Japan's ruling Liberal Democratic Party's leader Fumio Kishida arrives at the party's headquarters in Tokyo Monday, Oct. 4, 2021. Japan's Cabinet and leader Yoshihide Suga resigned Monday, paving the way for Parliament to elect Kishida as the new prime minister, tasked with quickly tackling the pandemic and security challenges before an imminent national election. Fumio Kishida has formally taken office as Japan's new prime minister, succeeding Yoshihide Suga who resigned after just one year in office. Fumio Kishida won the race to lead Japan's ruling Liberal Democratic Party (LDP) last week.
अहिले मानिसको जीवनशैली एकदमै व्यस्त छ । त्यसैले प्रायले व्यायाम गरेको पाइँदैन । यसले सबैभन्दा ठुलो असर निन्द्रामा पार्छ ।
हामी दिनभर काम गर्दा मस्तिष्क थाकिरहेको हुन्छ । यस्तो अवस्थामा कुनै शारीरिक क्रियाकलाप नगर्दा स्टोमेनिया स्लिप डिसअर्डर लगायतका समस्या निम्तिन्छ । व्यायामको अर्को महत्वपूर्ण काम भनेको मुडमा परिवर्तन हो । व्यायामले मुडलाई ब्यालेन्स गर्ने काम गर्छ, जसले मानिसमा हुने तनाव कम गर्न भुमिका खेल्छ ।
योजना बनाई नियमित व्यायाम गर्दा मानिस खुसी हुन पनि सहयोग पुग्छ ।
व्यायामले सेन्स अफ कन्ट्रोलमा ठुलो भूमिका निर्वाह गर्छ । यसले शरीर र सेन्स दुवैलाई नियन्त्रणमा राख्ने काम गर्छ । व्यायामले निर्णय लिने क्षमतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ , जसलाई हामी कोपिङ भन्छौँ । यसले हरेक परिस्थितिसँग जुध्ने क्षमता पनि प्रदान गर्छ ।
मानिसले कुनै न कुनै लक्ष्यप्राप्तीका लागि काम गरिरहेको हुन्छ । नियमित व्यायामले लक्ष्यप्राप्तिमा पनि अहं भूमिका खेल्छ । खासगरी अस्वस्थकर जीवनशैली ,अल्छीपना, ढिलो सुत्ने÷उठ्ने खालको दैनिक भएका मानिस र नियमित व्यायाम गर्ने मानिसको सोचाइमै फरक पर्न जान्छ । कतिपय मानिसमा अत्यन्तै क्षमता भए पनि सामाजिक हुन भने सकिरहेका हुँदैनन् ।
जसले जुनकुनै पेसामा पनि असर पु¥याउन सक्छ । खासगरी एरोबिक जिम डान्स वा जेसुकै गर्दा होस् यसले मानिसलाई बिस्तारै सामाजिक रुपमा घुलमेल हुन सहायोग पु¥याउँछ । व्यायामले मसल्समा भएका टेन्सनलाई रिड्युस गरेर रिल्याक्स बनाउन सघाउ पु¥याउँछ ,जसले गर्दा एक्सरसाइजले सकारात्मक सोचाइको विकास हुन्छ ।
गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन् ।
शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा ७ जना रहेका छन् ।
सामान्य स्वास्थ्य समस्याका लागि समेत डाक्टरकोमा गएर चेकअप तथा उपचार गराउने जम्मा ३० प्रतिशत मात्र रहेका छन् ।
औषतमा सबै बेलायतीहरु अहिले दुई तिहाइ जिवाणु तथा रोगविमारहरुको उपचार कुनै व्यवसायिक चिकित्सा उपचार विना आफै गर्नसक्ने विश्वास राख्दछन् ।
फ्युचर यू नामक संस्थाले गरेको अध्ययन अनुसार धेरै मानिसहरु इन्टरनेटमा विभिन्न खाले रोगहरुका बारेमा जानकारी लिने, अध्ययन गर्ने गरी स्वास्थ्यका विषयमा जागरुक हुने गरेका छन् ।
त्यस्तै विगतमा ७५ प्रतिशत बेलायतीले घरायासी विधिबाट रोगको रोकथाम गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
७० प्रतिशत मानिसहरु आफ्नो खानपानमा एक वा केही पटक परिवर्तन गर्दा आफ्नो स्वास्थ्या सुधार आएको विश्वास गर्दछन् र खानपान परिवर्तनको कौशल सिकनका लागि पनि इन्टरनेटको सहारा लिन्छन् ।
शोधले के देखाएको छ भने गुगलमा खोजेर आफ्नो रोग आफै पत्ता लगाउने मध्ये एक तिहाइले मात्र आफुले आफुलाई देखिएको रोगका लक्षणहरुको बारेमा यसअघि नै इन्टरनेटमा खोजतलास गरिसकेको कुरा डाक्टरलाई बताउँछन् ।
Oxygen production has been started at Damauli Hospital in Tanahu district headquarters. Oxygen production has been started from the completed plant in the hospital. “The work of installing the oxygen plant at the hospital had started eight months ago. As the installation has finished, oxygen production has started,” said Damauli Hospital Management Committee Chairperson Pradipraj Adhikari, adding that installation of the oxygen plant was possible with the assistance of the province government. The bed is connected through an oxygen pipeline produced by the plant. “The pipeline has been extended so that oxygen can reach every bed,” he said. According to hospital medical superintendent Dr Sunil Poudel, the plant was installed at a cost of around 5.3 million rupees.
१७ असोज, आइतबार, काठमाडौं । विधान महाधिवेशनको हलमा आज पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ ।‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ’, महाधिवेशन मुल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजदेखि माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली समर्थकका लागि साफका खेल प्रत्यक्ष प्रसारण गर्न प्रयत्न गरे पनि सफल हुन नसकेको जनाएको छ।
एन्फाले गत असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो। एन्फाले प्रत्यक्ष प्रसारणको अधिकार किन्नका लागि न्यूनतम ४० लाख रुपैयाँ मूल्य तोकेको थियो।
आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ। गोदावरीको सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो।
केही समयअघि च्यासलमा भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव बिष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा २ जना उपमहासचिव राख्ने व्यवस्था गरिएको थियो। नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ।
शुक्रबारदेखि सुरु हुदै गरेको एमालेको विधान महाधिवेशनमा एमाले नेता प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसला गरेपछि एमालेले रोजेका साहले लामो समयदेखि एमाले प्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
ललितपुरको गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशनमा आफ्नो मागको विषयमा पार्टी नेतृत्वले वेवास्था गरेको भन्दै नेता साहले आफू सहभागी नहुने निर्णय लिएको बताएका छन् । एमालेमा असन्तुष्ट भएका उनले आईटी आर्मीका नाममा प्रदेश २ का जिल्लाहरुमा गतिविधि गर्दै आएका छन्।
१३ असोज, काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो हार बेहोरेको छ । बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले विकेटले हरायो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।
मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएका थिए। त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो। साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ।