इन्डियन प्रिमियर लिग आईपीएलले फेब्रुअरी १२ र १३ मा भारतको बेंग्लोरमा आयोजना गर्न लागेको मेगा अक्सनको अन्तिम सूचीमा नेपालका कप्तान सन्दीप लामिछाने छानिएका छन् ।
मेगा अक्सनका लागि मंगलबार खेलाडी सूची सार्वजनिक गरेको छ । अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका छन् । २०२० मा भने सन्दीपले अबसर पाएका थिएनन् ।
उक्त सूचीमा अमेरिकाका अली खानलगायत खेलाडी छन् । सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन्।
Nepal Police AIG Hari Bahadur Pal won the title of the Himalayan Bank Golf Tournament here at the Royal Nepal Golf Club today.
Played under stableford 3/4 handicap format, the 14-handicap amateur Pal accumulated 40 points to finish first. Maj Gen Vijay Moktan came second with 37 points. Hari Thapa won the gross section trophy with the score of 32 points.
Tara Karki Chitrakar bagged the women’s section title with 37 points, while Arshiya Banu was runner-up with 30 points. Likewise, Maj Gen Kamal Singh Pradhan finished first in senior section with 34 points, while Brig Gen Dilip Jung Rayamajhi came second with 32 points. Lt Gen Victory SJB Rana bagged the super senior section trophy with 27 points. Tashi Sherpa won the junior category title with 25 points, while Shyan Basnyat was runner-up with 23 points.
Pemba Sherpa bagged two trophies. He was the winner in guest category with 39 points and Sherpa also bagged the longest drive award. Jayendra B Shah came first among the HBL family players with 31 points, whereas Mahendra Kanta Mainali was the lucky winner (29th position).
Prakash Ban and Devendra Shrestha bagged the most birdies and closest-to-thepin awards respectively.
Also, Anvadya Malla lifted the girls section title with 18 points, while Istina Tondon came second with 17 points.
Jaybir Acharya and Idant Singh Saud bagged the longest drive and closest-to-thepin awards respectively in junior section.
RNGC President and Himalayan Bank Limited Chairman Prachanda Bahadur Shrestha , HBL Director Bijay Bahadur Shrestha, CEO Ashok SJB Rana, GM Anup Maskey, RNGC Captain Rajendra Man Sherchan and RNGC Vice-captain Rajendra Man Shrestha handed over prizes to the winners.
साविक विजेता नेपाल बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित हात पारेको छ ।यसअघि नै फाईनल पुगिसकेको नेपालले ढाकामा सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा मीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै अपराजित रहेको हो ।नेपालले कीर्गिस्तानलाई २५-८, २५-१४, २५-१६ ले पराजित गरेको हो।अपराजित नेपालले अब उपाधिका लागि फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानले सोमबारै भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा हराएर फाईनलमा स्थान बनाएको हो।अपराजित रहँदै ५ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा रहेको नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-०, तेस्रो खेलमा बंगलादेशलाई ३-० र चौथो खेलमा उज्वेकिस्तानलाई पनि ३-० कै सेटमा हराएको थियो।नेपाल र उज्वेकिस्तानबीचको लाईनल खेल मंगलबार हुनेछ ।
कैलाली । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफले जितेको छ । आज कैलालीको धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाईनलमा एपीएफले प्रदेश १ लाई पराजित गर्दै उपाधि जितेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेटमैदानमा भएको खेलमा प्रदेश १ लाई एपीएफले ७ विकेटले हराँदै उपाधि आफ्नो कोल्टामा पारेको हो । प्रदेश १ ले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले १४ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
एपीएफको जितमा ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाएकि थिइन भने ममता चौधरीले १७ रन जोडेकि थिइन् । यस्तै प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले २ विकेट लिईन् ।
टस जितेर पहिले फिल्डिङ रोजेको प्रदेश १ ले ब्याटिङ गर्दै ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन जोडेकि थिईन् । यस्तै अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिईन्।
उपाधिसँगै एपीएफले ५ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको प्रदेश १ ले ३ लाख प्राप्त गरेको छ ।
ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न पुनः अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ। सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई ‘हरेक दिन राम्रो’ भइरहेको महसुस गरिरहेको बताएका थिए। चिकित्सकले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए।तीन पटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन्। उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन्।गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण ‘एक प्रकारको डिप्रेसन’सँग लडिरहेका छन्। पेलेले २१ वर्षको व्यावसायिक करियरमा १ हजार ३६३ खेलमा १ हजार २८१ गोलको विश्व रेकर्ड बनाएका छन्। उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए भने ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए।
जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गतको आफ्नो पहिलो खेलमा अफगानिस्तानले फराकिलो जित निकालेको छ । अफगानिस्तानले सोमबार राति युएईको सार्जाह क्रिकेट रंगशालामा सम्पन्न खेलमा स्कटल्यान्डलाई १३० रनले पराजित गरेको हो ।
काठमाडौं ।ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसिया सँग खेल्न लागेको हो ।नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
आजदेखि माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली समर्थकका लागि साफका खेल प्रत्यक्ष प्रसारण गर्न प्रयत्न गरे पनि सफल हुन नसकेको जनाएको छ।
एन्फाले गत असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो। एन्फाले प्रत्यक्ष प्रसारणको अधिकार किन्नका लागि न्यूनतम ४० लाख रुपैयाँ मूल्य तोकेको थियो।
१३ असोज, काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो हार बेहोरेको छ । बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले विकेटले हरायो।