Category: स्थानीय

  • आजबाट सुर्खेत विमानस्थल सञ्चालनमा

    आजबाट सुर्खेत विमानस्थल सञ्चालनमा

    एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल मर्मत पछि आजबाट सञ्चालनमा आएको छ।

    धावनमार्ग मर्मतका लागि मंसिर १० गतेबाट सुर्खेत विमानस्थल बन्द गरिएको थियो ।

    बन्द रहेको एक महिनाको अवधिमा हेलिकप्टर उडान र अवतरण भने रोकिएको थिएन ।

    आज बाट खुलाउने निर्णय भएको विमानस्थलको लागि हवाई जहाजको टिकट भने सोमबार देखि वायु सेवा कम्पनिहरुले वितरण सुरु गरेको थियो ।

  • चार वर्षपछि १७ हजार शिक्षकको विज्ञापन खुल्दै

    चार वर्षपछि १७ हजार शिक्षकको विज्ञापन खुल्दै

    शिक्षक सेवा आयोगले चार बर्ष पछि सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागेको छ ।

    आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशन गर्दै छ । अर्को सातासम्म क्रमशः निम्न माध्यमिक र प्राथमिक तहको पनि विज्ञापन खुलाइने बताइएको छ ।

    आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताएका छन् । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो ।

    आयोगले वार्षिक कार्ययोजना बनाएर मंसिरभित्र विज्ञापन आह्वान गर्ने कार्यतालिका बनाएको थियो । आगामी असोज र कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ ।

    दरबन्दी मिलान सुझाव कार्यदलले दुई वर्षअघि नै सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    यसअघि २०७४ र ७५ मा विज्ञापन खुलेको थियो । त्यतिबेला करिब १२ हजार शिक्षक आयोगको परीक्षा पास गरेर स्थायी भएका थिए ।

  • बुस्टर डोज निःशुल्क दिने तयारीमा सरकार

    बुस्टर डोज निःशुल्क दिने तयारीमा सरकार

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सम्पर्ण नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क प्रदान गर्न तयारी सुरु भएको बताएका छन् ।

    निःशुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा मन्त्रालयले तयारी थालिसकेको मन्त्रीले जानकारी दिए । उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण तथा रोकथामका लागि बुस्टर डोज महत्त्वपूर्ण हुने देखिएपछि सबैलाई निस्शुल्क लगाउने निर्णयमा सरकार पुगेको बताए ।

    मन्त्री खतिवडाका अनुसार मन्त्रालयले कुन खोपलाई बुस्टर डोजका रुपमा लगाउने भनेर छलफल भइरहेको पनि बताए ।
    उनका अनुसार हाल पहिलो र दोस्रो डोजको खोप लगाउने कार्य अगाडि बढिरहेको र सँगै १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई पनि खोप लगाउनुपर्ने भएकाले तत्काल बुस्टर डोज लगाउन सुरु गर्न केही ढिलाई भएको हो ।

  • राप्रपा निर्वाचन – कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन भिड्दै

    राप्रपा निर्वाचन – कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन भिड्दै

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन शनिबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको छ।

    महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो। अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ।
    अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्‍देन भिडन्त छ भने उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन्।

    यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउनेछन्।

    राप्रपाको १४९ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ।

  • कक्षा १२ को नतिजा प्रकाशित

    कक्षा १२ को नतिजा प्रकाशित

    शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ।

    बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो । परिक्षामा नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए ।

    बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो। परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको थियो।

    कक्षा १२ को नतिजा हेर्नका लागि एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर नतिजा हेर्न मिल्छ।

  • स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुल्दै

    स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुल्दै

    यातायात व्यवस्था विभागले झन्डै छ महिनापछि यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउने भएको छ।

    दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताएका हुन्।

    महानिर्देशक घिमिरेका अनुसार यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदैछ। यसैबीच आवेदन भने लिएर राखिन लागेको हो।
    काठमाडौं जिल्ला बाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि हुने सम्भावना उच्च छ।
    विभागले यतिबेला ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।

    स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ।

  • सिके राउतका १७ कार्यकर्तामाथि आपराधिक उपद्रव मुद्दा दर्ता

    सिके राउतका १७ कार्यकर्तामाथि आपराधिक उपद्रव मुद्दा दर्ता

    खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाई दुव्र्यवहार गर्ने जनमत पार्टीका कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सीके राउत नेतृत्वको पार्टीका १७ जनाविरुद्ध प्रहरीले शुक्रबार आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।

    ‘स्वतन्त्र मधेस’ नारा त्यागेर सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेर उत्छृङख्ल गतिविधिमा लागेका सिके राउतका १७ जना कार्यकर्तालाई मुद्दा चलाइएको छ ।

    बिहीबार दिउँसो कुशवाहालाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना नेता र कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन्।

    मुद्दा दर्ता गरिएकामा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर छन् । ‘यो मुद्दामा अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ,’ डीएसपी बस्नेतले भने ।

  • घान्द्रुक जादै गर्दा जिप दुर्घटना

    घान्द्रुक जादै गर्दा जिप दुर्घटना

    पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जिप सोमबार अपराह्न दुर्घटना भएको छ ।

    पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अपराह्न २ बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी १ सय १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    जिपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको छ ।जिप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।

  • सवारीचालक लाइसन्सको कार्ड नेपाल आईपुग्दै

    सवारीचालक लाइसन्सको कार्ड नेपाल आईपुग्दै

    केहि समयदेखि प्राविधिक समस्याका कारण छपाई रोकिएको सवारी चालक अनुमतिपत्रको छपाई कार्ड एकदेखि डेढ महिनाभित्रमा नेपाल आइपुग्ने भएको छ ।

    लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर) मा कार्ड नमिलेका कारण कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड आउनुपर्ने विभागले जनाएको छ । विभागमा कार्ड आएपछि झण्डै आधा अहिले नै छाप्नुपर्ने छ ।

    दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर)  र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।

  • आधा घण्टा परेको पानीले नै जलमग्न भएको बौद्धनाथ सडक

    आधा घण्टा परेको पानीले नै जलमग्न भएको बौद्धनाथ सडक

    काठमाडौमा आज दिउसोँ भएको भारी बर्षातले आधा घण्टामा नै सडक जलमग्न बनाएका छ । पानीको निकास ढलबाट हुन नसक्दा सडकमा पानीको मात्रा बढि हुन पुगी सवारीसाधनमा धेरै क्षति हने अवस्था देखियो । संलग्न केहि तस्बिर तथा भिडियो ।

    बौद्धनाथ सडकखण्डको हालत
    बौद्धनाथ सडक वरपर पार्क गरिएका सवारिसाधन डुबानको अवस्थामा
    टुसाल क्षेत्र