Blog

  • सवारीचालक लाइसन्सको कार्ड नेपाल आईपुग्दै

    सवारीचालक लाइसन्सको कार्ड नेपाल आईपुग्दै

    केहि समयदेखि प्राविधिक समस्याका कारण छपाई रोकिएको सवारी चालक अनुमतिपत्रको छपाई कार्ड एकदेखि डेढ महिनाभित्रमा नेपाल आइपुग्ने भएको छ ।

    लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर) मा कार्ड नमिलेका कारण कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड आउनुपर्ने विभागले जनाएको छ । विभागमा कार्ड आएपछि झण्डै आधा अहिले नै छाप्नुपर्ने छ ।

    दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर)  र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।

  • राजीनामा स्वीकृत उद्योगमन्त्री हमालको

    राजीनामा स्वीकृत उद्योगमन्त्री हमालको

    प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । 

  • लुम्बिनीमा कांग्रेस र माओवादीले टुंगाए मन्त्रीको नाम

    लुम्बिनीमा कांग्रेस र माओवादीले टुंगाए मन्त्रीको नाम

     लुम्बिनी प्रदेश सरकारमा कांग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ ।कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन् ।यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निर्णय कांग्रेसले गरेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

    यस्तै माओवादी केन्द्रबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो यसअघि नै लागेको थियो ।

  • भाजपाको निम्तोमा काँग्रेसको टोली भारत जाँदै

    भाजपाको निम्तोमा काँग्रेसको टोली भारत जाँदै

    नेपाली कांग्रेसको एक समूह बिहीबार भारत जाने भएको छ। भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतका  साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन्।

  • भजन – शिव शिव सत्य

    भजन – शिव शिव सत्य

    यस भजनका बारेमा केहिः

    शब्दः ई. कुमार भट्टराई
    स्वरः कर्मा ग्याल्जेन बम्जन
    संगितकारः बिजु बज्र
    एल्बमः शिव लिला

    शिव शिव सत्य

    कहिले घाम कहिले पानी
    बिति जाने यो जिन्दगानी
    मोजै मोज र भोजै भोजको
    यो जवानी
    अध्यारोमा लाने साथी अनिकानि
    सत्य शिव शिव सत्य
    सत्य शिव शिव सत्य

    सत्य युग शिव शिव सत्य मै बित्यो
    भूत प्रेत पिचास शिव मै भुल्यो
    त्रेता युग रावणले थिच्यो थिच्यो थिच्यो
    सिताको त्यो माया रामले नै रोज्यो
    रामले नै रोज्यो
    राम
    हरे हरे राम
    हरे राम हरे राम
    हरे हरे राम
    हरे राम हरे राम

    युग युग जिवन राख्न कृष्ण जगायौ
    माया प्रेमको अवतारी कृष्ण भनायौं
    द्धापरमा कौरवले थिच्यो थिच्यो थिच्यो
    द्रोपतीको लाज कृष्णले नै छोप्यो
    कृष्णले नै छोप्यो
    कृष्ण
    हरे हरे कृष्ण
    हरे कृष्ण हरे कृष्ण हरे
    हरे कृष्ण हरे कृष्ण हरे
    कृष्ण

    कलि युग निच कर्म पाप भित्रिए
    हाड छाला, माता पिता, संस्कार सिद्धिए
    कलि युग पृथ्वी नै आज हो कि भोली
    जीवनको आशा शिवलाई नै रोजि
    शिवलाई नै रोजीे
    शिव
    शिव शिव सत्य
    शिव शिव सत्य

  • यता फर्किए पनि तिमी देख्छु

    यता फर्किए पनि तिमी देख्छु

    यता फर्किए पनि तिमी देख्छु
    उता फर्किए पनि तिमी देख्छु
    सिरक भित्र लुकेर निदाउन खोज्छु
    सिरक भित्र तिमी नै सल्बलाएको भेट्छु
    निदाउन नसकेर आँखा बन्द गर्न खोज्छु
    मष्तिस्कको पर्दामा पनि तिमीलाई देख्छु

    हरेक सास र मुटुको घड्कनमा तिमी भेट्छु
    सायद मेरो नशामा तिमी सल्बलाउदा मेरो मुटु धड्कन्छ,
    भनन अब म के गरु, न बाच्न सक्छु न हास्न सक्छु
    तिमी बिना बाचु भने, जीउदो लास पो हुन्छु

    पिउन खोज्छु पानी जब पानीमा नि तिमी भेट्रछु
    तारा हेर्छु आकाशमा, तारामा नि तिमी देख्छु
    भनन अब म के गरु, न बाच्न सक्छु न हास्न सक्छु
    तिमी बिना बाचु भने, जीउदो लास पो हुन्छु

    कुमार भट्टराई

  • ब्रम्ह मुहर्त

    ब्रम्ह मुहर्त

    ब्रम्ह मुहर्त भन्नाले सुर्य उदाउनु भन्दा केहि समय पूर्व लाई बुझिन्छ । ब्रम्ह मुहर्तलाई शुसुुप्ति पछिको मुहर्त पनि भनिन्छ । ‘The Creatour′s Hour’ को रुपमा पनि यस मुहर्तलाई चिनिन्छ । महर्षि मनु ले ब्रम्ह मुहर्तलाई दिमाग अवचेतन अवस्थामा हुने भएकाले वेद अध्ययन गर्ने समय भनेर लेखेका छन् ।
    दिनभरको समयमा हामी कोलाहल, अशान्तमा रहन्छौ । कोलाहलका कारण हाम्रो शरीरमा रक्क्तचाप बढ्ने गर्दछ र दिमाग ठिक सँग ध्यान, मन लगाउन सक्दैन । ब्रम्ह मुहर्तमा उठ्ने बानि गर्नाले यस्तो समस्या बाट पार पाउन सकिन्छ ।

    ब्रम्ह मुहर्तमा किन उठ्नु आवश्यक छ ?
    ब्रम्ह मुहर्तको समय हाम्रो Solar System याने कि सौर्य मण्डलको ग्रहहरुबाट पृथ्वीको महालंगुर हिम शृङ्खला लगायत नेपाल भुमिमा सकारात्मक उर्जा धेरै हुन्छ । साथै २८ नक्षत्र तथा ब्रम्हाण्डबाट प्राप्त हुने Cosmic उर्जाको सकारात्मक प्रभाव समेत बढि रहन्छ । ३ बजेर २० मिनेट देखि बिहान सूर्य उदाउने समय सम्मको समयलाई ब्रम्ह मुहर्त पनि मान्न सकिन्छ ।

    यस मुहर्तमा पृथ्वीमा लगभग ४१ प्रतिशत अक्सीजन र ४ प्रतिशत कार्बोनडाइअक्साइड रहन्छ । वातावरणीय हिसाबले पनि यो समय स्वच्छ हुने भएकोले ब्रम्ह मुहर्तमा उठ्नाले तेज दिमाग र शक्ति प्रदान गर्दछ ।

    दिनको समयमा सब जीवको दिमागले केहि न केहि सोचिरहेको हुन्छ । सबै मानिसले सोचेका सोच,विचार ब्रम्हाण्डमा पुग्छ भन्ने मान्यता छ । यस्तो बेलामा गरिएको सोच ययार्थमा बदलिने सम्भावना कम हुन्छ । यदि ब्रम्ह मुहर्तमा सबै निदाइरहेको हुन्छन् र ब्रम्हाण्डको Frequency level कम हुन्छ र सोचेको कुरा जीवनमा लागु हुने सम्भावना बढि रहन्छ ।

    आर्युवेदका अनुसार बेलुका २ बजेदेखि ६ बजेसम्म र बिहान २ बजेदेखि ६ बजे बिच हाम्रो शरीरमा वाता ( वायु, अन्तरीक्ष) शक्ति रहन्छ । जसले गर्दा ध्यान दिन सक्ने क्षमता, सिर्जनशीलता, केन्द्रिकृत गर्ने क्षमता बढि हुने हुनाले दिमागि काम बढि गर्नु उत्तम हुन्छ ।

    युक्तहारा वितारस्यः युक्त चेस्टस्यः कर्मसु ।
    युक्तः स्वप्नभा बोदस्य योगा भवतिः सुख ।।

    आहार विहार, रहनसहन, दैनिक गतिविधि उत्तम छ, राति राम्रो निन्द्रा लिन्छ र बिहान सबेर उठ्छ भने त्यो मानिस दुखबाट मुक्त हुन्छ , गरिबी घट्दै जान्छ ।


    ब्रम्ह मुहर्तमा उठेर फेरि सुत्न हुन्छ कि हुदैन ?
    हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ – पृथ्वी, जल, अग्नी, वायु र आकास । यी पाचँ तत्व मिलेर हाम्रो शरीरको तिन मुख्य शक्ति बन्दछ ।
    वाता – वायु , अन्तरीक्ष
    पिता – अग्नि
    कपा – पृथ्वी र पानी
    आर्युवेदका अनुसार बिहान चाडै उठेर फेरी सुतेमा शरीरको वाता , पिता र कपा को सन्तुलन बिग्रन सक्छ । शरीरमा वाताको मात्रा बढेर शरीर र दिमाग दिनभर निश्त्रिय रहन्छ ।

    अन्तिम प्रहर अर्थात ब्रम्ह मुहर्तमा देखिएका सपना पुरा हुन्छन् कि हुदैनन् ?
    अन्तिम प्रहरमा हाम्रो मन अनियन्त्रीत हुदैन । चेतनाले नुहाएका कारणले चेतनाको चैतन्यताको प्रभाव मनमा पर्छ । मन नियन्त्रीत हुन्छ र देखिएका सपनाहरु भविष्यमुखी हुन्छ । ति सपनाहरुले भविष्यमा घट्न सक्ने घटनाको बारेमा सङ्केत गर्दछ ।

    पूर्विय सभ्यताको शास्त्रहरुमा आफ्नो दर्शन यो हिमवत खण्डलाई आधार मानेर निमार्ण गरिएको विज्ञान हो । जस्तैः हामी नेपाल भूमीमा रहदा उत्तर दिशामा सिरानि पारेर शयन गर्नु हुदैन । पृथ्वीको चुम्वकीय धारका अनुरुप मानवको पनि चुम्बकीय धार मिलाउनु पर्ने भएकोले नेपाल भूमीमा उत्तर सिरानी पारेर सुत्न मिल्दैन । तर यदि तपाई अष्ट्रेलियामा हुनुहुन्छ भने उत्तर दिशामा सिरानी बनाएर सुत्न सक्नु हुन्छ । यस्तै ब्रम्ह मुहर्त पनि भुगोल अनुसार फरकफरक हुन सक्दछ । पृथ्वीको चुम्बकिय धारका बारेमा हामी फेरी अर्को कुराकानीमा व्याख्या गर्ने छौ ।

    लेखक तथा सम्पादक– ई कुमार भट्टराई

  • प्रधानन्यायाधीशले डाके पूर्ण बैठक

    प्रधानन्यायाधीशले डाके पूर्ण बैठक

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण बैठक बोलाएका छन् । मन्त्री परिषदमा कोटा खोजेको विषय बाहिर आएपछि प्रधानन्यायाधीश जबराले पूर्ण बैठक डाकेका हुन् । बैठक १ बजे बस्ने सर्वोच्च अदालतले जनाएको छ ।

  • सांखु एउटा पुरानो सहर

    सांखु एउटा पुरानो सहर

    सांखु एउटा पुरानो सहर हो । यो काठमाडौं देखि १७ कि.मी उतर पूर्वमा रहेको छ । ऐतिहासिक सहर सांखु आज भन्दा करिब ३३ सय वर्ष पहिले पूर्वीय सभ्यता अनुसार आजकालको स्माट्र सिटी भनेर बुझिने शैलिमै ९ वटा प्रवेश ढोका समेत निर्माण गरी बनाएको सहर हो । ईतिहासको उताब चडाबसंगै ९ वटा ढोका मध्ये ४ वटा ढोका हाल पनि सुरक्षित भेटिन्छ । अन्य ढोकाहरु अनुसन्धनकै क्रमा छन् । यी ४ ढोकाहरु हाल पनि सास्कृतीक परम्पराका रुपमा रहनुको कारण यहांको नेवार समुदायले संरक्षण गर्नुनै हो । पहिलो ढोका बिभिन्न रथ , भगवानका मुतिहरु तथा दैवि सास्कृतीक परम्परालाई निरन्तरता दिन प्रयोग हुन्छ , दोस्रो ढोका छोरीको विवाह गर्दा दुलही विदाई गर्ने , तेस्रो ढोका बुहारी भित्राउने र चौथो ढोका मानिसहरुको मृत्यु हुदा दाहा संस्कारका लागि सहर बाहिर लैजाने क्रममा प्रयोग हुन्छ ।
    माथि उल्लेखित कुराहरुको आधिकारिक र वैज्ञानिक खोजअझै पनि जारि रहेको विज्ञहरु बताउछन् । हामी केहि पश्चात सांखु सहरको थप सूचना प्रकासित गर्ने छौ । आजभोलि सांखुलाई शंखरापुर नगरपलिका भनेर नाम राखिएको छ।

  • हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी हुने

    हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी हुने

    काठमाडौं – ज्योतिषविद्याले भविष्यमा हुने शुभाशुभ घटनाको जानकारी दिने बताइन्छ । हस्तरेखा ज्योतिषमा हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी गर्न सकिन्छ ।

    भारतको उज्जैनकी हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार, हत्केलामा साना रेखाहरूको निशानले व्यक्तिको सौभाग्य बढाउँछ । हत्केलामा यस्तो शुभ चिह्न हुने व्यक्तिले सुखसुविधा र मानसम्मान प्राप्त गर्छन् । यस्तै एक शुभ चिह्न त्रिशूल पनि हो ।

    शुक्र पर्वतमा त्रिशूल भएमा व्यक्तिले जीवनमा साँचो प्रेम पाउँछ । यस्तो व्यक्तिले अरूको भावना बुझ्छ । शुक्र पर्वत बूढी औंलाको ठीकमुनि हुन्छ र जीवनरेखाले यसलाई घेरेको हुन्छ ।

    कसैको हत्केलामा रहेको मंगल पर्वतमा त्रिशूल भएमा व्यक्ति कडा मेहनत गरेपछि धनी हुन्छ । मंगल पर्वत हत्केलामा दुई ठाउँमा हुन्छन् । एक मंगल पर्वत गुरु पर्वत र शुक्र पर्वतको बीचमा हुन्छ अनि अर्को चाहिँ चन्द्र पर्वत र बुध पर्वतको बीचमा हुन्छ ।

    चन्द्र पर्वतमा त्रिशूल छ भने व्यक्ति कल्पनाशील र रचनात्मक हुन्छ । यो पर्वत बूढी औंला र शुक्र पर्वतको ठीकअघि हत्केलाको अर्कोपट्टि हुन्छ । कान्छी औंलाको मुन्तिर बुध पर्वत हुन्छ । बुध पर्वतमा त्रिशूल भएमा व्यक्ति बुद्धिमान हुन्छ र बुद्धि खियाएर धनी बन्छ । गुरु पर्वतमा त्रिशूल भएमा व्यक्ति सफलताका साथै प्रसिद्धि प्राप्त गर्दछ । यो चोर औंलाको मुन्तिर हुन्छ । माझी औंलाको मुन्तिर शनि पर्वत हुन्छ । शनि पर्वतमा त्रिशूल भएमा व्यक्ति ज्ञानी र धनी हुन्छ ।