Category: सूचना प्रविधि

  • कक्षा १२ को परीक्षा जेठ १६ गते बाट सञ्चालन हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डको अनुसार आगमि जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।

    परिक्षमा चार लाख परिक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

  • वीरेन्द्रनगरमा कर्फ्यू हटाइ निषेधाज्ञा जारी

    वीरेन्द्रनगरमा कर्फ्यू हटाइ निषेधाज्ञा जारी

    वीरेन्द्रनगरमा सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले राति सवा आठ बजेबाट मंगलबार साँझ सात बजेसम्म लगाएको २४ घण्टे कर्फ्यू हटाएर निषेधाज्ञा सुरु गरेको छ ।

    सोमबार एमसीसी पारित भएको विषयमा साना ८ दलले गरेको बन्दका क्रममा अत्याधिक भिडभाड भएका कारण जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू लगाएको थियो ।

    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार कर्फ्यूले नागरिकको जनजीवनमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै कर्फ्यू हटाएर निश्चित भीडभाड हुने ठाउँमा निषेधाज्ञा लगाइको हो ।

    एरिचोक, मंगलगढी चोक, हटिया चोकरहटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइको छ ।

  • अभिनेता पल शाहलाई  सात दिन हिरासतमा राखी घटना बारे सोधपुछ गर्ने

    अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखी घटना बारे सोधपुछ गर्ने

    १७ वर्षीया गायिका समिक्षा अधिकारीलाई जबरजस्ती करणी गरेको आरोप लागेका नायक पल शाहलाई सात दिन हिरासतमा राखी अनुसन्धान गर्ने भएको छ ।

    आइतवार जिल्ला अदालतले शाहलाई सात दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको हो ।

    उजुरी दर्ता भएपछि फरार रहेका शाह हिजो दिउँसो करिव १२ बजेतिर आफू स्वयम् जिल्ला प्रहरी कार्यलय तनहुँमा हाजिर भएर आत्मसर्पण गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काको अनुसार अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको छ ।

    यसैबिच गैंडाकोटस्थित प्रहरी कार्यालयमा पनि अभिनेता शाह बिरुद्ध उजुरी दर्ता भएको छ ।

  • अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोप

    अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोप

    चर्चित अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोप लागेको छ । म्युजिक भिडियो छायांकनका क्रममा नजिक भएका शाहले बिवाह गर्ने प्रलोबनमा बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै १७ वर्षीया गाइका समिक्षा अधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन् ।

    पीडित किशोरीको उजुरीमाथि अनुसन्धान भइरहेको तनहुँका प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले जानकारी दिए ।

    जाहेरीमा अभिनेता शाहले युबतीलाइ गत चैत ३१ मा बागलुङको गलकोटमा आयोजित महोत्सवबाट फर्किने क्रममा गाडीमा यौन दुर्व्यवहार गरेको, गत वैशाख १४ गते पोखराबाट काठमाडौं फर्किने क्रममा तनहुँमा बास बसेका बेला जबर्जस्ती करणी गरेको, त्यसै गरी छायांकनका क्रममा गत वर्ष पुस १० पोखरामा र चैत ७ मा चितवनमा जबर्जस्ती करणी गरेको उल्लेख छ।

  • सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

    सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

    आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसो बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली हुने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    बागमती प्रदेश, प्रदेश १ तथा गण्डकी प्रदेशका हिमाली भूभाग र उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

  • पूर्व कप्तान खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको ठहर

    नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।

    अख्तियारले नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    बिहीबार अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सो मुद्दामा सुनुवाई गर्दै शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो।

    भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार खड्का लाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

    खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य समेत हुन् ।

  • जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

    जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

    सरकारले नयाँ शैक्षिक सत्रको सुरुवात जेठ १ गतेबाट गर्ने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

    कोरोना महामारीको प्रभाबले गर्दा बैशाकमा सुरु हुने शैक्षिक सत्र जेठमा सुरु हुन लागेको हो ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार चैतभित्र पढाई पूरा गर्ने, वैशाखमा परीक्षा सम्पन्न गर्ने र जेठदेखि नयाँ कक्षा सुरु गर्ने निर्णय भएको छ ।

  • बिश्व रेडियो दिबस

    बिश्व रेडियो दिबस

    संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक बर्ष फेब्रुअरी १३ मा बिश्व रेडियो दिबस मनाउँदै आएको पाइन्छ । रेडियो आम नागरिकको लागि सर्भसुलभ एबम् सर्वव्यापी सञ्चार माध्यम भएकाले यसलाई थप प्रभावकारी बनाउने उदेश्यले बिश्व रेडियो दिबस मनाउँदै आएको हो ।

    जानकारहरुको भनाई अनुसार सन् १८९५मा इटालीका बैज्ञानिक जी. मार्कोनीले रेडियोको आविष्कार गरेका हुन् । नेपालमा २००३ सालमा काठमान्डौँमा रेडियो प्रसारण सुरु भएतापनि औपचारिक रुपमा भने बि.सं २००७ साल मंसिर २८ गते देखि प्रजातन्त्र रेडियोको नाममा रेडियो सञ्चालन भएको हो ।

    त्यसैगरि एफएम रेडियोको प्रसारण २०५२ सालदेखि भएको हो । बिश्व रेडियो दिबस बिशेष गरी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरी रेडियोकर्मीहरुले मनाउँदै आएका छन् । नयाँ नयाँ प्रविधि बिकास सङ्गै रेडियोको बजार कमजोर हुँदै गएको तथा रेडियोकर्मी प्रति आम नागरिकको सम्मान घट्दै गएको देखिन्छ ।

    तसर्थ रेडियोको प्रभाव बढाउन तथा रेडियोकर्मीको सम्मानको लागि बिश्व रेडियो दिबस महत्वपूर्ण मानिन्छ । बि.सं २०७२ सालको बिनाशकारी भुकम्प र कोरोना महामारीमा समेत रेडियो मार्फत सूचना प्रसारण गरी रेडियोकर्मीहरुले रेडियोलाइ अझ प्रभावकारी र भरपर्दो सञ्चार माध्यम बनाएका छन् । प्रत्येक बर्ष बिश्व रेडियो दिबस मनाइरहँदा रेडियोकर्मीहरुमा थप हौसला र काम प्रतिको रुची बढ्दै गएको देखिन्छ ।

  • विज्ञानमा महिलाको पहुँचको अन्तर्राट्रिय दिवस

    विज्ञानमा महिलाको पहुँचको अन्तर्राट्रिय दिवस

    ढुङ्गे युगका मानिस आज विज्ञान तथा प्रबिधिको बिकास भएको आधुनिक युगमा आउन सफल भएका छन् । बिश्वमा आजसम्म जे जति परिवर्तन आए ति सबैको पछाडी बिज्ञान तथा प्रबिधिको बिकास जोडिएको छ । हरेक क्षेत्रमा परिवर्तन आएपनि अझै पनि लैङ्गिक समानता कायम हुन सकेको छैन । हरेक क्षेत्रमा महिलाहरु पछि परेको देखिन्छ । त्यसरीनै बिज्ञान तथा प्रबिधिको क्षेत्रमा पनि महिलाहरुको पहुँच ज्यादै कम देखिन्छ । तसर्थ विज्ञाको क्षेत्रमा महिलाको पहुँच सुनिश्चित गर्न र लैङ्गिक समानता कायम गर्न संयुक्त राष्ट्र संघले सन् २०१५ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको हो ।

    हरेक बर्षको फेब्रुअरी महिनाको ११ तारिकमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघले महिलाहरुलाई विज्ञान शिक्षा प्रदान गरी महिला आबिष्कार तथा बैज्ञानिक उत्पादन गर्ने उदेश्य लिएको छ । महिलाहरुलाइ बिज्ञाको क्षेत्रमा अघि बढाउन महिला बैज्ञानिक फोरम समेत गठन भइसकेको छ । यस दिवसको दिन महिलालाई महिलाइ कसरी विज्ञान तथा प्रबिधिको पहुँचमा ल्याउन सकिन्छ भन्ने बिषयमा ध्यान दिने गरिन्छ । आजको दिनलाइ बिश्वभर बिज्ञान तथा प्रबिधिको क्षेत्रमा महिलाको तर्फबाट भएको योगदानको कदर गर्ने बिशेष दिन मानिन्छ । बिज्ञानमा महिलाको पहुँच इतिहासको पाना पल्टाएर हेर्ने हो भने महिलाले पनि नयाँ खोज अनुसन्धान गरेका छन् । महिलाले पनि बिज्ञानतर्फको नोबेल पुरस्कार समेत प्राप्त गरेका छन् । विगतमा नेपालको महिला बैज्ञानिकले अमेरिकामा निकै सम्मान पाएका थिए । तर पनि बिज्ञानमा महिलाको पहुँच जति हुनुपर्ने हो त्यति भाको छैन ।

    हालसम्म बिश्वभरका अध्ययन अनुसन्धान गर्ने व्यक्तिमा ३० प्रतिशत भन्दा कम महिलाहरुको सहभागिता पाइन्छ । पुरुषको तुलनामा महिलाको संलग्नता निकै कम छ । क्षमतावान तथा दक्ष महिला समेत बिज्ञान तथा प्रबिधिको क्षेत्रमा संलग्न हुनबाट बन्चित भएका छन् । त्यसकारण यस दिबसको दिन बिज्ञानमा महिलाको पहुँच बृद्धिका लागि पहल र आवाज उठाउन सके अबश्य पुरुष सरह महिला पनि बिज्ञानको क्षेत्रमा शसक्त हुनेछन् ।

  • एसईई वैशाख ९ गतेदेखि सञ्चालन हुने

    एसईई वैशाख ९ गतेदेखि सञ्चालन हुने

    माध्यामिक शिक्षा एसईई वैशाख ९ गतेदेखि सञ्चालन हुने भनि राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

    परीक्षाको विषयगत समयतालिका भने आज सार्वजनिक गरिने एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताएका छन् ।

    नियमित समयतालिका अनुसार चैतमा एसईई हुने गर्थ्यो  ।

    कोरोनाले पठनपाठनमा असर गरेका कारण यस बर्षको माध्यामिक शिक्षा परीक्षा एसईई बैशाखमा हुने भएको हो ।

    कोरोना महामारीका कारण बिगत दुई बर्ष यता एसईई हुन सकेको थिएन । यस बर्ष भने बैशाकमा हुने निर्णय भएको छ ।

    यस वर्षको एसईई मा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने अनुमान छ ।