Category: Health

  • स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

    स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

    काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ ।
    मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन अघि बढाएका छौं, उनले भने, अब हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइ हुने व्यवस्था अनिवार्य गरिनेछ ।
    मन्त्री पौडेलले स्वास्थ्य बीमा संघ मात्र नभएर स्थानीय सरकारको समेत भएको बताए । स्वास्थ्य बीमा तीनवटै सरकारको हो, उनले भने, नागरिकको स्वास्थ्य उपचारका लागि तीनवटै सरकारले खर्च गर्ने रकम बीमा कोष बलियो बनाउन उपयोग गर्न आवश्यक छ । तीनवटै सरकार मिल्ने हो भने यो सम्भव छ ।


    मन्त्री पौडेलले हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने अपेक्षा गरे ।
    हरेक वर्ष बजेटमा रहेको ३ अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले यस वर्ष हामीले पटक पटक यसमा थप गरिसक्यौं, उनले भने, आगामी बजेटमा यसलाई १० अर्ब पुर्याइनेछ ।


    मन्त्री पौडेलले नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने प्रदुषण, सुर्ती, मदिरा आदिमा लगाइएको करको सानो अंश मात्र स्वास्थ्य बीमा कोषमा सिधै जाने व्यवस्था मिलाउन सकिएमा अहिलेको स्वास्थ्य बीमा कोष बलियो बन्ने बताए ।


    नागरिकलाई थप भार नपर्ने गरी कर रकम सिधै कोषमा लैजाने व्यवस्थाका लागि हामीले पहल थालेका छौं, उनले भने, यसलाई स्वास्थ्य मन्त्रालय मात्र नभै राज्यको कार्यक्रम ठानेर सुधार ल्याइने हो भने कोष बलियो बन्न सक्छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सक्छ ।


    यस्ता धेरै श्रोतहरु बीमा कोषमा ल्याउन सकिने चर्चा गर्दै मन्त्री पौडेलले राज्यको वेतन खाने कर्मचारीहरुका स्वास्थ्य बीमा कार्यक्रम स्वास्य बीमा कोषबाटै हुने व्यवस्था गरेर तलबको एक प्रतिशत नागरिक र बाँकी एक प्रतिशत राज्यले दिने व्यवस्था गर्ने योजना सार्वजनिक गरे ।


    मन्त्री पौडेलले स्वास्थ्य बीमा कोष अहिलेभन्दा बलियो बनाउन सकिने भन्दै स्वास्थ्यको समाजवाद यसबाट लागु गर्न सकिने विश्वास व्यक्त गरे ।


    डा. सम्भु आचार्य नेतृत्वको कार्यदलले गत पुष १६ गते प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तर(ा गरेको थियो । समितिमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला, विकास अर्थशास्त्री तथा हालका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसँगै स्वास्थ्य तथा अर्थ मन्त्रालयका अधिकारी सदस्य थिए ।


    समितिले तयार पारेको प्रतिवेदनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । मन्त्रालयले दुवै सार्वजनिक गर्दै कार्यान्वयनको चरणमा अघि बढिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

  • संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल

    संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

    नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउदै भन्नुभयो–‘संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास लिएको छु ।’


    राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रतात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्नुभयो ।


    उहाँले देशका दुरदराजहरूमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यो अवस्थालाई गंभीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकहरूको सेवा पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन म आह्वान पनि गर्दछु ।’


    राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको बताउदै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैंले अनुभव गरेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिनेक्रम बढ्नु चिन्ताको विषय भएको बताउदै यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनहरूमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलको भनाई थियो ।

    साे अवसरमा लिजेन्ड ईन मेडिसिनबाट डा गाैरीशंकरलाल दास, डा मृग्रेन्द्रराज पाण्डे, डा दिनेशनाथ गंगाेल, डा डिबि कार्की र डा सरस्वती पाध्येयलाई राष्ट्रपति पाैडेलले सम्मान गर्नुभएकाे थियाे ।

  • जुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै

    जुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै

    जुम्ला जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । यहाँको तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेका हुन् । 

    पालिकाका पाँच स्वास्थ्य चौकीमध्ये तीन वटा स्वास्थ्य चौकीको अघिल्लो तीन वर्षको सार्वजनिक तथ्याङ्कअनुसार करिब दुई सय बढी बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् ।

    तीन वर्षको तथ्याङ्क अनुसार जुम्लाकोट सबैभन्दा बढीले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका छन् । आव २०७९/८० मा ३७, आव २०८०/८१ मा ३३ र चालु आवको माघसम्म २६ जना बर्थिङ सेन्टरमा सुत्केरी भएका स्वास्थ्य चौकीका इञ्चार्ज विराजु जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही तीन वर्षभित्र १६ जनालाई ‘रिफर’ हो ।

    यस्तै तिला–९ मा रहेको रासा स्वास्थ्य चौकीमा आव २०७९/८० मा १९, आव २०८०/८१ मा १८ र चालु आवको माघसम्म छ जनाले सेवा लिएका स्वास्थ्य चौकीका इञ्चार्ज दत्त रावतले जानकारी दिनुभयो । उहाँका अनुसार दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । पालिकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको रासा स्वास्थ्य चौकीले जनाएको छ ।

    रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार आव २०७९/८० मा ४० र गत आवमा २२ जनाले बर्थिङ सेन्टरबाट सेवा लिएका छन् । चालु आवको माघसम्म सेन्टर बन्द हुँदा सुत्केरी सेवा लिनबाट बञ्चित भएका उहाँको भनाइ छ ।

    स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने प्रमुख लक्ष्य र सङ्कल्प रहेको स्वास्थ्य कार्यालयले बताएका छन् । “बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेका कुरुवालाई खानासहितको व्यवस्थापन गरिएको छ । भौतिक संरचनालाई प्रयोगमा ल्याएर सेवा प्रवाहलाई जनमुखी बनाइएको छ”, जुम्लाकोट स्वास्थ्य चौकीका इञ्चार्ज जिसीले भन्नुभयो । 

    उहाँका अनुसार स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन पालिकाको स्वास्थ्य शाखामा पुगेर औषधि ल्याउने गरिएको छ । जटिल अवस्थाका सुत्केरीलाई व्यक्तिगत लगानीमा सदरमुकाम पठाउने गरेको इञ्चार्ज जिसीले बताउनुभयो ।

    “पालिकाले स्वास्थ्य चौकीका लागि तोकेर आवश्यक बजेट विनियोजन गरेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा दिन वडा कार्यालय र स्थानीय सरकारले विशेष पहल गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।  

  • लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

    लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

    नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

    सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गर्नुभएको हो ।

    सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनुहुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

  • प्रोटिनको कमी पूरा यी शाकाहारी खानेकुरा खानुहाेस्

    प्रोटिनको कमी पूरा यी शाकाहारी खानेकुरा खानुहाेस्

    काठमाडौं, १४ फागुन । जब शरीरमा प्रोटिनको कमी हुन्छ तव तपाइको शरिर कमजोर हुन सक्छ । उसो भए प्रोटिनको कमीलाई कसरी पूर्ति गर्ने ? भन्ने सल्लाह दिदाँ धेरै मानिसहरूले अण्डा वा मासु खान सल्लाह दिन्छन्। 

    तर, मासु र अन्डा नहुदाँ शाकाहारी खानावाट पनि प्रोटिन पाइन्छ भन्ने कुरा जान्नु पनि उत्तिकै जरूरी छ । उसो भए जानौं न त, कुन खानेकुराहरू बढी मात्रामा प्रोटिनयुक्त रहेका छन, जसलाई तपाईंले आफ्नो खानपिनमा प्रोटीन परिपुर्तिका लागि समावेश गर्न सक्नुहुन्छ।

    त्यसैले ढिलो नगरी जानौं ती सुपर फूडका बारेमा, जसले मधुमेहका बिरामी र रगतमा चिनीको मात्रा नियन्त्रणमा रहने छन्।

    सोयाबिन
    सोयाबिन प्रोटिनको स्रोत प्रमुख मानिन्छ किनभने जसवाट तपाईले १०० ग्राममा लगभग २९ ग्राम प्रोटीन प्राप्त गर्न सक्नुहुन्छ।

    हरियो केराउ
    हरियो केराउ एक प्रकारको तरकारी हो, जसमा १०० ग्राममा करिब ९ ग्राम प्रोटिन हुन्छ।  रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन केराउमा म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ।

    चना
    चना एक प्रकारको दाल हो, जसको १०० ग्राममा करिब १९ ग्राम प्रोटिन हुन्छ। यसले मांसपेशी बलियो बनाउन पनि काम गर्छ।

    बदाम
    बदाम एक प्रकारको नट हो, जसको १०० ग्राममा लगभग २० ग्राम प्रोटीन हुन्छ। यसले तपाईको शरीरलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ।

    तोफु
    एक प्रकारको सोयाबिनको परिष्कृत उत्पादन हो, जसमा १०० ग्राममा लगभग २० ग्राम प्रोटिन हुन्छ।

    राजमा
    राजमा एक प्रकारको दाल हो, जसको १०० ग्राममा तपाईको शरीरले लगभग २२ ग्राम प्रोटिन प्राप्त गर्न सक्छ।

    क्वाटी 
    क्वाटी एक बिरुवामा आधारित प्रोटिन हो, जसले १०० क्वाटीमा लगभग २५ ग्राम प्रोटीन हुन्छ।

    नटस
    यी प्रोटिनको राम्रो स्रोत हो । जस्तो कि तपाईको शरीरले ३० ग्राम बदाममा ८ ग्राम प्रोटिन, ३० ग्राम ओखरमा ४ ग्राम प्रोटिन र ३० ग्राम हेजलनटमा ४ ग्राम प्रोटिन पाउन सकिन्छ । 

    यो ध्यानमा राख्नु महत्त्वपूर्ण छ कि प्रोटिन आवश्यकताहरू व्यक्तिको उमेर, लिङ्ग र शारीरिक गतिविधिमा धेरै भर पर्ने गर्छ । 

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अब ४ सय बेडमा

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अब ४ सय बेडमा

    काठमाडौं, ६ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।

    प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले रजिष्ट्रार प्रा. श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरु छलफलसहित स्वीकृत गरिएका हुन् ।

    प्रतिष्ठानले हाल तीन सय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा ४ सय बेडको शिक्षण अस्पताल निर्माण सम्बन्धी गुरुयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ । 

    बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी÷जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारी मध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णयसमेत गरेको छ । 

    यस्तै बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउने, कार्यकारी परिषद सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ । 

    प्रतिष्ठानको आर्थिक वर्ष २०७९÷०८० र २०८०÷८१ को बजेट तथा कार्यक्रम तततत सयममा सिनेट बैठक बस्न नसके पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश गरेका छन । 

    नियम, विधि र प्रक्रिया पूरा गरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान निर्देशन दिदैँ नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोड दिएका छन ।

    बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवहरुलगायत सहभागी थिए ।
     

  • स्वास्थ्यमन्त्री पौडेल कीर्तिपुर अस्पतालका  जलनपीडित बिरामीको उपचारबारे लिए जानकारी

    स्वास्थ्यमन्त्री पौडेल कीर्तिपुर अस्पतालका  जलनपीडित बिरामीको उपचारबारे लिए जानकारी


    काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् ।

    मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    काठमाडौं २८ कमलपोखरीस्थित एक म:म: आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीहरुको उपचार अवस्थाबारे जानकारी लिंदै मन्त्री पौडेलले बिरामीहरुका गुनासा सुने ।

    मन्त्री पौडेलले अस्पतालका अधिकारीहरुसँग अन्र्तक्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरे । सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौं, मन्त्री पौडेलले भने, सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।

    उनले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरु तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।

    मन्त्री पौडेलले भने, जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौं ।
    मन्त्री पौडेलले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समसया भोगेका बिरामीहरुको निःशुल्क उपचार भैरहेको छ ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चोधरी तथा जलन पीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो ।

    करिब १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

  • सामाजिक सुरक्षा कोषमा आबद्धले प्रतिष्ठानबाट उपचार पाउने

    सामाजिक सुरक्षा कोषमा आबद्धले प्रतिष्ठानबाट उपचार पाउने

    सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सेवाग्राहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुने भएको छ । 

    सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार प्रतिष्ठानबाट प्राप्त गर्नेगरी सम्झौता गरिएको हो । 

    सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सहज उपचार पहुँच पुर्‍याउने उद्देश्यले कोष र प्रतिष्ठानबीच सम्झौता भएको रजिष्ट्रार लम्सालले बताउनुभयो । सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि शल्यक्रियासम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।

    दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा पाँच हजार बढी व्यक्ति आबद्ध रहेका कोष कार्यालयले जनाएको छ । कोषमा आबद्ध व्यक्तिहरूको उपचार गर्नेगरी देशैभरिबाट पहिलोपटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भएको हो । 

    कोषमा वैदेशिक रोजगारमा गएका व्यक्ति, विभिन्न बैंक तथा कम्पनीका सुरक्षा गार्ड कम्पनीमा आबद्ध सुरक्षा गार्ड, कर्मचारीलगायत आबद्ध रहँदै आएका छन् । यसअघि घोराहीको मितेरी हस्पिटलबाट उपचार हुँदै आएकामा अब विशेषज्ञ सेवासहित कोषमा आबद्ध भएका व्यक्ति उपचार प्रतिष्ठानबाट हुनेछ । 

    कोषमा आबद्ध बिरामीले अनलाइनमार्फत बिरामी भर्ना, औषधि, उपचार खर्चलगायत विवरण बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुने कोष कार्यालयले जनाएको छ ।

  • कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ?

    कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ?

    काठमाडौं, १९ पुस । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ ।

    जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ ।

    कफी र ग्रीन टीको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर धेरैजसो मानिसहरु ग्रिन टी वा कफी कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ भन्ने अन्योलमा हुनुहुन्छ भने यो लेख तपाईको लागि हो। 

    केही समय अघि जेएसिसि (जापान कोलाबोरेटिभ कोहोर्ट स्टडी फर इभ्यालुसन अफ क्यान्सर रिस्क) को अध्ययन अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित भएको थियो। यस अध्ययनमा १८ हजार मानिसले सहभागीता जनाएका थिए । १२ वर्षसम्म चलेको यो अध्ययन मार्फत अनुसन्धानकर्ताहरूले कफी वा ग्रीन टी स्वास्थ्यका लागि बढी फाइदाजनक छ कि भनेर पत्ता लगाउने प्रयास गरेका थिए । यस अध्ययनमा शोधकर्ताहरूले पत्ता लगाए कि कफीमा करिब ९५ देखि २०० मिलीग्राम क्याफिन पाइन्छ।

    उही अवस्थामा ग्रीन टीमा क्याफिनको मात्रा ३५ मिलीग्राम हुन्छ। यसको मतलब कफीमा ग्रिन टीको तुलनामा करिब ३ गुणा बढी क्याफिन हुन्छ। अत्यधिक क्याफिनका कारण उच्च रक्तचापको समस्या भएकाहरूका लागि कफीको सेवन हानिकारक हुन सक्छ। जबकि ग्रीन टी मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ । साे अध्ययनका अनुसार ग्रीन टीमा पाइने पोलिफेनोल नामक तत्वले क्याफिनको हानिकारक प्रभावलाई हटाएर स्वास्थ्यका लागि बढी फाइदाजनक बनाउँछ ।

    ग्रीन टी र कफी दुबैका अनगिन्ती फाइदाहरू
     

    मुटुका लागि फाइदाजनक हुनुका साथै ग्रीन टीमा अन्य धेरै स्वास्थ्य लाभहरू छन्। यो दैनिक पिउनाले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढ्छ। मस्तिष्क विकासमा सहयोगी साबित हुनेछ। यसको सेवनले मधुमेहलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । यसका साथै कफीका धेरै फाइदा पनि छन् । कफीले ऊर्जाको स्तर बढाउन मद्दत गर्छ। मस्तिष्क कार्य सुधार गर्दछ। यो मुटुका लागि पनि फाइदाजनक हुन्छ तर उच्च रक्तचाप भएमा यसलाई पिउनु हुँदैन ।
     

  • थप एक नेपालीमा मङ्किपक्स पुष्टि

    थप एक नेपालीमा मङ्किपक्स पुष्टि


    काठमाडौँ, १५ पुसः थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आउनुभएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराउनुभयो ।

    उहाँले भन्नुभयो, “थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।”

    गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किनुभएको थियो । यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।

    मङ्किपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, ¥याल, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।