्यामिक विद्यालयको कक्षा ६ मा अध्यनतर एक बालिका माथी सोही बिद्यालयको शिक्षक विजय पौडेलले यौन दुर्व्यवहार गरेपछि प्रहरी टोलीले शिक्षक पौडेललाई नियन्त्रण गर्ने क्रममा आक्रोसित भिडको आक्रमणबाट २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न २० जना बिरुद्ध प्रहरीले कर्तब्य मुद्दा दायर गरेको हो ।

    पक्राउ परेका २० जना मध्य १०जना सोही बिद्यालयका बिद्यार्थीहरु रहेका छन् । साथै प्रहरीले अनुसन्धान कार्य तिव्र रुपले अघि बढिरहेको छ ।

  • आगलागी त्रिभुवन विश्वविद्यालय परिसरको जंगलमा

    आगलागी त्रिभुवन विश्वविद्यालय परिसरको जंगलमा

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको जंगलमा आगलागी भएको छ। केहीबेर अघिबाट आगलागी सुरु भएको कीर्तिपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं उपत्यकामा रहेका दमकलहरु बोलाइएको छ। आगो नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।

  • १५ प्रतिशतले बढ्यो लामो दुरीको यातायात भाडा

    १५ प्रतिशतले बढ्यो लामो दुरीको यातायात भाडा

    सरकारले लामा दूरीको यातायात भाडा १५ प्रतिशले बृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाएको छ ।

    यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात भाडा पनि बढाउनुपर्ने गुनासो ब्यक्त गर्दै आएका थिए ।

    उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन को भाडा पनि बढाउन यातायात ब्यबसायिले प्रदेश सरकारलाई माग गर्दै आएका छन् ।

  • पेट्रोलियम पदार्थको  मूल्यवृद्धि सङ्गै यातायातको भाडा बढ्ने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि सङ्गै यातायातको भाडा बढ्ने

    सरकारले पट्रोलियम पदार्थको मूल्यबृद्धि भए सङ्गै यातायातको भाडा बढाउने भएको छ । आइताबार देखि १४ प्रतिशत सम्म भाडा बढ्ने भएको हो ।

    सरकारले लामो दूरीको पहाडमा चल्ने ट्रक र लामो दूरी तराईमा चल्ने मालबाहक ट्रक र लामो दूरीको बसको छुट्टाछुट्टै भाडादर तय गरिने भएको छ।

    पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेर प्रतिलिटर ३४ रुपैयाँ पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाई छ ।

  • लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

    लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

    लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आईसीआईसी बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरे।उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै त्तच् भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ । साथै यो सम्झौताल दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

  • राष्ट्रपति द्धारा काभ्रेको कुलदेवताको मन्दिर उद्घाटन

    राष्ट्रपति द्धारा काभ्रेको कुलदेवताको मन्दिर उद्घाटन

    काभ्रेको नमोबुद्ध–५, कानपुर मा रहेको मैनाली सम्प्रदायको कुलदेवताको मन्दिर राष्ट्रपति विद्यादेवी भण्डारी ले उद्घाटन गरेकी छिन् ।

    वि.सं १८३८ सालमा स्थापना भएर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको मन्दिर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाख ७७ हजारको लगानीमा पुनर्निर्माण गरिएको हो ।

    साथै नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको नगरप्रमुख टंकप्रसाद शर्माले जानकारी दिए ।