Category: स्थानीय

  • कोरोनामुक्त बन्यो काभ्रेपलाञ्चोक

    कोरोनामुक्त बन्यो काभ्रेपलाञ्चोक

    चार दिनदेखि गरिएको परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिए पछि काभ्रेपलाञ्चोक जिल्ला कोरोनामुक्त भएको जनाइएको छ ।

    बनेपा नगरपालिकामा रहेका एक कोरोना सङ्क्रमित पुरुष चार दिनअघि निको भएपछि जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो ।

    जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिनुभयो ।

  • उपत्यकामा निर्वाचन अधिकृत महिला मात्र

    उपत्यकामा निर्वाचन अधिकृत महिला मात्र

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ ।

    काठमाडौँ उपत्यकाका तीन जिल्लामा १८ वटा स्थानीय तह छन् जसमध्ये काठमाडौँ महानगर, ललितपुर महानगर र भक्तपुर नगरमा भने जिल्लाका मुख्य निर्वाचन अधिकृत नै निर्वाचन अधिकृतको भूमिकामा रहनेछन् ।

    बाँकी रहेका १५ स्थानीय तहमा अधिकृत महिला रहने गरी तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश मात्रै नियुक्त हुँदै आएका छन् । निर्वाचन अधिकृतका रूपमा भने न्याय र प्रशासन सेवाका उपसचिव नियुक्त हुँदै आएका छन् ।

    आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यसअघि नै निर्वाचन अधिकृतका रूपमा नियुक्त हुने कर्मचारीको सूची प्राप्त गरिसकेको छ ।उक्त सूचीबाट नै काठमाडौँ उपत्यकाका विभिन्न कार्यालयमा सेवामा रहेका उपसचिव श्रेणीका अधिकृत महिला नियुक्त गरिने आयोगले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा करिब १० लाखभन्दा बढी मतदाता छन् । आयोगले २०७७ साल पुस ५ गते मतदाता नामावली अद्यावधिक गर्दा काठमाडौँ जिल्लामा छ लाख, ललितपुरमा दुई लाख ३६ हजार र भक्तपुरमा एक लाख ८४ हजार मतदाता कायम थिए ।

    निर्वाचन कार्यक्रम बमोजिम चैत १३ गते नै आयोगले निर्वाचन अधिकृतको नामावली प्रकाशन गर्नेछन् । चैत्त २९ गते निर्वाचन अधिकृत नियुक्त हुनेछन् ।

  • कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते

    कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते

    कपिलवस्तुको बांणगंगा जितपुरमा भएको कपिलवस्तु महोत्सवमा शुक्रबार साँझ पिङ भाँचिएको छ ।
    पिङ भाँचिदा १४ जना घाइते भएका छन् । जसमध्य तिन जना गम्भिर घाइते भएका छन् ।

    गम्भिर घाइते हुनेमा णगंगा नगरपालिका १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका ९ की आकृति खनाल रहेका छन् । घाइतेको उपचार भइरहेको छ ।

  • कलंकीमा सवारी दुर्घटना, एक जनाको  ज्यान गयो

    कलंकीमा सवारी दुर्घटना, एक जनाको ज्यान गयो

    काठमाडौँको कलंकीमा हिजो साँझ पौने सात बजे सवारी साधन दुर्घटना भएको छ । उक्त दुुर्घटनामा परी एक जनाले ज्यान गुमाएका छन् ।

    मृतु हुनेमा स्कुटरपछाडि सवार सुनसरी धरानका हाल  ललितपुरको टिकाथली बस्दै आएका २९ वर्षीय सन्तोष लिम्बु रहेका छन् ।

    दुर्घटनामा परेको लिम्बुको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

    कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश(१(२५(प ०४२० नम्बरको गाडी, बा४९प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना५ख ७५०८ नम्बरको ट्रक गरी चार सवारीसाधन दुर्घटनामा परेका हुन्।

  • म्यादी प्रहरी लागि मधेसी युवाको भिडभाड

    म्यादी प्रहरी लागि मधेसी युवाको भिडभाड

    निर्वाचन प्रयोजनका लागि खुलेको ४० दिने रोजगार म्यादी प्रहरीका लागि मधेसी युवाहरुको भिडभाड तिव्र रुपमा बढेको छ ।

    २ नम्बर प्रदेशका जिल्लामा युवाहरु म्यादी प्रहरीमा भर्तीका लागि जिल्ला प्रहरी कार्यालयमा लाइन लागेका छन् ।

    बिशेष गरि १८ बर्ष देखि ५४ बर्षका ब्यक्तिले दरखास्त दिन सक्ने प्राबधान रहेको म्यादी प्रहरीमा भर्ती हुने ब्यक्तिले ४० दिनको अबधिमा ३० हजार दुई सय ४० रुपैँया तलब र खाना, पोसाक र यातायात खर्च समेत प्राप्त गर्दछन् ।

  • मंगलबार  अभिनेता पल साहले दिए बयान

    मंगलबार अभिनेता पल साहले दिए बयान

    नाबालिक माथि जबरजस्ती करणी गरेको अभियोग लागेका पल शाहले जिल्ला अदाल तनहुँमा मंगलबार बदान दिएका छन् ।

    दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म दिएको बयानमा शाहले आरोप अस्वीकार गरेका भन्दै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शिवदत्त ढकाल बताएका छन् ।

    साथै शाहका म्यानेजर कृष्णप्रसाद जोशीले आज बयान दिने भएका छन् ।

  • लेटाङमा सोमबार देखि जारी  कर्फ्यू  मंगलबार पनि हटेन

    लेटाङमा सोमबार देखि जारी कर्फ्यू मंगलबार पनि हटेन

    जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको ४ वटा वडामा सोमबार बिहान ७ बजेदेखि जारी गरेको कर्फ्यू मंगलबार पनि हट्न सकेको छैन ।

    कर्फ्यू लेटाङको वडा ३ र ४ को गंगे चोक र कमलपुर ५ नम्बर वडाको सबै क्षेत्र, ६ नम्बर वडा कार्यालय क्षेत्र आदि क्षेत्रमा लगाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने छ ।

  • मोरङमा कक्षा ६ मा अध्ययनरत एक बिद्यार्थी माथि यौनदुर्व्यवहार,  महिला प्रहरीको गरियो हत्या

    मोरङमा कक्षा ६ मा अध्ययनरत एक बिद्यार्थी माथि यौनदुर्व्यवहार, महिला प्रहरीको गरियो हत्या

    आइतबार मोरङको लेटाङ नगरपालिका ५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको छन् ।
    बिद्यार्थी माथी यौन दुर्व्यवहार गरेको जानकारी पाए पछि गाउँलेहरु बिद्यालयमा भिड लागेका हुन् ।

    भिड नियन्त्रणका लागि सुरक्षा कर्मीहरु खटाइएको थियो ।

    विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षकलाइ बेलुका बाहिर निकाल्ने बेला भिडले आक्रमण गरेपछि सोही भिड नियन्त्रण गर्ने क्रममा एक महिला प्रहरीलाई घाँटीमा छुरा प्रहार गरि हत्या गरिएको स्थानीयको भनाई छ ।

  • स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामाग्री आयात हुदै

    स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामाग्री आयात हुदै

    स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिने भएको छ । आयातका लागि निर्वाचन आयोगले सामग्री आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक ५६ प्रकारका सामग्री मध्य २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो ।

    नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ ।

    मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग करिब ६५ हजार मतपेटिका मौज्दात रहेको जानकारी दिनुभयो ।

    निर्वाचन प्रयोजनका लागि मात्रै बढी मात्रामा प्रयोग हुने स्वस्तिक चिह्न, छेकबारा, लाहालगायतका सामग्री आपूर्तिकर्ताले विदेशबाट मगाउनेछन् । आयोगको जिन्सी शाखाका अनुसार स्थानीय निर्वाचनमा छेकबारा ७८ हजार थान, स्टाम्प प्याड दुई लाख चार हजार थान, रबर म्याट ७८ हजार थान, स्ट्याप्लर मेसिन २६ हजार थान र स्वस्तिक छाप दुई लाख आठ हजार थान आवश्यक पर्नेछ ।

    त्यसैगरी, ५२ हजार प्याकेट पित्तलको छाप र २६ हजार पित्तलको लाहा तथा चार लाख ८० हजार ‘सेक्युरिटी सिल’ निर्वाचनका लागि आयोगले आपूर्ति गर्न सम्झौता गर्दै छ । एक प्याकेट लाहामा तीन थान हुनेछ ।

    आयोगले आयात गर्नुपर्ने २३ प्रकारका सामग्री खरिद गर्न १० वटा प्याकेजमा प्रस्ताव आह्वान गरेको थियो ।

    सामग्री खरिद गर्न २७ करोड १९ लाख ५२ हजार ८०६ रुपियाँ खर्च हुनेछ । आयात गरिने २३ सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिने पर्दा र छेकबारामा मात्रै १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ ।

  • कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

    कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

    रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ ।

    इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ ।

    कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।

    भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन eoers.epsnepal.gov.np फाराम मार्फत भर्न सकिनेछ ।

    परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।