Author: Nabin Bhattarai

  • काठमाडौँमा डिग्रीधारी प्रहरी पनि तालिममा सहभागी

    काठमाडौँमा डिग्रीधारी प्रहरी पनि तालिममा सहभागी

    काठमाडौँ :
    आगमी निर्वाचनका लागि काठमाडौँमा ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् । तीमध्ये ६ जना स्नातकोत्तर (पोष्टग्राजुएट) र ३५ जना स्नातक उतीर्ण उत्तीर्ण रहेका छन् ।

    नेपाल प्रहरी प्रवक्ता डिआईजी अभि नारायण काफ्लाका अनुसार माघ १८ देखि भर्ना भएका प्रहरीहरुको १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक व्यायाम, सलामी अभ्यास र सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता प्रशिक्षण दिइँदैछ ।

    नेपाल प्रहरी अहिलेसम्म १ लाख ३३ हजार ९८० र सशत्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी छनौट गरिसकेको छ । देशभर कति डिग्रीधारीहरु भर्ना भएका छन् भन्ने विवरण संकल भइरहेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी कौशल बुढाथोकीका अनुसार, काठमाडौँमा भर्ना भएका डिग्रीधारी प्रहरीहरुले तालिमपछि निर्वाचनको सुरक्षामा खटिने तयारीमा छन् । यस पटक कुल १ लाख ४९ हजार ९० प्रहरी निर्वाचनमा खटिने तयारीमा छन् ।

  • त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी घुससहित पक्राउ

    त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी घुससहित पक्राउ

    काठमाडौँ :
    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा पर्नेमा भन्सार अधिकृत न्यौपाने, गोश्वारा हुलाक कार्यलय निकासी शाखामा कार्यरत नायक सुब्बा छविप्रसाद रिजाल र कार्यलय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन् ।

    अख्तियारका अनुसार कुरियर सेवामार्फत विदेश पठाइने सामाग्री सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस असुल गरेको उजुरीपछि निगरानी बढाएको थियो । सोही आधारमा टंगालबाट खटिएको टोलीले उनीहरुलाई डिल्लिबजार स्थ्ति गोश्वारा हुलाक कार्यलयबाट नियन्त्रणमा लिएको हो ।

    अनुसन्धानका क्रममा उनीहरुको कार्यकक्ष, डेरा तथा साथबाट घुस र स्रोत नखुलेको गरी कुुल २ लाख ६८ हजार २८८ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ । साथै, घटनसँग सम्बन्धित २३ थान मोबाइल फोन पनि नियन्त्रणमा लिएको छ ।

    अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बरामद रकम कर्मचारीहरुबीच बाँडफाँट हुनु अगावै नियन्त्रणमा लिइएको हो । घटना सम्बन्धी थप प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

  • रवि लामिछानेको राहदानी विवाद सर्वोच्चमा सुनुवाइ

    रवि लामिछानेको राहदानी विवाद सर्वोच्चमा सुनुवाइ

    काठमाडौँ :
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतका इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    तत्कालीन महान्याधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेपछि युवराज पौडेल (सफल) ले त्यसविरुद्ध रिट दायर गरेका थिए । उनले लामिछानेले राहदानी ऐनविपरीत नागरिकता विवरण प्रयोेग गरेको दाबी गरेका छन् ।

    अदालतले यसअघि फाइल मगाउने आदेश दिइसकेको छ भने अहिले अन्तिम सुनुवाइ प्रक्रिया अघि बढेको छ । यस मुद्दाको निर्णयले लामिछानेको राजनीतिक भविष्यमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

  • अमेरिकाको आक्रमणले क्षेत्रीय युद्ध भड्किन सक्ने खामेनीको चेतावनी

    अमेरिकाको आक्रमणले क्षेत्रीय युद्ध भड्किन सक्ने खामेनीको चेतावनी

    काठमाडौँ :
    इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरेमा मध्यपूर्व क्षेत्रमा ठूलो स्तरको युद्ध सुरु हुन सक्ने चेतावनी दिएका छन् ।

    इरानको पारमाणविक कार्यक्रम र सरकारविरुद्धका प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तर दबाब दिँदै आएका छन् । यसका कारण खाडी क्षेत्रसहित मध्यपूर्वमा तनाव बढ्दै गएको छ ।

    इरान वरपर अमेरिकाले सैनिक गतिविधि बढाइरहेका बेला खामेनीको यो भनाइ सार्वजनिक भएको हो । उनले अमेरिकाको धम्कीबाट इरान नडराउने स्पष्ट पारेका छन् ।

    यसैबीच नेपाल सरकारले इरानमा रहेका नेपालीलाई सतर्क रहन र आवश्यक परे स्वदेश फर्कन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । इरान जाने कार्यक्रमसमेत स्थागित गर्न अनुरोध गरिएको छ ।

    यसैबीच नेपाल सरकारले इरानमा रहेका नेपालीलाई सतर्क रहन र आवश्यक परे स्वदेश फर्कन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । इरान जाने कार्यक्रम समेत स्थिगित गर्न अनुरोध गरिएको छ ।

    तनावका बीच कतारलगायत देशले कूटनीतिक पहल मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् । दुबै पक्षबीच वार्ताका लागि वातावरण बनाउन प्रयास भइरहे पनि ठोस सहमति भने हुन सकेको छैन ।

    विश्लेषकहरुका अनुसार यदि अमेरिका र इरानबीच सैन्य दून्दू चर्कियो भने त्यसको असर सम्पूर्ण क्षेत्र तथा विश्व राजनीतिमा पर्न सक्नेछ ।

  • इरानमा रहेका नेपालीले छिटो फर्किनू, जाने तयारी स्थगित गर्नुस् : परराष्ट्र मन्त्रालय

    इरानमा रहेका नेपालीले छिटो फर्किनू, जाने तयारी स्थगित गर्नुस् : परराष्ट्र मन्त्रालय

    काठमाडौँ :
    सरकारले इरानमा रहेका नेपालीलाई सकेसम्म चाँडो स्वदेश फर्किन र इरान जाने योजना स्थगित गर्न आग्रह गरेको छ ।

    परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको ट्राभल एड्भाइजरी अनुसार, अमेरिका–इरान तनाव बढेपछि त्याहाँको अवस्था सामान्य नहुँदासम्म भ्रमण स्थगित गर्न सल्लाह दिइएको हो ।

    इरानमा बसोबास वा रोजगारीमा रहेका नेपाली नागरिकलाई आफ्नो पासपोर्ट, परिचयपत्र लगायत आवश्यक कागजात सहजै उपलब्ध हुने ठाउँमा राख्न पनि मन्त्रालयले भनेको छ ।

    थप जानकारी र समन्वयको लागि काठमाडौँस्थित परराष्ट्र मन्त्रालय र दोहास्थित नेपाली दूतावाससँग सम्पर्कमा रहन सुझाव दिइएको छ । हाल इरानमा रहेका नेपालीको ठ्याक्कै संख्या भने उपलब्ध छैन ।

  • नेपाल सेयर बजार १९ अंकले घट्यो, ९ अर्बको कारोबार

    नेपाल सेयर बजार १९ अंकले घट्यो, ९ अर्बको कारोबार

    काठमाडौँ :
    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा कायम भएको हो ।

    यस दिन ३२९ कम्पनीका करिब २ करोड २० लाख कित्ता सेयर ९ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

    कारोबारका क्रममा कुनै पनि कम्पनी सकारात्मक सर्किटमा पुग्न सकेन । मिथिला लघुवित्तको सेयर सबैभन्दा बढी ९.७० प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घट्यो ।

    कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा कायम भयो । बजारमा जम्मा ५० कम्पनीको मुल्य बढ्दा २०१ कम्पनीको मुल्य घटेको छ भने ९ कम्पनी स्थिर रहे ।

    १२ समूह मध्ये व्यापार (ट्रेडिङ) समूह बाहेक सबै समूहको सूचक घटेको छ ।

  • भारतीय बजेटमा नेपाललाई ८ अर्ब भारु अनुदान

    भारतीय बजेटमा नेपाललाई ८ अर्ब भारु अनुदान

    काठमाडौँ :
    भारत सरकारले आर्थिक वर्ष २०२६/०२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । आइतबार भारतीय संसद्मा अर्थमन्त्री निर्मला सीतारमणले वार्षिक बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएकी हुन् ।

    बजेट अनुसार, नेपाललाई गत वर्षसरह नै सहयोग रकम उपलब्ध गराइनेछ । चालु अर्थिक वर्षमा भने भारतले संशोधित अनुमान अनुसार ८ अर्ब ३० करोड रुपैयाँ अनुदान दिएको थियो ।

    छिमेकी मुलुकहरुमध्ये भारतले सबैभन्दा बढी सहयोग भुटानलाई दिने जनाएको छ । भुटानलाई २ खर्ब २२८ करोड रुपैयाँ अनुदान दिइनेछ । त्यस्तै, माल्दिभ्स, म्यानमार, श्रीलंका, अफगानिस्तान, बंगलादेश, अफ्रिकी देशहरु र मंगोलियालाई पनि विभिन्न रकम सहयोगका रुपमा विनियोजन गरिएको छ ।

    नेपाललाई प्रदान गरिने यो अनुदान भारतीय बजेटमार्फत विनियोजन गरिएको हो ।

  • बालेनको प्रचारमा खटिएका पत्रकार सिटौलाको निधन

    बालेनको प्रचारमा खटिएका पत्रकार सिटौलाको निधन

    काठमाडौँ
    आगमी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्री उम्मेदवार बालेन्द्र (बालेन) शाहको प्रचारमा खटिएका चलचित्र पत्रकार दिनेश सिटौला को ४५ वर्षको उमेरमा निधन भएको छ ।

    सिटौला अछाममा प्रचारका क्रममा अचानक बेहोस भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो । ग्रान्डी अस्पतालमा १२ः४५ बजे उनको निधन भएको पुष्टि भएको छ ।

  • हेटौँडा सडक विवादमा अदालतको पेसी

    हेटौँडा सडक विवादमा अदालतको पेसी

    काठमाडौँ :
    हेटौँडा बजार क्षेत्रमा सडक विस्तार विवादमा सर्वोच्च अदालतले सुनुवाइको लागि पेसी तोकेको छ । यो सुनुवाई आठौँ पटक हुँदैछ ।

    रास्वपा नेतृ विन्दवासिनी कंसाकारसहित ६ जनाले सडक विस्तारले सम्पत्ति अधिकारमा असर पुर्याएको भन्दै रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासले सुनुवाइको मिति तय गरेको हो ।

    अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश र मिसिल फाइल झिकाउने आदेशसमेत जारी गरिसकेको छ ।

  • रेशम चौधरीको उम्मेदवारी रिट सर्वोच्चमा सुनुवाइ

    रेशम चौधरीको उम्मेदवारी रिट सर्वोच्चमा सुनुवाइ

    काठमाडौँ :
    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आइतवार भएको छ ।

    सुनुवाइ वरिष्ठतम न्यायधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तय भएको हो । निर्वाचन अधिकृतले जन्मकैद सजाय प्राप्त, राजनीतिक दल सदस्य आयोग्य र कैद मफि भए पनि सजाय कायम भएको आधारमा उम्मेदवारी खारेज गरेको थियो ।

    २०७९ को चुनावमा पनि चौधराको उम्मेदवारी खारेज भएको थियो । उनको बुवा लालवीर चौधरी पछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।